Far-Western Division

Introduction

far_western_div

BHAKTI NAI SHAKTI HO

far_western_div

The Far Western Division Headquarters, with the motto, "Bhakti Nai Sakti Ho” was established on July 5, 2004 (Ashad 21, 2061) in scenic and beautiful land of Dipayal. The flag of this division was raised on May 1, 2005 (Baisakh 18, 2062). Maj Gen Rajendra Thapa (Retd.) was the first General Officer Commanding (GOC) of this division and Brig Gen Bal Krishna Karki is the present officiating GOC.

The successive GOC of this division were Maj Gen Kul Bahadur Khadka (Retd.), Maj Gen Anil Jung Thapa (Retd.), Maj Gen Nepal Bhushan Chand (Retd.), Maj Gen Damber Singh Gurung (Retd.), Maj Gen Kumar Budhathoki (Retd.), Maj Gen Ramesh Bista (Retd.), Maj Gen Surendra Bahadur Karki (Retd.), Maj Gen Hemanta Raj Kunwar, Maj Gen Binod Kumar Shrestha (Retd.), Maj Gen Dipak Prasad Bharati and Maj Gen Jhankar Bahadur Kadayat.

Army Commanders Far-Western Division

Lt Gen Kul Bahadur Khadka(Retd)

Mj Gen ANil Jung THapa Pun(Retd)

Lt Gen Nepal Bhusan Chand(Retd)

Maj Gen Damber Singh Gurung(Retd)

Maj Gen Kumar Budathoki(Retd)

Maj Gen Ramesh Bista(Retd)

Maj Gen Surendra Bahadur Karki(Retd)

Maj Gen Hemant Raj Kunwar

Maj Gen Binod Kumar Shrestha(Retd)

Maj Gen Dipak Prasad Bharati(Retd)

Maj Gen Jhankar Bahadur Kadayat

'Division Commander Trophy-2076' Concluded In Far-Western Division HQs

Bhawanibox Battalion won the title of 'Division Commander Trophy-2076' defeating Bhawanidal Battalion held at Teghari, Kailali on 24 June 2019. Far-Western Division Commander Major General Bal Krishna Karki presented closing remarks in the programme. Major General Karki also presented certificates, medals and trophy to the winning team during the programme.

पृतनापति ज्यूद्धारा निरीक्षण भ्रमण सम्पन्न

सुदुर पश्चिम पृतनाका पृतनापति उपरथी बालकृष्ण कार्कीले यहि चैत्र १५ र १६ गते पृतना अन्तर्गतका गण तथा गुल्महरुको निरीक्षण भ्रमण गर्नु भएको छ । उक्त निरीक्षण भ्रमणको दौरान पृतनापति उपरथी कार्कीले चैत्र १५ गते बाजुरा जिल्लामा तैनाथ समरजित गुल्म तथा १६ गते अछाम जिल्लामा तैनाथ भवानीबक्स गणको निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा उहांले क्वार्टरगार्ड, कोत, जवान लाईन, भान्सा, राशन स्टोर तथा पेरिमिटरको निरीक्षण गर्नु भई युनिटपतिहरुबाट जिम्मेवारी क्षेत्रको बस्तुस्थिती, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन समेत दिनुभएको थियो । सोहि क्रममा उहांले सकलदर्जालाई सम्वोधन समेत गर्नुभएको थियो ।

पृतनापतिद्धारा रुद्रध्वज गणको निरीक्षण

यहि चैत्र ७ गते सुदूर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी बालकृष्ण कार्कीले डोटी जिल्लामा तैनाथ रुद्रध्वज गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको दौरान पृतनापति उपरथी कार्कीलाई गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले गणको तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्ष बारे जानकारी गराउनु भएको थियो । उक्त निरिक्षण भ्रमणको दौरान पृतनापति उपरथी कार्कीले गणको क्वार्टरगार्ड, जवान लाईन, भान्छा, कोत, लेक्चर हल, इए पोष्ट, डिजिटल बोर्ड तथा पुस्तकालयको निरिक्षण गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।

‘सुदूर पश्चिम पृतना कमाण्डर्स कन्फरेन्स २०७३’

यहि फाल्गुन ०५ र ०६ गते सुदूर पश्चिम पृतना हे.क्वा.मा संचालन भएको ‘पृतना कमाण्डर्स कन्फरेन्स २०७३’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा पृतनापति उपरथी श्री दिपक प्रसाद भारती बाट कन्फरेन्सको शुभारम्भ तथा स्वागत मन्तव्य पश्चात अन्तर्गतका युनिटपतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा समाजिक स्थितिको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी सम्बन्धित युनिट पतिहरुले एजेण्डा अनुसार आ–आफ्नो युनिटको बन्दोबस्ती, तालिम र अप्रेसन पक्षको जानकारी एवम् जनहित गतिविधि लगायत विविध विषयको बारेमा प्रस्तुतिकरण गर्नुभई युनिटमा भएका व्यवहारिक कठिनाई तथा सुधारका बारेमा छलफल गर्नुका साथै सो सम्बन्धी आवश्यक निर्देशनको लागि पृतनापति ज्यु समक्ष राय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा पृतनापति उपरथी श्री भारतीले विभिन्न शीर्षकमा उठेका समस्याबारे सम्बन्धित पतिहरुसंग छलफल गरी समाधानका लागि आवश्यक निर्देशन दिनुभई कन्फरेन्सको समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा पृतनापति ज्यु लगायत अन्तर्गतका बाहिनीपति, गणपति, गुल्मपति लगायत पृतना तथा बाहिनीका स्टाफ अधिकृतहरु समेत सम्मिलित रहनुभएको थियो ।

भलिबल प्रतियोगितामा दुर्गादल गुल्म विजयी

दार्चुला जिल्ला अपि नगरपािलका ११ खलंगाको खुल्लामञ्चमा यहि पौष २३ गतेबाट संचालन भएको भलिबल खेल प्रतियोगितामा दुर्गादल गुल्मको टिम प्रथम भएको छ । उक्त प्रतियोगितामा प्रथम भएको दुर्गादल गुल्मको सहभागी टिमलाई नगद रु. ५१,०००। (एकाउन्न हजार), प्रमाणपत्र, मेडल र उत्कृष्ट खेलाडी २ जनालाई ट्रफि प्रदान गरिएको थियो । सो प्रतियोगितामा नेपाल प्रहरी लगायत विभिन्न गा.वि.स.को भलिबल टिम बीच प्रतिस्पर्धा भएको थियो ।

अभ्यास “गढी रक्षा” समापन

श्री सुदूर पश्चिम पृतना हे.क्वा.मा यही पौष १० गतेबाट ऐ. १४ गते सम्म संचालन भएको पहिलो चरण command post exercise - CPX “गढी रक्षा” अभ्यासको यस पृतना हे.क्वा.का पृतनापति उपरथी श्री दिपक प्रसाद भारतीले एक कार्यक्रमका बिच यही पौष १५ गते समापन गर्नुभएको छ । वास्तविकतामा आधारित गुणात्मक तालिममा जोड दिई भएको सो अभ्यासमा सहभागी कमाण्डर तथा स्टाफ अधिकृतहरुको पेशागत ज्ञान माझ्ने, पुनर्ताजगी गर्ने र व्यवहारिक दक्षता अभिवृद्घि गर्ने तर्फ लक्षित रहेको थियो । उक्त अभ्यासको बिभागिय अधिकृतहरुबाट डिब्रिफिङ्ग गरि सो पश्चात यस पृतना हे.क्वा.का पृतनापति उपरथी श्री भारतीले उक्त अभ्यासको समापन गर्नु भएको थियो । साथै यहि पौष १० गतेबाट ऐ. १४ गते सम्म संचालन भएको पहिलो चरण CPX “गढी रक्षा” अभ्यासको यस पृतना अन्तर्गतका बाहिनीहरुमा पनि संचालन भई सम्बन्धीत बाहिनीपतिहरुले नै यहि पौष १५ गते समापन गर्नु भएको थियो ।