North-Western Division

Introduction

north_western_div

SADAIBA SAMARPIT DESH PARTI

north_western_div

The North Western Division Headquarters, with the motto, "Sadaiba Samarpit Desh Prati” was established on 29thNov, 2001 (14th Mangsir, 2058) with the name of Western Division at Nepalgunj, Banke. The Western Division was renamed as Mid Western Division and was shifted to Tribhuvan Sainik Shivir, Surkhet on 23rd Oct, 2005 (6th Kartik, 2062). The Mid Western Division has been once again re-organized and renamed as the North Western Division in Nimare Barrack, Surkhet on 16th July, 2017(1st Shrawan, 2074). Maj Gen Sadip Bahadur Shah was the first General Officer Commanding (GOC) of this division and Brigadier General Bigyan Dev Pandey is the current acting GOC.

The successive GOCs of this division were Maj Gen Sadip Bahadur Shah(Retd.), Maj Gen Govinda Bahadur Gurung (Retd.), Maj Gen Bala Nanda Sharma (Retd.), Maj Gen Rukmangath Katawal (Retd.), Maj Gen Dipak Bikram Rana (Retd.), Maj Gen Chhatra Man Singh Gurung (Retd.), Maj Gen Ananta Bahadur Thebe (Retd.), Maj Gen Pradip Jung Thapa (Retd.), Maj Gen Keshav Raj Mahat (Retd.), Maj Gen Pradip Bikram Rana (Retd.), Maj Gen Rajendra Bikram Shah (Retd.), Maj Gen Rajendra Bahadur Karki (Retd.), Maj Gen Shekhar Singh Basnyat, Maj Gen Shamsher Thakurathi, Maj Gen Karmendra Bikram Limbu and Maj Gen Saroj Pratap Rana.

Biography of Brigadier General Bigyan Dev Pandey

Coming soon...

Army Commanders North-Western Division

Lt Gen Sadip Bahadur Shah(Retd)

Maj Gen Govinda Bahadur Gurung(Retd)

Lt Gen Bala Nand Sharma(Retd)

Gen Rukmangath Katawal(Retd)

Maj Gen Dipak Bikram Rana(Retd)

Gen Chhatra Man Singh Gurung(Retd)

Maj Gen Ananta bahadur Thebe(Retd)

Maj Gen Pradip Jung Thapa(Retd)

Maj Gen Late Keshav Raj Mahat(Retd)

Maj Gen Pradip Bikram Rana(Retd)

Maj Gen Rajendra Bikram Shah(Retd)

Maj Gen Rajendra Bahadur Karki (Retd)

Maj Gen Shekhar Singh Basnyat

Maj Gen Shamsher Thakurathi(Retd)

Major General Karmendra Bikaram Limbu

Maj Gen Saroj Pratap Rana

निरिक्षण भ्रमण सम्पन्न

सूर्खेत स्थित उत्तर पश्चिम पृतना हे.क्वा. को आन्तरिक निरिक्षण तथा अनूगमन संयन्त्र (Oversight Cell) का अध्यक्ष रथी श्री शरद गिरी, रथीवृन्द र स्टाफ अधिकृत सहितको निरिक्षण टोलिले मिति २०७६ पौष २२ र २३ गते निरिक्षण गर्नुभएको छ ।

सो क्रममा उहाँलाई पृतनापति उपरथी श्री सरोज प्रताप राणाले स्वागत गर्नुका साथै पृतनाको कमाण्ड प्रतिवद्धतामा उल्लेखनिय कार्यको प्रगती सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो । सोही अवसरमा रथी श्री गिरी सहितको निरिक्षण टोलिलाई पृतना हे.क्वा.का लेखा अधिकृत तथा अन्तर्गत युनिटहरुका यूनिटपतिहरुले आ-आफ्नो यूनिटको विभिन्न शिर्षकहरुमा खर्च भएको बजेट सम्वन्धि प्रस्तूतिकरण गर्नू भएको थियो ।

निरिक्षण भ्रमणको क्रममा रथी श्री गिरी सहितको टोलिले २२ गते पृतना हे.क्वा. हाता भित्र तैनाथ यूनिटहरुको क्वाटर गार्ड, अप्रेशन रुम, बैंठक कोठा, निर्माण भैसकेका र निर्माणधिन अवस्थामा रहेका भवनहरु, अधिकृत मेश, पदिक मेश, पृतना/गण/गूल्म कार्यालय, जवान लाईन, सैन्य लाईन, जवान भान्छा, सैन्य भान्छा, पूस्तकालय, जिमहल र बेकरी निरिक्षण गर्नूका साथै पश्चिम एयर वेशमा निर्माणाधिन अवस्थामा रहेको ह्याङ्गर तथा विभिन्न भौतिक पूर्वाधारको निरिक्षण पश्चात सो निरिक्षण टालिले नं.२ राजदल गण र कालीबक्स गण(ई) को विविध पक्षहरुको निरिक्षण गर्नू भई २३ गते श्री नंया सबूज गण, सैनिक आवासिय महाविद्यालय र श्री नं.४ फि.ए. गूल्मको निरिक्षण गर्नूका साथै वृक्षारोपण समेत गर्नू भएको थियो ।

महिला सैनिकहरु सहभागी गराई वर्कसप संचालन

मिति २०७६ मंसिर १९ गते उत्तर पश्चिम पृतना हे.क्वा.मा पृतना हे.क्वा.लगायत अन्तर्गतका युनिटहरु (विनायकदल गण, नं.३ सैनिक ईन्टेलिजेन्स गण, नं.४ फि.ए.गुल्म, कालिबक्स गण(ई), नं.२ राजदल गण, नयां सबुज गण र उत्तर पश्चिम तालिम शिक्षालय) का सम्पुर्ण महिला सैनिकहरु अधिकृत १ र अन्यदर्जा ५८ जना गरी जम्म ५९ जनालाई सहभागी गराई नेपाली सेनामा हाल महिला सैनिकहरुको अनुशासनको स्थिती तथा लैङ्गिक हिंसा सम्वन्धमा पृतनापति उपरथी श्री सरोज प्रताप राणा ज्यूबाट सम्वोधन तथा अन्तरक्रिया गरीएको र पृतना फोकल पर्सन महिला सैनिक उप सेनानीबाट Counselling गरी वर्कसप समेत संचालन गरीएको थियो ।

“नेतृत्व संम्वाद- २०७६” सम्पन्न

उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोज प्रताप राणाको बिशेष उपस्थितिमा मिति २०७६ मंसिर ०९ गते स्वार्थको द्वन्द्व, अधिकारको दुरुपयोग तथा यौनजन्य शोषण र दुव्र्यवहार विषयक "नेतृत्व संम्वाद- २०७६" कार्यक्रम सम्पन्न भएको छ ।

सो क्रममा पृतनापति उपरथी श्री राणाले नेपाली सेनाको मुल्य मान्यता, नैतिकता र आचारसंहिता भित्र रही संम्भावित दुर्व्यवहारहरुलाई निरुत्साहित गर्दै नेपाली सेनाको छवीमा आँच आउन नदिन सबै तहका नेतृत्व वर्गहरुलाई सैनिक ऐन, नियम तथा नीति निर्देशनलाई अक्षरस पालना गर्न निर्देशन समेत दिनु भएको थियो ।

पृतनापतिज्युबाट निरीक्षण भ्रमण सम्पन्न

उत्तर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री सरोज प्रताप राणाले मिति २०७६ मंसिर १,२ र ३ गते नं. ४ बाहिनी अड्डा तथा बाकें र बर्दिया जिल्लामा तैनाथ युनिटहरुको निरिक्षण भ्रमण गर्नु भएको थियो । बांकेमा तैनाथ भैरव प्रसाद गण, वांके राष्ट्रिय निकूञ्जमा तैनाथ श्रीमेहर गण, नेपालगंज स्थित सैनिक अस्पताल, बर्दिया राष्ट्रिय निकूञ्जमा तैनाथ शिवदल गण, बाँकेको कौशिलानगरमा निर्माणाधिन Composite Logistic Base तथा राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयको निरीक्षण गर्नूभएको थियो ।

निरीक्षण भ्रमण

मध्य पश्चिम पृतनापति उपरथी श्री सिताराम खड्काले यही कार्तिक १५ गते नवलपरासीस्थित कालिध्वज गण, भैरहवा स्थित कालिभक्ति गण, ऐ.१७ गते रामनगरस्थित नं. २२ बाहिनी अड्डा, गरुडदल गण र २० गते पाल्पा स्थित गोरखदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ । सोही अवसरमा पृतनापति उपरथी श्री खड्काले क्वाटर गार्ड सलामी ग्रहण गर्नु भई बाहिनी र गणहरुको जिम्मेवारी क्षेत्रको सुरक्षा बस्तुस्थितीको बारेमा जानकारी लिनुका साथै गणको विविधि पक्षको निरीक्षण समेत गर्नु भएको थियो । उक्त अवसरमा वहांले सकलदर्जाहरुलाई संबोधन समेत गर्नु भएको थियो ।

"पृतना कमाण्डर्स कन्फरेन्स सम्मेलन-२०७६” सम्पन्न

सुर्खेतस्थित उत्तर पश्चिम पृतना हे.क्वा.मा २०७६ आश्विन १४ गतेदेखि संचालन भएको “कमाण्डर्स कन्फरेन्स-२०७६” को ऐ. १५ गते पृतनापति उपरथी श्री सरोज प्रताप राणाले समापन गर्नुभएको छ । सो क्रममा पृतनापति उपरथी श्री राणाको बिशेष उपस्थितिमा सह चिफ अफ स्टाफ महा सेनानी श्री अशोक गुरुङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त सेमिनारमा नेपाली सेनाप्रति युवा वर्गको आकर्षण घट्दै जानुको कारण, युवक अधिकृतहरुमा पेशा प्रतिको उदासिनता, ईन्टेलिजेन्स क्षमता र तालिमको स्तर अभिवृद्धी साथै डिजिटाईजेशनलाई प्रभावकारी ढंगवाट लागु गर्ने सम्वन्धि एजेण्डाहरुमा केन्द्रित रही प्रस्तुतिकरण तथा छलफल/अन्तरक्रिया भएको थियो ।

Commander with Soldiers कार्यक्रम सम्पन्न

सुर्खेत स्थित उत्तर पश्चिम पृतना हे.क्वा.मा मिति २०७६ आश्विन १० गते सञ्चालन भएको “Commander with Soldiers” कार्यक्रममा उक्त पृतनाका पृतनापति उपरथी श्री सरोज प्रताप राणा सरिक हुनु भएको थियो । उक्त अवसरमा पृतनापति उपरथी श्री राणाले सकल दर्जाहरुलाई सैनिक आचार संहिता २०७६, Go Green Campaign तथा Plastic Free Zone कार्यक्रम, सैन्य भर्ना छनौट र सैनिक कल्याणकारी कोषबाट पाउने सेवा सुविधा सम्वन्धमा प्रकाश पार्नुहुंदै प्रधानसेनापति ट्रफि २०७६ मा पदक ल्याउन सफल सकल दर्जाहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

संविधान दिवस -२०७६ सम्पन्न

मिति २०७६ आश्विन ०२ गते सुर्खेतस्थित विरेन्द्रनगर नगरपालिका-४ एस.ओ.एस.हर्मन बालग्राम विद्यालयको फुटबल मैदानमा संविधान दिवस-२०७६ को अवसरमा सामाजिक बिकास मन्त्रालयको आयोजनामा सञ्चालन भएको मैत्रिपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।उक्त खेल प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको जनप्रतिनिधि टिम र प्रदेश सरकारका मुख्य सचिब केबल भण्डारीको राष्ट्रसेवक टिम बिच प्रतिस्पर्धा भएको थियो सो फुटबल खेलमा राष्ट्रसेवक टिम ३ गोलका विरुद्ध ८ गोलको फराकिलो अन्तरले विजयी भएको छ ।

मिति २०७६ आश्विन ०४ गते संविधान दिवस-२०७६ को अवसरमा कर्णाली प्रदेशको राजधानी सूर्खेत जिल्लास्थित रत्न राजमार्गको विचभागमा वृक्षारोपण गर्ने कार्यक्रमको लागि सूर्खेतको मंगलगढी चोकवाट पुर्व वसपार्क सम्मको ईलाकामा विभिन्न प्रजातिका करिव १०० वटा बिरुवाहरु वृक्षारोपण गर्ने कार्य भएको छ र सो कार्यक्रममा कर्णाली प्रदेशका माननीय मूख्यमन्त्री, मन्त्रीहरु, सांसद, स्थानीय प्रतिनिधि, उत्तर पश्चिम पृतना हे.क्वा. का पृतनापति, जिल्लास्थित सम्पुर्ण सुरक्षानिकायका प्रमुखहरु, सूर्खेत स्थित सरकारी कार्यालयका प्रमुखहरु, मिडियाकर्मी लगायत करिव १५० जनाको वाक्लो उपस्थिती रहेको भियो ।

उत्तर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री सरोज प्रताप राणा, सहचिफ अफ स्टाफ र अन्य स्टाफ अधिकृतले सैनिक आवासिय महाविद्यालय र उत्तर पश्चिम पृतना हे.क्वा हाताभित्र समेत वृक्षारोपण कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

'DIVISION COMMANDER TROPHY-2076' CONCLUDED IN NORTH-WEST DIVISION HQs

'Division Commander Trophy-2076' concluded with closing remarks by North-West Division Commander Major General Saroj Pratap Rana on 05 July 2019. Major General Rana presented certificates, medals, and trophy to the winning team during the programme.

नेपाली सेना सम्बन्धि जानकारीमुलक प्रदर्शनी सम्पन्न

उत्तर पश्चिम पृतना हे.क्वा.ले बिद्यार्थी तथा सर्वसाधरणलाई लक्षित गरी सुर्खेत स्थित एयरपोर्ट ब्यारेकमा नेपाली सेना सम्बन्धि जानकारीमुलक प्रदर्शनीको आयोजना गरेको छ । मिति २०७६ जेष्ठ ३१ गते देखि २०७६ आषाढ १ गते सम्म संचालित तीन दिने कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका र सो नगरपालिका सेरोफेरोका माध्यमिक तथा उच्च-माध्यमिक बिद्यालय र कलेजका बिद्यार्थीहरु लगायत स्थानीय बासिन्दाहरुले प्रदर्शनी अवलोकन गरेका थिए ।

निरीक्षण भ्रमण

सुर्खेतस्थित उत्तर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री सरोज प्रताप राणाले मिति २०७६ आषाढ २ गते नं. १९ बाहिनी अड्डा अन्तर्गत पर्ने सल्यान जिल्लामा तैनाथ श्री सबुज गण र ३ गते उक्त गणको सु.बेस सल्लीको र सुर्खेतस्थित नयां सबुज गणको छिन्चुमा तैनाथ सु.बेसको निरीक्षण भ्रमण गर्नुभएको थियो ।

निरीक्षण भ्रमणको क्रममा पृतनापति उपरथी श्री राणाले सबुज गणको क्वाटरगार्ड, वंकर, गण मेडिकल, महिला लाईन, जवान लाईन, जवान भान्छा, राशन स्टोर, क्लोदिङ्ग स्टोर तथा पेरिमिटर ईलाका निरीक्षण गरी जिम्मेवारी क्षेत्रको बस्तुस्थितीबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नुभई “Commanders with Soldier” कार्यक्रममा सहभागी हुनु भएको र उक्त गण अन्तर्गतको सु.बेस सल्लीको निरीक्षण गर्नु भई सकलदर्जालाई सम्बोधन गरी नयां सबुज गणको सु.बेस छिन्चुको निरीक्षण समेत गर्नु भएको थियो । 

उत्तर पश्चिम पृतनापती उपरथी सरोज प्रताप राणाद्वारा पर्यटक सुचना केन्द्रको उद्घाट्न

मिती २०७५ फागुन १० गते श्रीदल गुल्मद्वारा रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई आबश्यक सुचना तथा जानकारी प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको पर्यटक सुचना केन्द्रको उत्तर पश्चिम पृतनापती उपरथी सरोज प्रताप राणाले उद्घाट्न गर्नुभएको छ ।