Mid-Eastern Division

Introduction

mid_eastern_div

mid_eastern_div

Army Commanders Mid-Eastern Division

फुटबल ग्राउण्ड उद्घाटन

मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी श्री नरेश चन्द्र भट्टले मिति २०७६ असार १० गते महोत्तरी जिल्ला स्थित बर्दिबास सैनिक शिविरको हाताभित्रको फुटबल ग्राउण्ड उद्घाटन गर्नु भएको थियो ।

प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन

श्री प्रधान सेनापतिज्युको "कमाण्ड मार्ग निर्देशन २०७५" अनुसार मिति २०७६ असार ०८ गते मध्य पूर्वी पृतना हे.क्वा.द्धारा धनुषा जिल्ला, जनकपुरधाम उप-महानगरपालिका ९ स्थित प्रदेश प्रमुखको कार्यालय पछाडी रहेको जजुकाली कभर्ड हलमा प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं.२ का प्रदेश प्रमुख, संयोजकत्व यस पृतना हे.क्वा.का पृतनापति, श्री नं.२७ र श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपतिहरु, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्रीनाथ गणका गणपति र पत्रकार गरी करिव १०० जनाको उपस्थिति रहेको थियो । उक्त प्रतियोगितामा बारा जिल्लाको लोटश एकेडेमी प्रथम, धनुषा जिल्लाको गंगोत्री मा.वि. दोश्रो र सिरहा जिल्लाको स्वस्तिक पाठशालाले तेश्रो स्थान हासिल गरेको छ ।