COAS Biography

BIOGRAPHY OF
GENERAL RAJENDRA CHHETRI
CHIEF OF THE ARMY STAFF
NEPALESE ARMY

General Rajendra Chhetri was born in Dudhekuna, in the Himalayan foothills of Chok Chisapani VDC, Tanahun District, Nepal, on 15 November 1960. He is the second son of late Colonel Gopal Bahadur Khatri Chhetri and Mrs. Pramila Khatri Chhetri. He was commissioned into the Rajdal (Artillery) Battalion, Nepalese Army, in 1978 from the then Royal Nepalese Military Academy, Kharipati.


A qualified Paratrooper, Gen Chhetri has undertaken a number of courses from various Nepalese Army Training Schools, namely, the Counter Insurgency and Jungle Warfare, Junior Staff, Company Commander and Battalion Commander Courses. Additionally, he has also received Field Artillery and Air Defense Artillery training in the early years of his service from India, Pakistan and China. He is a graduate of the Command and General Staff College, Ft. Leavenworth, Kansas, USA (1992). He subsequently undertook the Unit Commanders' Course from the School of Army Air Defense, Pakistan and is a qualified Psychological Testing Officer from the Defense Institute of Psychological Research, New Delhi, India.


Gen Chhetri is a graduate of the United States Army War College, Carlisle, Pennsylvania (2010). He has attended various professional seminars and workshops at the international level, including the Executive Seminar in the Near East South Asia Center at the National Defense University, Washington DC and the Seminar on Defense Decision Making in the Naval Post Graduate School, Monterey, California, USA. He holds two Masters Degrees – Masters in History from Tribhuwan University, Nepal and Masters in Strategic Studies from the US Army War College, Carlisle, Pennsylvania.

Gen Chhetri has almost 37 years of military experience, with service during both peace and conflict, at home and abroad. He has commanded No.4 Air Defense Battery, Jagadal (Air Defense) Battalion, No. 7 (Infantry) Brigade, No.3 (Infantry) Brigade and Mid Division as GOC. During his command tenure, the Mid Division was declared the Champion Division and won the coveted COAS Trophy.


Gen Chhetri has also held key staff billets at all levels, including as Brigade Major of No. 1 Brigade and Assistant Chief of Staff (Operations) of Mid Division HQ. At Army HQ, he has served in the Research and Development Directorate, Inspector General Department, Operations Branch, Military Secretary Branch, as Director of Recruiting and Selections and as Military Assistant to Chief of the Army Staff. He has also served in the National Security Council Secretariat as an analyst. He has recently completed tenures as Quarter Master General, Director General of Military Training, Chief of Staff and Chief of General Staff at Army HQ.


Gen Chhetri's vast international peacekeeping experiences include service in the United Nations Interim Force in Lebanon in 1985 as a Platoon Commander; the United Nations Good Offices Mission in Afghanistan and Pakistan from 1988 to 1989 as a Military Observer; and in the UN mandated Multi National Forces, Haiti and subsequent United Nations Mission in Haiti in 1995 as Zone II Operations Officer. He also served as a Strategic Planning Officer of the Military Division of Department of Peacekeeping Operations at the United Nations HQ, New York from 2002 to 2005.


He was promoted to the rank of General and took up his current appointment as Chief of the Army Staff on 10 September, 2015.

Gen Chhetri has been decorated with the Trishakti Patta Class IV and the Gorkha Dakshin Bahu Class IV. He has been conferred with the COAS Commendation Badge and several other national medals. He has also been awarded two US Army Achievement Medals and four different UN Medals for service in various UN Missions.


He is one of the founding members and the Colonel Commandant of Jagadal Battalion.


Gen Chhetri is married to Mrs Rita Chhetri and the couple is blessed with two sons Abhishek and Abhushan, two daughters-in-law Vidisha and Ashmita, and one granddaughter, Aryani. His hobbies include trekking, travelling and reading.

 


 

महारथी श्री राजेन्द्र क्षत्री
प्रधान सेनापति, नेपाली सेना
संक्षिप्त जीवनी


प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको जन्म तनहुं जिल्ला, चोक चिसापानी गा.वि.स.को दुधेकुनामा स्वर्गीय महासेनानी श्री गोपालबहादुर खत्री क्षत्री र स्वर्गीय श्रीमती प्रमिला खत्री क्षत्रीका माइला सुपुत्रका रुपमा भएको थियो । २०३५ सालमा तत्कालीन शाही नेपाली सैनिक शिक्षालय, खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हांसिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त हुनुभएको थियो । नेपालको इतिहासमा नेपाली सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधान सेनापति पदमा नियुक्त हुने महारथी श्री क्षत्री पहिलो व्यक्ति हुनुहुन्छ ।


महारथी श्री क्षत्रीले प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालिमहरुमा उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ । उहां योग्य प्याराट्रुपर समेत हुनुहुन्छ । आफ्नो सैनिक जीवनको प्रारम्भिक वर्षहरुमा उहांले भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी तथा एयर डिफेन्स आर्टिलरी सम्बन्धी तालिम हासिल गर्नुभएको छ । पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्ष र भारतको डिफेन्स इन्स्टिच्युट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकल टेष्टिङ्ग अफिसर कोर्ष गर्नुभएको छ ।


संयुक्त राज्य अमेरिकाको फोर्ट लेवनवर्थ, क्यानसस्‌बाट कमाण्ड एण्ड जनरल स्टाफ कलेज तालीम प्राप्त गर्नुभएका महारथी श्री क्षत्रीले सन् २०१० मा संयुक्त राज्य अमेरिकाको युनाइटेड स्टेट्स आर्मी वार कलेज कार्लाइल, पेन्सलभानियाबाट आर्मी वार कलेज गर्नुभएको छ । अन्तर्राष्ट्रिय स्तरका विभिन्न पेशागत गोष्ठी तथा कार्यशालाहरुमा भाग लिने क्रममा उहांले वासिङ्गटन डि.सि.स्थित नेशनल डिफेन्स युनिभर्सिटीको नियर इष्ट साउथ एसियन सेन्टरमा आयोजना भएको एक्जेक्युटीभ सेमिनार, नेभल पोष्ट ग्राजुएड स्कुल, मोन्टरे, क्यालिफोर्नियामा सम्पन्न भएको डिफेन्स डिसिजन मेकिङ्ग र श्रीलंका तथा चीनमा आयोजित क्रमशः डिफेन्स सेमिनार र सियङ्गसान फोरम जस्ता महत्वपूर्ण सेमिनारहरुमा सहभागी हुनुभएको छ । श्री शान्ति विद्यागृह, लैनचौर, काठमाण्डौंबाट विद्यालयस्तरको पढाइ पूरा गर्नुभएका महारथी श्री क्षत्रीले त्रिभुवन विश्व विद्यालयबाट इतिहास र संयुक्त राज्य अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ ।


करिब ३७ वर्ष लामो सैनिक सेवाको अनुभव संगाल्नुभएका महारथी क्षत्री कर्तव्यपथमा दृढ रही स्वदेश र विदेशमा समेत द्वन्द्व तथा शान्ति दुवै वातावरणमा कर्तव्यनिष्ठ भइ आफ्नो जिम्मेवारी प्रशंसनिय ढंगले पूरा गर्नुभएको छ । कमाण्डतर्फ उहांले तत्कालिन नं.४ हवाई सुरक्षा व्याट्री, जगदल गण, नं.७ पदिक बाहिनी, नं.३ पदिक बाहिनी र मध्य पृतनाको कमाण्ड सफतापूर्वक सम्हाल्नुभएको छ । उहांको कुशल नेतृत्वमा मध्य पृतनाले अन्तर पृतना प्रतिस्पर्धामा प्रथम भई 'प्रधान सेनापति ट्रफि' प्राप्त गर्न सफल भएको थियो । यसअघि जगदल गण स्थापना भएको छोटो समयमै उहांको नेतृत्वमा गणले पेशागत प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको थियो ।


महारथी श्री क्षत्रीले सबै तहका स्टाफ नियुक्तिहरुमा कार्य गरी एक सफल स्टाफ अधिकृतको रुपमा आफुलाई स्थापित गर्नुभएको छ । फिल्ड तहमा उहांले नं. १ बाहिनी अड्डाको बाहिनी सेनानी र मध्य पृतना हे.क्वा.को सहायक चिफ अफ स्टाफ अपरेशन तथा जंगी अड्डा तहमा अनुसन्धान र विस्तार निर्देशनालय, निरीक्षणाधिकृत विभाग, युद्धकार्य निर्देशनालय र सैनिक सचिव विभागमा वरिष्ठ स्टाफ अधिकृतको हैसियतमा कार्य गरी गहिरो अनुभव हासिल गर्नुभएको छ । भर्ना छनौट निर्देशनालयको निर्देशक र प्रधान सेनापतिको सैनिक सहायक जस्तो अत्यन्त महत्वपूर्ण ओहोदामा समेत उहांले प्रशंसनीय ढंगले कार्य सम्पादन गर्नुभएको छ ।


वहाँले राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबारमा विश्लेषकको हैसियतमा कार्य गरी रणनीतिक तहको स्टाफ अनुभव हासिल गर्नुभएको छ । यसैगरी, उपरथी दर्जामा रहंदा प्रबन्ध रथी र सैनिक विनय महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ । रथी दर्जामा पदोन्नति भएपछि बलाध्यक्ष विभाग र बलाधिकृत विभागको कार्यभार सम्हाल्नुका साथै महारथी श्री क्षत्रीले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा नेपाली सेना परिचालन हुंदा नीति निर्माण, योजना र सुपरिवेक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहां श्री जगदल गणको संस्थापक सदस्य र कर्णेल कमाण्डान्ट समेत हुनुहुन्छ ।


महारथी श्री क्षत्रीले संयुक्त राष्ट्रसंघ शान्ति स्थापना कार्यमा लामो अनुभव बटुल्नुभएको छ । उहांले सन् १९८५ मा लेवनानमा तैनाथ युनाइटेड नेशन इन्टेरीम फोर्समा से.मु.पति, युनाइटेड नेशन्स गुड अफिसेस् मिशन, अफगानिस्तान र पाकिस्तानमा सन् १९८८ देखि १९८९ सम्म सैनिक पर्यवेक्षक र १९९५ मा यु.एन.म्याण्डेटेड मल्टी नेशनल फोर्सेस् हाइटी तथा तत्पश्चात् हाइटी मै खडा भएको युनाइटेड नेशन्स् मिशनको सेक्टर II मा युद्धकार्याधिकृत जस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारीहरु वहन गर्नुभएको थियो । सन् २००२ देखि २००५ सम्म उहांले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ मुख्यालयको डिपार्टमेन्ट अफ पिस किपिङ्ग अपरेशनको मिलिटरी डिभिजनमा रणनैतिक योजना अधिकृतको रुपमा उल्लेख्य योगदान दिनुभएको थियो ।


उहां त्रिशक्ति पट्ट र गोरखा दक्षिण बाहुबाट विभुषित हुनुहुन्छ । साथै, संयुक्त राष्ट्र संघ मेडलहरु, संयुक्त राज्य अमेरिकाको आर्मी अचिभमेन्ट मेडल र अन्य धेरै राष्ट्रिय पदकहरुबाट समेत उहाँ सम्मानित हुनुभएको  छ ।


महारथी श्री क्षत्री विवाहित हुनुहुन्छ । उहां र उहांकी धर्मपत्नी श्रीमती रीता क्षत्रीका दुई सुपुत्र अभिषेक र आभुषण, कुलबधुहरु भीदीशा र अस्मिता तथा नातिनी आर्यानी हुनुहुन्छ । पैदलयात्रा, भ्रमण तथा अध्ययन उहांका रुचीका क्षेत्रहरु हुन् ।

 
 
Useful Links