Eastern Division

Introduction

eastern_div

RASTRA RAKSHYA PARAM KARTABYA

eastern_div

The Eastern Divisional Headquarter, with the motto,"Rastra Rakshya Param Kartabya", was raised on January 29, 2003 (2059 Magh 15 B.S) at Itahari. Maj Gen Pradip Pratap Bam Malla was first General Officer Commanding (GOC) and Major General Ananta Karki is the present GOC.

The successive GOC of this Division were Maj Gen Om Bahadur Pun (Retd.), Maj Gen Pawan Jung Thapa (Retd.), Maj Gen Ram Bahadur Gurung (Retd.), Maj Gen Narendra Bahadur Rawal (Retd.), Maj Gen Mahesh Bikram Karki (Retd.), Maj Gen Ram Krishna Adhikari, Maj Gen Binoj Basnyat (Retd.), Maj Gen Hari Bahadur Basnet (Retd.), Maj Gen Prahlad Thapa, Maj Gen Gaurab Tandul and Major General Sameer Shahi.

Biography of Major General Ananta Karki

Major General Ananta Karki

Major General Ananta Karki from Gundu-7, Bhaktapur was born on June 29, 1966. He was commissioned as Second Lieutenant from Nepali Military Academy in 1986 AD. After being graduated, he was posted to Samsher Dal Battalion. Maj Gen Karki has gone through various Professional training and attended numerous seminar in Nepal and abroad. The notable professional courses include Special Forces, Command and Staff Course, Higher Command and Management Course and National Security and War Course. In addition to these, he has also done Masters in Science in National Security and War Study.

Upon promotion to the rank of Major General in 2018, Maj Gen Karki was appointed Adjutant General of Nepali Army. Maj Gen karki with his vast experience and professional knowledge served as Commanding Officer of Ranabhim Battalion , Brigade Commander of No 4 Brigade and Director of VVIP Security Directorate. Likewise, he also served as Chief security officer to the Rt. Honorable President and ADC to the Prime Minister of Nepal.

During his military career, he has served in United Nations Peace Keeping Mission in Iraq in 1990, Sierra Leone (UNAMSIL) in 2003 as a Force Training officer and UNMISS in 2013 as a Deputy chief of Staff for logistic. Maj Gen Karki is the Colonel Commandant of Nanda Box Battalion.

Maj Gen Karki has visited SAARC countries, some European countries, South American countries and African countries; he has also visited China, Russia and USA etc. For the selfless service and devotion to the institution and nation he has been decorated with prestigious gallantry "Gorkha Dakshin Bahu 4th". He is married and the couple is blessed with two sons.

Army Commanders Eastern Division

Maj Gen Pradip Pratap Bam Malla(Retd)

Maj Gen Om Bahadur Pun(Retd)

Lt Gen Pawan Jung Thapa(Retd)

Maj Gen Ram Bahadur Gurung(Retd)

Maj Gen Narendra Bahadur Rawal(Retd)

Maj Gen Mahesh Bikram Karki(Retd)

Maj Gen Ram Krisha Adhikari (Retd)

Maj Gen Binoj Basnyat(Retd)

Maj Gen Hari Bahadur Basnet(Retd)

Maj Gen Prahlad Thapa

Maj Gen Gaurab Tandul

Maj Gen. Sameer Shahi

पृतनापति कमाण्ड बुझबुझारथ

मिति २०७६ साउन १९ गतेबाट पूर्वी पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी उपरथी श्री अनन्त कार्कीले सम्हाल्नु भएको छ । निवर्तमान पृतनापति उपरथी श्री समीर शाही र उपरथी श्री अनन्त कार्की विच साउन १९ गते पृतना हेडक्वार्टरमा आयोजित एक समारोहका बीच पृतनापति कमाण्ड बुझबुझारथ सम्पन्न भएको छ ।

'DIVISION COMMANDER TROPHY-2076' CONCLUDED IN EASTERN DIVISION HQs

Eastern Division Commander Major General Sameer Shahi concluded 'Division Commander Trophy-2076' at Eastern Division HQs on 30 June 2019. Major General Shahi presented trophy to No. 18 Brigade HQs, the winning team during the programme.

निरीक्षण भ्रमण

वलाध्यक्ष रथी श्री गौरव तण्डुलले असार २ गते पूर्वी पृतना हेडक्वार्टर इटहरी तथा अन्तर्गत युनिटहरुमा निर्माणाधीन भवनहरुको अनुगमन भ्रमण गर्नुभएको छ । सो क्रममा रथी श्री तण्डुल नेतृत्वको अनुगमन टोलीलाई पृतनाका सह चिफ अफ स्टाफ (लजिष्टिक) महा सेनानी सुनिल घलेले निमार्णाधिन संरचनाहरुको प्रगति सम्बन्धि विफिङ्ग गर्नुभएको थियो । तत्पश्चात उक्त टोलीले पृतना हाताभित्र निमार्णधीन अडिटोरियम हल, सेन्ट्रल अधिकृत लाईन साथै क्षेत्रिय अस्पताल इटहरीको समेत निरिक्षण गर्नुभएको थियो । सोहि दिन उहांले धरान स्थित सैनिक आवासीय महाविद्यालय, मोरङ्ग याङ्गशिला स्थित कालीशक्ति गण (ई) र भोजपुर स्थित फष्ट रैफल गणको समेत निरीक्षण गर्नु भएको थियो ।

पूर्वी पृतना हेडक्वाटरमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

जनसम्पर्क तथा सुचना निर्देशनालयको संयोजकत्वमा पूर्वी पृतना हेडक्वाटर, इटहरीमा जेठ २६ गतेबाट ६ दिन अवधिको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । सेना सम्बन्धि समाचार सम्प्रेषण गर्दा संचारकर्मीहरुमा थप स्पष्टता आउन सकोस भन्ने अभिप्रायले प्रत्येक प्रदेशमा तालिम संचालन गर्ने योजना मुताबिक आयोजित उक्त कार्यक्रमको शुभारम्भ पूर्वी पृतनापति उपरथी श्री समीर शाहीले गर्नु भएको थियो ।

फुटबल प्रतियोगिता

इटहरी स्थित पूर्वी पृतना हेडक्वाटर हाताभित्र रहेको नं.१ राजदल गणमा संचालन भएको आर्टिलरी युनिटहरु “१३ बाहिनीपति ट्रफि २०७६” को जेठ १३ गते बाट फुटबल प्रतियोगिता संचालन भएको छ । जेठ १७ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा आर्टिलरी गण अन्तर्गत राजदल गण, नं.१ राजदल गण, नं.२ राजदल गण र नं.३ राजदल गण रहेको छ । खेलको शुभारम्भ नं.१ राजदल गणका गणपति प्रमुख सेनानी निरञ्जन भण्डारीले खेलाडीहरुलाई बल हस्तान्तरण गरी खेलको शुभारम्भ गर्नु भएको थियो ।

सि.सं.१ प्र.सु/सि.सु. अभिमुखिकरण तालिम समापन

पूर्वी पृतनामा संचालन भएको सि.सं.१ प्रमुख सुबेदार तथा सिनियर सुबेदार अभिमुखिकरण तालिमको पृतनापति उपरथी श्री समीर शाहीले जेठ ७ गते अन्तिम प्रवचन गरि समापन गर्नु भएको छ । अन्तिम प्रवचनको क्रममा पृतनापति उपरथी श्री शाहीले नेपाली सेनाको मूल मर्म अनुरुप काम गर्दै संगठनलाई अझ सुदृढ एवं सशक्त बनाउने कार्यमा पदिकहरुको महत्वपूर्ण भुमिका हुने कुरामा आफु पुर्ण आशावादी रहेको कुरा बताउनु भएको थियो ।

बम डिष्पोजल

बैशाख २९ गते झापा जिल्ला कन्काई नगरपालिका ४ माईधार पूर्व पश्चिम राजमार्गमा पर्ने कोटीहोम नजिक फेला परेको शंकास्पत बस्तु जिल्लामा तैनाथ नाय श्रीनाथ गणबाट अधिकृत सहित गएको टोली र न.२१ बाहिनी अड्डाबाट गएको बम डिष्पोजल टोलीले सुरक्षित स्थानमा लगि डिष्पोज गरेको छ ।

Camlaign Plan अभ्यास “गरुढ दष्टि”सम्पन्न

नेपाली सैनिक वार कलेजमा संचालन भईरहेको सि.सं. ६ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुको सहभागितामा सनुसरीको इटहरी स्थित पुर्वी पृतना हेडक्वाटरको Camlaign Plan अभ्यास “गरुढ दष्टि” बैशाख २७ गत सम्पन्न भएको छ । पृतनापति उपरथी श्री समीर शाहीको प्रमुख आथित्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा नं. २, १८ र नं. २१ बाहिनी अड्डाका बाहिनीपतिहरु, पृतनाका सह चिफ अफ स्टाफ लगायत अधिकृतहरुको उपस्थिती रहेको थियो, सो अवशरमा उक्त तालिमका शिक्षार्थीहरुद्धारा प्रश्तुतिकरण समेत गरिएको थियो ।

सरसफाई अभियान

सगरमाथा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला निकायहरुको समन्वयमा सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ शम्शेर गुल्मले “सफा हिमाल अभियान” बैशाख १ गतेबाट सगरमाथा राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको बन्यजन्तु सप्ताहको अवशरमा सरसफाई अभियानको शुरुवात गरेको छ अभियानको पहिलोदिन उक्त गुल्मबाट उप सेनानी सर्वेस बराल सहित ३० जनाको टोलि, सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, Sagarmatha Pollution Committee (SPCC) का प्रतिनिधि, प्रहरी र स्थानिय बासिन्दाहरु गरी १२० जनाको संयुक्त टोलिले ३०० किलोग्राम फोहोर सड्ढलन गरेको छ ।

स्वास्थ्य शिविर सम्पन्न

ईटहरी स्थित फिल्ड अस्पतालले झापा स्थित नं. २१ बाहिनी अड्डा, नंया श्रीनाथ गण र ईलाम जिल्लामा तैनाथ पशुपति प्रसाद गणको सहकार्यमा बैशाख २७ गते ईलाम जिल्लाको चुलाचुली गांउपालिका १ स्थित कमलगाउंमा १ दिने निःशुल्क स्वाश्थ्य शिविर सञ्चालन गरेको छ ।

फिल्ड अस्पताल ईटहरीबाट प्राविधिक प्रमुख सेनानी डा. राम श्रेष्ठ सहितको टोलि नं. २१ फि.ए. गुल्मबाट प्राविधिक सह सेनानी डा. कृष्णदेश शाह सहितको टोलि तथा नंया आम्दा अस्पताल दमक झापाबाट डा. पविना कट्टेल, डा. मुना के.सी. र डा. हिमाल देवन सहितको टोलिले दन्त रोग, आंखा रोग, स्त्रि रोगहरुको चेकजांच गर्नुका साथै बिरामी व्याक्तिहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

निरीक्षण भ्रमण

उदयपुर जिल्ला स्थित नं.१८ बाहिनी अड्डा लगायत अन्तरगत रहेको युनिटहरुको पूर्वी पृतनापति उपरथी समीर शाहीले बैशाख २१ देखि २३ गते सम्म निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा उपरथी शाहीले जिम्मेवारी क्षेत्रको बस्तुस्थिती, तालिम, अपरेशनल, बन्दोबस्ती र पृतनापति कमाण्ड प्रतिबद्धताको प्रगती विवरण सम्बन्धमा जानकारी लिनुभई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । भ्रमणकै सिलसिलामा उहांले उक्त बाहिनी अड्डा हाताभित्र निर्माधिन अधिकृत मेश, बायो ग्यास तथा त्रियुगा नगरपालिका १० असना खोलामा निर्माण भएको बाधको समेत निरीक्षण गर्नु भएको थियो ।

निरिक्षण भ्रमण

सुनसरीको कोशीटप्पु बन्यजन्तु आरक्षामा तैनाथ शत्रुभञ्जन गुल्मको जिम्मेवारी क्षेत्रमा पर्ने श्रीलंका टापुको खाली जमीनमा कृषि फार्मि¨को सम्भाव्यता अध्यानको लागिपूर्वी पृतनापति उपरथी समीर शाही लगायत नेपाली सेना कल्याणकरी बोर्डका प्रमुख कार्यकारी अधिकृत उपरथी पदम बिलास कार्की(अ.प्रा.), कार्यकारी अधिकृत पमुख सेनानी प्रशन्नराम जोशी(अ.प्रा.) र प्राविधिक विज्ञद्रोण अधिकारी सहितको भ्रमण टोलीले फागुन १० गते निरिक्षणगर्नुभएको छ ।

माननिय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीद्धारा निरिक्षण भ्रमण

माननिय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेले सुनसरी जिल्ला इटहरी स्थित पूर्वी पृतना हेड् क्वाटरको माघ ५ गते निरिक्षण गर्नु भई स्थानिय शान्ति सुरक्षाको बारेमा जानकारी लिनु भएको छ । सोही अवसरमा माननिय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेले ईनरुवा नगरपालिका र शाान्तिदिप नेपालको संयूक्त आयोजनामा ईनरुवा रगंशालामा संचालित वाई वाई मनमहोन स्मृती एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्मापन समारोहमा प्रमूखअतिथीमा सहभागीहूनु भएको ।

निरीक्षण भ्रमण

प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सुनसरी जिल्ला इटहरी स्थित पूर्वी पृतना हेडक्वाटर तथा अन्तर्गत रहेका सोलुखुम्बु जिल्ला स्थित अमरदल गुल्म, ओखलढुङ्गा स्थित शम्शेरदल गणको कार्तिक २९ गते निरिक्षण भ्रमण गर्नु भएको छ । सो अवसरमा प्रधान सेनापतिज्यूले क्वाटरगार्ड सलामी, जिम्मेवारी क्षेत्रको बस्तुस्थिति, आगामी हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा योजना र व्यवस्थापन सम्बन्धी जानकारी लिनुको साथै सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको छ । सो कार्यक्रम पश्चात् प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले क्षेत्रिय प्रशासक राजेश्वरमान सिंह लगायत क्षेत्रिय सुरक्षा प्रमुखहरुसंग निर्वाचन सुरक्षा योजना र व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

निरिक्षण भ्रमण

पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरव तण्डुलले मंसिर ४ गते सुनसरी जिल्ला याङसिला स्थित कालीबक्स गण (ई)को स्थलगत निरिक्षण भ्रमण गर्नु भएको छ । उक्त भ्रमणको क्रममा उपरथी श्री तण्डुलले जिम्मेवारी क्षेत्रको वस्तुस्थितिवारे जानकारी लिनु भई कोत, जवान लाईन, भान्सा, स्टोर,गण कार्यालयको निरिक्षण गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो । निरिक्षणको क्रममा गण हाताभित्र रहेको राष्ट्रिय सेवादलद्धारा सञ्चालन गरिएको जुनियर डिभिजन NCC तालिम सामुहिक क्याम्पको समेत निरिक्षण गर्नु भएको छ ।

त्यसैगरी पृतनापति उपरथी श्री तण्डुलले मंसिर ३ गते सुनसरी जिल्लामा तैनाथ सबुज गणको निरिक्षण भ्रमण गर्नु भएको छ । उक्त भ्रमणको क्रममा उपरथी श्री तण्डुलले जिम्मेवारी क्षेत्रको वस्तुस्थितिवारे जानकारी लिनु भई कोत, जवान लाईन, भान्सा, स्टोर,गण कार्यालयको निरिक्षण गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।

मंसिर ६ गते पृतनापति उपरथी श्री तण्डुलले मोरङ जिल्लामा तैनाथ सुर्यदल गणको समेत निरिक्षण भ्रमण गर्नु भएको छ । उक्त भ्रमणको क्रममा गणपति प्रमुख सेनानी ईन्दिबर बिष्टले जिम्मेवारी क्षेत्रको वस्तुस्थितिवारे जानकारी दिनु भएको थियो भने पृतनापति उपरथी श्री तण्डुलले कोत, जवान लाईन, भान्सा, स्टोर,गण कार्यालयको निरिक्षण गर्नु भई गण हाता भित्र आन्तरिक श्रोतबाट नवनिर्मित गोलघर, बगरेघर, ब्याडमिन्टन कोर्ड र नं. २ गेटको समुद्धघाटन गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।

समुद्धघाटन

नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री गोकुल भण्डारीले मंसिर २ गते धनकुटा नगरपालिका ७ मा भुतपुर्व नेपाली सेना, भुतपुर्व ब्रिटिस सेना, भुतपुर्व सिंगापुर सेना र भुतपुर्व भारतिय सेनाले संयुक्त रुपमा निर्माण गरेको नवनिर्मित भुतपुर्व सैनिक परिवार भवनको एक कार्यक्रमका बिच समुद्धघाटन गर्नु भएको छ । उक्त कार्यक्रममा बरख गणका गणपति, भुतपुर्व सैनिक तथा तिनका परिवार लगायत अन्य सुरक्षानिकायका प्रतिनिधि साथै स्थानिय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

उद्धार कार्य

मिति २०७४ असोज १७ गते मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा ग. १ ख ५५२९ नम्बरको बस मुस्ताङ जिल्लाको कागबेनीमा भएको दुर्घटनास्थलमा नेपाली सेनाको बज्रदल गणबाट खटिएको मेडिकल टोली सहित करिव ३० जनाको टोलीले घाईतेहरुको प्राथमिक उपचार गर्नुको साथै उद्धार गरी जिल्ला अस्पताल जोमसोमसम्म लैजान सहयोग गरेको छ ।

राहत बितरण

पुर्वी पृतनाका पृतनापति उपरथी श्री गौरव तण्डुलको प्रमुख आतिथ्यतामातथा पुर्वी पृतना अड्डाको संयुक्त सहभागीतामा श्री शुभतारा स्कुल लामाटारका कक्षा ३ मा अध्ययनरत छात्र÷छात्राहरुको तर्फबाट प्राप्त राहत सामाग्री सो स्कुलका बिद्यार्थी स्वस्तिक तण्डुलले असोज २३ गते पूर्वी पृतना हेडक्वाटरमा कार्यरत बाढी तथा डुवानबाट पिडित कुचि बिनोद मणिच, कुची अनिल डुम र कुचि अर्जुन मल्लिकलाई राहत सामाग्री बितरण गर्नु भएको छ ।

निरिक्षण भ्रमण

पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी श्री गौरव तण्डुलले साउन २० गते फिल्ड अस्पताल ईटहरीको निरिक्षण भ्रमण गर्नु भएको छ । सो क्रममा उपरथी श्री तन्डुलले औषधी स्टोर बिरामी वार्ड, अधिकृत मेश, पदिक मेश, जवान भान्सा, जवान लाइन आदिको निरिक्षण गर्नु भई उपचार गरिरहेका बिरामीहरुको स्थिति, तालिम, बन्दोबस्ती लगायत बिविध पक्षहरुबारे जानकारी लिनुका साथै सकलदजालाई सम्बोधन समेत गर्नु भएको थियो ।

कमाण्ड बुझबुझारथ

पूर्वी पृतनापतिको जिम्मेवारी उपरथी श्री गौरव तण्डुलले सम्हाल्नु भएको छ । निबर्तमान पृतनापति उपरथी श्री प्रल्हाद थापा र उपरथी श्री गौरव तण्डुल बिच साउन ११ गते एक समारोहका विच पृतनापति कमाण्ड बुझबुझारथ सम्पन्न भएको छ । सो अवसरमा उपरथी श्री प्रल्हाद थापाले पृतनामा आयोजित एक कार्यक्रमका विच उपरथी श्री तण्डुललाई पृतनापतिको कार्यभार हस्तान्तरण गर्नु हुंदै करीब १५ महिनामा पृतनापतिको जिम्मेवारी निर्वाह गर्ने शिलशिलामा अन्तरगत बाहिनी, गण-गुल्म तथा सपोर्टिङ युनिटहरुबाट प्राप्त सहयोगको लागी आभार प्रकट गर्नुको साथै यस किसिमको सहयोग नवनियुक्त पृतनापतिलाई समेत प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अन्तरगत बाहिनी अड्डका बाहिनीपतिहरु, गणपति तथा गुल्मपतिहरु, पृतना र बाहिनी अड्डका स्टाफ अधिकृतहरु, पदिक तथा अन्यदर्जाको समेत उपस्थिति रहेको थियो ।

"पृतनापति ट्रफि २०७४” सम्पन्न

इटहरी स्थित पूर्वी पृतना हेड क्वाटरमा संचालन भएको “पृतनापति ट्रफि २०७४” जेठ ५ गते सम्पन्न भएको छ । सो प्रतियोगिताको पृतनापति उपरथी श्री प्रल्हाद थापाले एक कार्यक्रमकाबीच समापन गुर्न भएको हो । समापनको अवसरमा उहांले प्रतियोगितामा सञ्चालित १० विधा मध्ये ९ विधामा उत्कृष्ट भएको नं. १८ बाहिनीलाई च्यम्पियन ट्रफि प्रदान गर्नुभएको थियो भने विभिन्न खेल तथा ईभेन्टहरुमा प्रथम हुन सफल बाहिनी, गण तथा गुल्महरुलाई शिल्ड प्रदान गर्नुका साथै विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र र खेल सम्पन्न गर्न सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्र समेत वितरण गर्नुभएको थियो । बैशाख २४ गतेबाट ७५० जना खेलाडीहरु सहभागि भई सञ्चालित उक्त खेलकुद प्रतियोगितामा नं.१८ बाहिनी अड्डा प्रथम, नं. २१ बाहिनी अड्डा द्वितीय र नं. २ बाहिनी अड्डाले तृतीय स्थान हांसिल गरि नं.१८ बाहिनी अड्डा च्याम्पियन बाहिनी बन्न सफल भएको छ ।

"पृतनापति ट्रफि २०७४” शुभारम्भ

सुनसरी जिल्ला इटहरी स्थित पूर्वी पृतना हेडक्वाटरमा “पृतनापति ट्रफि २०७४” बैशाख २४ गते शुभारम्भ भएको छ । जेठ ५ गते सम्म संचालन हुने उक्त ट्रफिमा नं. २, १८ र २१ बाहिनीबाट ८८९ जना खेलाडीहरुले भाग लिएका छन् । यस ट्रफिमा जम्मा १० खेलहरु समाबेश गरिएको छ । समाबेश भएका खेलहरु मध्ये पूर्वी पृतना हे.क्वामा गुल्म स्तरीय भलिवल, बक्सि¨, तेक्वान्दो, स्विमि¨, नं. २ बाहिनी अड्डामा साईक्लि¨ र बटुकदल गणमा एथलेक्टिस, नं. १८ बाहिनी अड्डामा बास्केटबल, भवानीदल गणमा कबड्डी र कृष्णदल गणमा गण स्तरीय भलिबल, त्यसैगरि नं. २१ बाहिनी अड्डा अन्र्तगत कालीबहादुर गणमा फुटबल र कालिध्वज गणमा ह्याण्डबल खेल संचालन भईरहेको छ ।

सोलार जडान

मोरङ जिल्ला स्थित सुर्यदल गण सुरक्षा बेश लेटाङमा रहेको सर्पदंश उपचार केन्द्रमा औषधि भण्डारणको लागी फ्रिज संचालन गर्न बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मोरङ र गणको आर्थिक सहयोगमा १.५ किलो वाट क्षमताको सोलार जडानको बैशाख १७ गते पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको छ ।

भलिबल प्रतियोगिता सम्पन्न

ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटरले हाता भित्रका युनिट तथा सपोर्टिङ युनिटहरुलाई सहभागि गराई आयोजना गरेको भलिबल खेल प्रतियोगिता बैशाख १९ गते सम्पन्न भएको छ । बैशाख ११ गते बाट संचालन भएको उक्त खेलमा पृतना हे.क्वा. लगायत हाताभित्र तैनाथ युनिट तथा सर्पोटिङ युनिटहरु गरि जम्मा ६ वटा टिम सहभागि भई सम्पन्न भएको खेलमा प्रथम हुने बटुकदल गणलाई एक समारोहविच पृतनापति उपरथी श्री प्रल्हाद थापाले पुरस्कार वितरण गर्नु भएको छ । यस अघि पृतनापति उपरथी श्री थापाको नेतृत्वमा विभिन्न खेलहरुको स्तरोन्नती गर्ने उद्देश्यले बास्केटबल, फुटबल लगायत विविध खेलकुद प्रतियोगिता सञ्चालन गर्नुको साथै पेशागत दक्षतालाई अभिवृद्धि गर्न सकलदर्जाहरुलाई मास पि.टि., तेक्वान्दो पि.टि., खुकुरी ड्रिल, सेरमोनियम ड्रिल, एरोविक पि.टि जस्ता अतिरिक्त ईभेन्ट प्रतियोगिताको समेत हाताभित्र रहेको युनिटहरुको सहभागितामा संचालन हुदै आईरहेको छ ।

भलिबल प्रतियोगिता

ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटरले हाता भित्रका युनिट तथा सपोर्टि¨ युनिटहरुलाई सहभागि गराई आयोजना गरेको भलिवल खेल प्रतियोगिताको पृतनाका प्रमुख सेनानी पुर्ण बहादुर गुरु¨ले बैशाख ११ गते शुभारम्भ गर्नु भएको छ । पृतना हे.क्वा. लगायत हाताभित्र तैनाथ युनिट तथा सर्पोटि¨ युनिट गरि जम्मा ६ वटा टिम सहभागि रहेका छन् ।

निरिक्षण भ्रमण

पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले सुनसरी जिल्ला कोशीटप्पु स्थित बन्यजन्तु आरक्षको सुरक्षार्थ खट्टिएको भगवती प्रसाद गुल्मको बैशाख १० गते निरिक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा उपरथी श्री थापाले जिम्मेवारी क्षेत्रको बस्तुस्थितिबारे जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गर्नु हदै बर्तमान परिस्थिती र आगामी स्थानिय तहको निर्वाचन सुरक्षाको बारेमा जानकारी तथा आवश्यक निर्देशन समेत दिनुभएको थियो ।

निरिक्षण भ्रमण

बैशाख ५ गते पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले झापा जिल्ला स्थित नं. २१ बाहिनी अड्डा र कालीबहादुर गणको निरिक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा उपरथी श्री थापाले जिम्मेवारी क्षेत्रको बस्तुस्थिति र आगामी स्थानिय तहको निर्वाचन सुरक्षाको बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो ।

फुटबल प्रतियोगिता

ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटरले हाता भित्रका युनिट तथा सपोर्टिङ्ग युनिटहरुलाई सहभागि गराई आयोजना गरेको फुटबल प्रतियोगिता फागुन २६ गते सम्पन्न भएको छ । पृतना हे.क्वा. लगायत हाताभित्र तैनाथ युनिट तथा सपोर्टिङ्ग युनिट गरि जम्मा ६ वटा टिम सहभागि भई सम्पन्न भएको खेलमा प्रथम हुने नं. १ राजदल गणलाई एक समारोहविच पृतनापति उपरथी श्री प्रल्हाद थापाले पुरस्कार वितरण गर्नु भएको थियो ।

पृतनापतिद्बारा कालीध्वज गणको निरिक्षण भ्रमण

माघ २३ गते पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले ईलाम जिल्लामा तैनाथ कालीध्वज गणको निरिक्ष्ँण भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा उपरथी श्री थापले क्वाटर सलामी,गणको जिम्मेवारी क्षेत्रको बस्तुस्थिति, अपरेशन गतिविध, बन्दोवस्ती लगायत बिविध पक्षबारे जानकारी लिनूको साथै सकलदर्जालाई सम्वोधन समेत गर्नु भएको थियो ।

राहत बितरण तथा बृक्षारोपण

मिति २०७३ माघ १५ गते पूर्वी पृतनाको १५ औं बार्षिकोत्सवको अवसरमा पृतनापति उपरथी प्रल्हाद थापाले इटहरी स्थित निःसहाय बालबालिका सेवा आश्रमलाई एक कार्यक्रमका बिच विभिन्न खाद्यान्न राहत सामाग्रीहरु वितरण गर्नु भएको छ । साथै, उक्त अवसरमा पृतनापति थापाले पृतना हाताभित्र बृक्षारोपण समेत गर्नु भएको छ ।

निरिक्षण भ्रमण

नं. २ बाहिनी अड्डा अन्तर्गत मोरङ जिल्लाको थलाहमा तैनाथ सुर्यदल गण, नं. १८ बाहिनी अड्डा अन्तर्गत खोटा¨ जिल्लामा तैनाथ शेर गणमा बलाधिकृत रथी श्री बलदेब राज महतले माघ ६ गते निरिक्षण भ्रमण गर्नु भएको छ । उक्त अवसमा रथी श्री महतले क्वाटर गार्ड सलामी ग्रहण तथा गणपतिबाट जिम्मेवारी क्षेत्रको वस्तुस्थिती, बन्दोवस्ती, तालिम लगायत विविध पक्ष वारे जानकारी लिनुको साथै सकलर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।

निरिक्षण भ्रमण

नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री गोकुल भण्डारीले मोर¨ जिल्लामा तैनाथ सुर्यदल गणको यहि पुस १८ गते निरिक्षण भ्रमण गर्नु भएको छ । गणपति प्रमुख सेनानी ईन्दिवर विष्टले जिम्मेवारी क्षेत्रको बस्तुस्थिती, तालिम, बन्दोवस्ती लगायत विविध पक्षबारे जानकारी गराउनु भएको थियो । सहायक रथी श्री भण्डारीले सकलदर्जाहरुलाई सम्बोधन गर्नुको साथै गण अन्तर्गत रहेका सुरक्षा गुल्महरुको समेत निरिक्षण भ्रमण गर्नु भएको थियो ।

तालिम समापन

सुनसरीको इटहरी स्थित बटुकदल गणमा संचालन भएको सि.सं. ४ काउन्टर अर्वान ईन्सरजेन्सी तालिमको पुस १८ गते गणपति प्रमुख सेनानी शुलभ खड्काले एक कार्यक्रमका बिच समापन गर्नु भएको छ । गत मंसिर ५ गते बाट संचालन भएको तालिममा ३० जना शिक्षार्थीहरुको सहभागीता रहेको थियो । तालिममा सर्बोकृष्ट हुने बटुकदल गणका सिपाही सुजन बोगटीलाई प्रमाणपत्र तथा मोमेन्टो प्रदान गर्नुको साथै अन्य शिक्षाथीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।