प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको
(Chief of the Army Staff General Chhatra Man Sing Gurung)
संक्षिप्त चिनारी
लामो सैनिक सेवाको अनुभव , जेष्ठता, योग्यता, संस्थाप्रतिको समर्पण , ई मान्दार एवं पेशागत ज्ञानको उत्कृष्टताको फलस्वरुप नेपालको अन्तरिम संविधान २०६३ को धारा १४४ वमोजिम मिति २०६६ साल भाद्र २४ गतेका दिन नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाको सर्वोच्च परमाधिपतिबाट रथी छत्र मान सिंह गुरुङ्गलाई महारथी (General) दर्जामा पदोन्नति गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त भएका गुरुङ्गले करिव ९३, ००० नेपाली सेनाको जिम्मेवारी ( Command) सम्हालेर नेपाली सेनाको २४० बर्ष को इतिहासमा एउटा नया र्इतिहास निर्माण गर्नु भएको छ । नया ई तिहास यस मानेमा कि एक सर् वसाधरण तथा जनजातिबाट प्रधान सेनापति बन्ने उहाँ नै प्रथम व्यक्ति हुनुहुन्छ ।
महारथी गुरुङ्ग तनहुँ जिल्ला, रिस्ती गा. बि. स. पुलिमराङ्ग गाउंमा बुवा स्व. ई मान सिंह गुरुङ्ग तथा आमा स्व . ई मा देवी गुरुङ्गका माईला सुपुत्र हुनुहुन्छ । उहांकी श्रीमती कमला गुरुङ्ग नेपाल राष्ट्र ब ैं कका अवकाशप्राप्त अधिकृत (Officer) हुनुहुन्छ । उहांको दाई डम्बर मान सिंह गुरुङ्ग बृटिश आर्मीका अवकाश प्राप्त क्याप्टेन हुनुहुन्छ भने बहिनी कमला घले विजेश्वरी माध्यमिक विद्यालयका प्रिन्सिपल हुनुहुन्छ र ज्वाई दमन बहादुर घले नेपाली सेनाको उपरथी ( Major General ) हुनुहुन्छ । कान्छा भाई निर मान सिंह गुरुङ्ग नेपाली सेनाकै प्रमुख सेनानी ( Lieutenant Colonel ) हुनुहुन्छ । उहांका जेठा छोरा डा. प्रतिक मान सिंह गुरुङ्ग र कान्छा छोरा प्रबल मान सिंह गुरुङ्ग हुनुहुन्छ ।
प्रारम्भिक शिक्षा लमजुङ्ग जिल्लाको शान्ति हाई स्कुल , कुन्छामा भएको गुरुङ्गले ६ वर्ष स म्म घरैबाट धाएर स्कुल भ्याउनु हुन्थ्यो । उहांले I.Sc. चाही त्रिचन्द्र कलेजबाट गर्नु भयो भने त्रि . वि. वि. बाट वि. ए. (B.A.) राजनीति शास्त्र र ई तिहासमा गर्नु भयो । उहांकी श्रीमती कमला गुरुङ्गले पनि त्रि . वि. वि. बाट राजनिति शास्त्रमा स्नाकोत्तर ( M.A. ) गर्नु भएको छ । जेठा छोरा प्रतिक मान सिंह गुरुङ्गले University of London बाट MBBS र UK बाटै MRCS गरी University of London को Medical College मा Medical Surgeon हुनुहुन्छ भने कान्छा छोरा प्रबल मान सिंह गुरुङ्गले पनि Greenwich University बाट B.Sc. (Hon) गरी London स्थित एउटा ख्यात िप्रा प् त Real Estate Company को Director हुनुहुन्छ ।
महारथी गुरुङ्गले सेवा प्रवेश गरेदेखिनै स्वदेश तथा विदेशमा सरिक भएका विभिन्न पेशागत तालिमहरुमा उत्कृष्टता हासिल गर्दै आउनु भएको छ । नेपाली सेनाको अधिकृत पदपूर्तिको लागि २०२८ सालमा दरखास्त आव्हान भए अनुरुप खुल्ला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका गुरुङ्गलाई २ वर्षअवधिको आधारभूत तालिमका निमित्त भारतको देहरादुन स्थित Indian Military Academy (IMA) मा प ठाईए कोमा सफलतापू र् वक तालिम पूरा गरेपछि सहायक सेनानी ( Second Lieutenant ) दर्जाबाट सेवा प्रारम्भ गर्नु भयो । तत्पश्चात उहाँले स्वदेश र विदेशमा विभिन्न पेशागत तालिमहरु गर्नु भयो । स्वदेशमा Para Troopers Basic Course, Tactics and Administration Course, Mountain Warfare (Basic and Advance) Course, Battalion Commander Course आदि तथा भारतमा Commando सहित Infantry Young Officers Course, Counter Insurgency and Jungle Warfare Course, Battalion Support Weapon Course, Junior Command Course तथा Senior Command Course सवैमा शिक्षक योग्य कक्षा ( Instructor Grading ) प्राप्त गर्नु भएको छ । अमेरिकाबाट US Army Command and General Staff College गर्नु भएका महारथी गुरुङ्गले Excellent नतिजा हासिल गर्नु भएको छ भने चीनको National Defense University बाट सेनाकै उच्च तहको अध्ययन Strategic Studies on National Defence पूरा गर्नु भएको छ । त्यस्तै, महारथी गुरुङ्गसंग स्वदेश तथा विदेशमा विभिन्न सेमिनारहरुमा सहभागी भएको अनुभव पनि छन् । International Terrorism ( नेपाल), International Security Situation After 9/11 ( चीन), US/Nepal Military Law Exchange ( नेपाल), Pacific Armies Management Seminar ( दक्षिण कोरिया ), Symposium on East Asia Security ( हवाई, टोक्यो, दक्षिण कोरिया, चीन, फिलिपिन्स), Pacific Area Senior Officers Logistics Seminar ( न्यूजिल्याण्ड) र Chiefs of Defence (CHOD) Conference ( हवाई) ।
लामो सेवा अवधिमा महारथी गुरुङ्गले विभिन्न तहमा सफल कमाण्ड ( Successful Command ) पनि गर्नु भएको छ । सेनानी ( Major ) हुंदा तत्कालीन गोरखवक्स अनाश्रति गुल्म ( Independent Company ) कमाण्डमा त्यसबेला बर्षरी हुने र्सवाङ्गीण पेशागत प्रतियोगितामा भागलिने ३४ वटा गुल्महरु मध्ये एकै बर्षा “ प्रथम ” बनाउन सफल हुनु भएको थियो । हाल सो गुल्म गण ( Battalion ) भै सकेको छ । प्रमुख सेनानी ( Lieutenant Colonel ) हुंदा गण कमाण्ड ( Battalion Command ) गर्दा पनि १८ वटा गणहरु विचको र्सवाङ्गीण पेशागत प्रतियोगितामा २ बर्षप्रकृति संरक्षण डिउटीबाट फर्केको गणलाई २ बर्षमै “ दोस्रो ” स्थानमा पुर्याउन सफल हुनु भएको थियो । सहायक रथी ( Brigadier General ) हुंदा उहांले पदिक बाहिनी ( Infantry Brigade ) र विशेष बाहिनी ( Special Forces Brigade ) सफलतापू र् वक कमाण्ड गर्नु भयो । प्रधान सेनापति नियुक्ति हुनु भन्दा अगाडि उहांको कमाण्ड चाही द्वन्द उत्कर्षमा पुगेको समयमा त्यसबेलाकै सबैभन्दा सम्वेदनशील तथा महत्वप ू र्ण मानिने क्षेत्र मध्य - पश्चिम पृतनापति (Mid West Division Commander) थियो र त्यसबेला सबभन्दा लामो समयसम्मको सफल कमाण्डपछि उहांको जंगी अड्डामा सरुवा भएको थियो ।
महारथी गुरुङ्गले विभिन्न समयमा विभिन्न तहमा स्टाफ जिम्मेवारीहरु (Staff Appointments) पनि सहृानीय ढंगबाट वहन गर्दै आउनु भएको छ, जसमध्ये सैनिक विनय निर्देशक ( Director of Military Training ), अनुसन्धान र विस्तार निर्देशक ( Director of Research and Development ), प्रवन्धरथी ( Quarter Master General ) बलाधिकृत ( Chief of General Staff ) तथा बलाध्यक्ष विभाग ( Chief of Staff ) आदि ।
महारथी गुरुङ्गमा विदेश सेवाहरुको पनि पर्याप्त अनुभवहरु छन् । उहांले United Nation Interim Forces in Lebanon (UNIFIL) HQ मा Operations Staff Officer, Chief Military Personnel Officer र अन्तमा UNIFIL को Chief of Staff जस्तो गहन तथा महत्वपू र्ण जिम्मेवारी सफलताप ू र्वक सम्पादन गरी “Outstanding” Overall Rating ( कक्षा) लिएर आउनु भएको छ । त्यसैगरी Diplomatic Field मा London स्थित नेपाली दूतावासमा ३ बर्षअवधिका निमित्त संयुक्त अधिराज्य बेलायत तथा फ्रा न्सको लागि लागि सैनिक सहचारी ( Military Attache ) को कार्यभार पनि प्रशंसनीय ढंगबाट सम्पादन गर्नु भएको थियो ।
महारथी गुरुङ्ग कुनै नयां ठाउं, गाउंमा भ्याएसम्म पैदल यात्रा नै गर्न रुचाउनु हुन्छ र शारिरीक तन्दुरुस्ती ( Fitness ) को निमित्त नियमित रुपमा व्यायम गर्नुहुन्छ । उहाँ प्रायः सबै खेलहरु खेल्नु हुन्छ तर Martial Arts चाही विशेष मनपर्ने खेल हो । उहां राष्ट्रिय खेलकुद परिषदबाट तालिम प्राप्त तथा The World Tae Kwan Do Federation बाट Black Belt पनि हुनुहुन्छ ।
महारथी गुरुङ्गको विचारमा नेपाल एउटा विविध धर्म, जाति, भाषा, संस्कृति, परम्परा, मूल्य र मान्यता अटाएको देश भएकोले हामी सबैले एकले अर्काको अस्तित्वलाई स्वीकार्ने, सम्मान र सहयोग गरेर शान्तिपू र् ण तथा सौहाद्रपू र्ण वातावरणमा देशलाई समृद्ध वनाउनु पर्दछ ।