|
सेना दिवस २०६६ को उपलक्ष्यमा नेपाली सेनाका सकल दर्जाहरूलाई
प्रधान सेनापतिको सन्देश
(मिति २०६६।१०।२९ गते)
१. "महाशिवरात्री एवं सेना दिवस २०६६" को सुखद उपलक्ष्यमा स्वदेशमा र विदेशका विभिन्न स्थानहरूमा कार्यरत नेपाली सेनाका बहालवाला सकल दर्जाहरू, नेपाली सेनाका भुतपुर्व सकल दर्जाहरू एवं नेपाली सेनासंग सम्बद्ध निजामति कर्मचारीहरू र सबैका परिवार समेतको सूख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२. त्यस्तै विगतमा कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका सकल दर्जाको आत्माको चीर शान्तिको कामना एवं घाईते भई उपचार गरी रहनु भएका सकल दर्जाको शीघ्रर स्वास्थ्यलाभको कामना गर्दछु ।
३. गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्रता, र्सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता एवम् सम्पुर्ण राष्ट्रवासीहरूको आधारभूत हितहरूको रक्षार्थ धेरै ठूला युद्धहरू बहादुरीपुर्वक लडी राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्दै अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय सम्मान हासिल गरेको छ।
४. वर्तमान अवस्थामा नेपाली सेनाले संविधान प्रदत्त राष्ट्रिय सुरक्षा सम्बन्धी जिम्मेवारी लगायत आन्तरिक सुरक्षा कार्य, पर्यावरण संरक्षण र प्रवर्द्धन, विकास निर्माण, मानव सिर्जित वा दैवी प्रकोप व्यवस्थापन तथा नेपाल सरकारले विधिवत रूपमा हालसम्म प्रदान गरेका सम्पुर्ण जिम्मेवारीहरू कुशलतापुर्वक एवं प्रशंसनीय ढगंले सम्पादन गरी राष्ट्रको मान, इज्जत र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन सफल भएको छ।
५. नेपाली सेनाले विश्वका सबै पेशेवार सेनाहरू सरह निश्चित सैनिक मूल्य र मान्यतालाई अक्षुण्ण राख्दैं अझ बढी पेशेवार, अनुशासित, उत्प्रेरित, उच्च मनोवल एवं आत्मसम्मानयूक्त हुनुका साथै आफ्नो गैर राजनैतिक चरित्रलाई अक्षुण्ण राखी नेपाली सेना राष्ट्रकै साझा शक्ति हो भन्ने भावना आम नागरिकमा उजागर गर्दै लैजानु नै हालको वास्तविकता हो भन्ने तथ्यलाई मनन् गर्दै सदा झै राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता तथा राष्ट्रवासीको कल्याणको लागि संस्थागतरूपमा लागि रहने कुरा नेपाली सेनाको तर्फबाट आज सेना दिवसको अवसरमा सबैलाई विश्वस्त तुल्याउन चाहन्छु ।
६. नेपाली सेनालाई प्राप्त बाहृय एवं आन्तरिक शान्ति सुरक्षा स्थापना कार्य लगाएतका विविध भूमिकाहरू प्रभावकारी तवरले निर्वाह गर्नको लागि उच्चस्तरको क्षमता कायम गर्न तथा पेशागत स्तर अभिबृद्धि गर्नको लागि वर्तमान तालिम प्रणालीलाई थप परिमार्जित गर्दै व्यवहारिक, वास्तविकतामा आधारित एवं लक्ष्यमूलक बनाउन यो वर्षाई "तालिम वर्ष घोषणा गरिएको बिदितै छ । सोही अनुरूप पृतनाको Operational Requirements पूरा गर्न सक्ने गरी अन्तरगतका फौजहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले प्रत्येक पृतना अन्तरगत पृतना तालिम शिक्षालयहरूको स्थापना, नेपाली सेनामा संचालन हुने सबै प्रकारका तालिमहरूलाई एकै स्थानमा स्तरीय तरिकाले सम्पन्न गर्नका लागि एकीकृत सैनिक तालिम केन्द्र (Integrated Army Training Centre-IATC)को स्थापना, कमाण्ड तथा स्टाफ कलेज, काउन्टर इर्न्सजेन्सी तथा जंगल वारफेयर शिक्षालय लगायत अन्य शिक्षालयहरूमा विदेशी शिक्षार्थीहरूलाई सहभागी गराउने, समग्र सेनालाई बैज्ञानिक तवरबाट शारीरिक तालिम दिलाउनको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरूमा नेपाली सेनाको सहभागीतालाई थप संस्थागत र व्यवस्थित गर्नका लागि सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र -Army Physical Training and Sports Centre) स्थापना गर्ने जस्ता कार्यहरूलाई तदारुकताका साथ अगाडी बढाइएको छ।
७. सेना र संचार जगतबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप सहज र प्रभावकारी तुल्याई व्यवसायिक सम्बन्धलाई सकारात्मक रूपमा अगाडी बढाउने उद्देश्यले संचालित रक्षा संवाददाता अभिमूखिकरण कार्यक्रम ज्यादै फलदायी भएको महसुस गरिएकोले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिइने छ।
८. नेपाली सेनाको लागि अत्याबश्यक भौतिक पुर्वाधारको बिकासका कार्यक्रमहरूलाई विशेष जोड दिई कार्यहरू अघिबढी रहेको छ । त्यस्तै बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र तिनका आश्रति परिवारहरू साथै कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त सकल दर्जाका आश्रति परिवारहरूको लागि संचालित बिभिन्न कल्याणकारी कार्यक्रमहरूमा थप बृद्धि गरिएको र त्यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी तुल्याउझ्दै लगिनेछ।
९. त्यस्तै विदेशी सेना र नेपाली सेनासझ्गको सुमधुर सम्बन्धलाई थप मजबुत तुल्याउने उद्देश्यले गरिएका आपसी सद्भाव भ्रमणका कार्यक्रमहरू निकै फलदायी रहेको महसुस गरिएको छ । सोही सर्न्दर्भमा मित्रराष्ट्र अमेरिकाको प्यासिफिक कमाण्डका प्रमुखको निमन्त्रणामा अमेरिकाको होनोलुलु, हवाईमा संचालन भएको 12thChiefs of Defense (CHOD) Conference मा सहभागी हुनुका साथै वहासझ्ग भएको द्विपक्षीय मैत्रीपुर्ण भेटघाटबाट विगतमा जारी रहेको सैन्य सहयोग उल्लेखनीयरूपमा बृद्धि गरिने जानकारी प्राप्त भए बमोजिम अमेरिकी सरकारले तालिम सहयोगमा व्यापक बृद्धि गर्दै नेपाली सेनालाई विपद व्यवस्थापन Disaster Management) तथा शान्ति स्थापनार्थ Peace Support) सम्बन्धी सामग्रीहरू सहयोग स्वरूप उपलब्ध गराउने भएकोछ ।
१०. त्यस्तै भारतीय स्थल सेनाध्यक्षबाट देहरादुनस्थित Indian Military Academy (IMA)मा आयोजित Passing Out Parade मा Reviewing Officer तथा Chief Guest को रूपमा सहभागी हुन प्राप्त निमन्त्रणामा गत मंसिरमा मित्रराष्ट्र भारतको भ्रमण सम्पन्न भएको थियो । भ्रमणको दौरानमा भारतीय महामहिम राष्ट्रपति श्रीमती प्रतिभादेवी पाटीलबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । साथै भ्रमणका दौरानमा भारतीय रक्षामन्त्री, परराष्ट्र मामिला सम्बन्धी मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, स्थल सेनाध्यक्ष, वायु सेनाध्यक्ष, जल सेनाध्यक्ष लगायतका उच्च पदस्थ पदाधिकारीहरूसझ्ग द्विपक्षीय भेटवार्ता समेत भएको थियो । त्यस्तै नेपाल सरकारको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल दीपक कपुरबाट नेपालको भ्रमण भएको र यो समयमा वहाझ्लाई सम्माननीय राष्ट्रपति डाा.रामवरण यादवबाट नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । यसै सिलसिलामा भारतबाट विगत ५ वर्ष देखि रोकिएका सैन्य सामग्री सहयोग पुनः सुचारु भई १०० वटा सवारी साधनहरू तथा डिफेन्स स्टोरका सामानहरू प्राप्त भइसकेका छन् र आगामी दिनहरूमा अन्य सैन्य सामग्रीहरू पनि क्रमशः उपलव्ध हुनेछन् ।
११. नेपाल सरकारको निमन्त्रणामा बेलायती सेनाका सेनाध्यक्ष Chief of the General Staff (CGS), General Sir David Richards बाट हालै नेपाल भ्रमण सम्पन्न भएको छ । वहाझ्सझ्गको भेटघाटमा बेलायत सरकारले नेपाली सेनालाई आवश्यक सहयोगको विषयमा वार्ता भएको थियो । नेपाली सेनाको आधुनिकीकरण र विकासको क्रममा अन्य मुलुकहरूबाट प्राप्त सहयोग एवं सद्भावलाई मनन् गर्दै त्यसलाई अझ प्रगाढ गर्ने तर्फ विशेष पहल गरिनेछ ।
१२. नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानलाई मनन् गर्दै नेपाली सेनाको शान्ति सैनिक मिशनहरूमा व्यवस्थालाई थप सरलीकृत र बिस्तार गरी सबैको सहभागितालाई सुनिश्चित गर्न विद्यमान कोटा वितरण प्रणालीमा परिमार्जन गरी अबका ३ वर्षा सरदरमा ८ देखि १० वर्ष सेवावधि पुरा गरेका सबै दर्जाका जवानहरूलाई शान्ति सेनामा सहभागी हुन सक्ने अवस्था सिर्जना गराउन प्रयास गरिनेछ ।
१२. नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानलाई मनन् गर्दै नेपाली सेनाको शान्ति सैनिक मिशनहरूमा व्यवस्थालाई थप सरलीकृत र बिस्तार गरी सबैको सहभागितालाई सुनिश्चित गर्न विद्यमान कोटा वितरण प्रणालीमा परिमार्जन गरी अबका ३ वर्षा सरदरमा ८ देखि १० वर्ष सेवावधि पुरा गरेका सबै दर्जाका जवानहरूलाई शान्ति सेनामा सहभागी हुन सक्ने अवस्था सिर्जना गराउन प्रयास गरिनेछ ।
COAS Speech delivered on Army Day 29 Magh 066
"विजया दशमी २०६६ को शुभ उपलक्ष्यमा
नेपाली सेनाका सकल दर्जालाई
प्रधान सेनापति
महारथी श्री छत्र मान सिंह गुरुङ्गको सन्देश"
१. समस्त नेपालीको महान चाड बडा दशैंको शुभ उपलक्ष्यमा राष्ट्र र जनताको सेवामा समर्पित नेपाल भित्र तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यरत नेपाली सेनाका सम्पूर्ण बहालवाला, भूतपूर्व सैनिक तथा निजामती कर्मचारी एवं समस्त परिवारहरुमा नवदुर्गा भवानीको आशिर्वादले सुख, शान्ति, समृद्धि छाई रहोस् भन्दै सबैको समुन्नती तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२. दशैं जस्तो महत्वपूर्ण चाडको समयमा आफ्नो परिवारसँगै बसेर रमाइलोसँग मनाउने चाहना हुँदा हुँदै पनि सैनिक जीवनको मूल्य, मान्यता र जिम्मेवारी मुताविक नेपाली सेनाले आफ्नो व्यक्तिगत सुख, सुविधा र आराम भन्दा पनि राष्ट्र र जनताको सेवामा समर्पित हुने राष्ट्रिय जिम्मेवारीलाई मुख्य दायित्व सम्झनु नै परम धर्म हुने स्मरण गराउँदै पुनः एक पटक सकल दर्जामा विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
|