Valley Division
Introduction

SHANTI SHURAKSHYA SARBADA

The ‘Valley Command Office’, with the motto “Shanti Surakshya Sarbada”, was established on May 19 2003 (2060 Jestha 5). Later it was renamed as “Valley Division HQ” on December 13, 2003 (2060 Poush 15). At the beginning, the division HQ was based at Singha Durbar, Kathmandu and later it was relocated to the Narayanhiti Palace. Maj Gen Kiran Shumsher Thapa (Retd.) was the first General Officer Commanding of this division and Major General Anand Kumar Adhikari is the present GOC.
The successive GOC of this division were Maj Gen Dilip Karki (Retd.), Maj Gen Dipak Bikram Rana (Retd.), Maj Gen Kul Bahadur Khadka (Retd.), Maj Gen Anil Jung Thapa (Retd.), Maj Gen Daman Bahadur Ghale (Retd.), Maj Gen Keshav Raj Mahat (Retd.), Maj Gen Mahesh Bikram Karki (Retd.), Maj Gen Purna Chandra Thapa, Maj Gen Himalaya Thapa (Retd.) and Maj Gen Anuj Basnyat, Maj Gen Sarad Kumar Giri, Maj Gen Purna Bahadur Silwal (Retd.), Maj Gen Shashi Chandra Bahadur Singh and Maj Gen Niranjan Kumar Shrestha.
Biography of Major General Anand Kumar Adhikari

Major General Anand Kumar Adhikari was born in Kathmandu, Nepal on 16 January 1967 and enrolled in the then Royal Nepalese Army on 1987 as an officer cadet. Major General Adhikari commissioned in 1989 as 2nd Lieutenant as an Infantry officer. During his 31years of service career he had successfully completed the various professional courses and proved his competency at various levels. He had gone through young officers course (1990), Field Engineering, Air defense Artillery and Regimental Signal Course (1990), Counter Insurgency and Jungle Warfare course from Nepal and India (1993 and 1995), Company Commander Course (1995) and Junior Staff Course (1997). After graduating Army Command and Staff College from Nepal (2000) and Defense Service Staff College, from Wellington, India (2002) Major General Adhikari obtained further graduation degree from Asia Pacific Center for security Study Hawaii, USA (2006) in the subject Comprehensive Security Response to Terrorism. During his extensive military career Major General Adhikari was qualified in Higher Command and Management Course (2015) and achieved Masters’ degree in National Security Strategy from National War College (2016) from National Defense University, Washington DC USA.
Major General Adhikari also acquired post-graduation degree in Disaster Management from Indira Gandhi National Open University, India and Masters’ degree in Rural Development from Tribhuban University, Nepal.
Major General Adhikari had participated various National, Regional and International military seminars and workshops related to security and Disaster Management. Some of them are Pacific Armies Management Seminar at Indonesia (PAMS), Tempest Express -17, Expert groups meeting on ‘Develop Rapid Response Mechanism with in SAARC during the time of catastrophic natural disasters’ at India, security related seminar on Near East South Asia (NESA) at Washington DC, Asia pacific Security Workshop in Magnolia (PASSWG), Disaster Management Seminar in Japan (MCAP14) and Indo pacific Intelligence Chiefs Conference as moderator (2018).
During his service period Major General Adhikari hold some of the important command, staff instructional appointments. He had commanded Infantry Company, Infantry Battalion, Supply and Transport Battalion and Counter Insurgency and Jungle Warfare School, Senior DS of Nepal Army War College, Directing Staff and Chief Instructor of Army Command and Staff College, Brigade Commander no 22 Bde and Director Staff Duty Plan and Policy. Major General Adhikari served four UN missions namely UNPROFOR platoon commander (1992), UNIFIL operation officer (1998) and UNAMSIL, operation officer (2004) and UNISFA-JBVMM as a deputy chief (2017). Major General Adhikari had deputed to US CENTCOM Tampa FL as a Strategic Affair Officer for a year plus (2011) to support Operation Enduring Freedom. During his service career he had frequently engaged in strategic planning group in Army HQs and MoD levels. Major General Adhikari is adorned with some of the prestigious military medals and decorations both from Nepal, UN and USA such as Su Prabal Jana Seva Sree, Bikhyat Trisakti Patta Fourth Class, Prabal Gorkha DakshinBahu Fourth Class, UN medals, Meritorious Service Medal (USA) and COAS Commendation badge. Currently Major General Adhikari is commanding Valley Division as Division Commander.
Army Commanders Valley Division
Maj Gen Dipak Bikram Rana(Retd)
Maj Gen Yadav Bahadur Rayamajhi(Retd)
Lt Gen Kul Bahadur Khadka(Retd)
Maj Gen Anil Jung Thapa(Retd)
Maj Gen Daman Bahadur Ghale(Retd)
Maj Gen Late Keshav Raj Mahat(Retd)
Maj Gen Mahesh Bikram Karki (Retd)
COAS Gen Purna Chandra Thapa (then Lt Gen)
Maj Gen Himalaya Thapa(Retd)
Maj Gen Anuj Bahadur Basnyat (Retd)
Lt Gen Sarad Kumar Giri
Maj Gen Purna Bahadur Silwal(Retd)
Maj Gen Shashi Chandra Bahadur Singh
Major General Niranjan Kumar shrestha
दोस्रो कमाण्डर्स कन्फरेन्स सम्पन्न
मिति २०७६ माघ २९ गते उपत्यका पृतना हे.क्वा. नारायणहिटीमा दोस्रो चरणको 'कमाण्डर्स कन्फरेन्स २०७६' सम्पन्न भएको छ । उक्त कन्फरेन्समा श्री उपत्यका पृतना हे.क्वा. को अण्डर कमाण्डका बाहिनी तथा स्टाफ अधिकृत, डाईरेक्ट अण्डर कमाण्डका शिक्षाधिकृत, गणपति, गुल्मपति तथा अपरेशनल अण्डर कमाण्डका बाहिनीपतिहरु, बाहिनी स्टाफ अधिकृतहरु, अति बिशिष्ट ब्यक्ति सुरक्षा निर्देशनालयका सह निर्देशक र श्री नं. १ ईण्टेलिजेन्स गणका गणपतिहरुको उपस्थितिमा पृतनाको जिम्मेवारी क्षेत्रको अपरेशनल तथा ईण्टेलिजेन्स, बन्दोबस्ती, तालिम लगायत विविध सम सामयिक गतिविधिहरु र बाहिनीपतिहरुको कमाण्ड प्रतिवद्धताको प्रगति बारे छलफल तथा अन्तरक्रिया भएको थियो ।
आगलागी नियन्त्रण
मिति २०७६ माघ २९ गते काठमाडौं महानगरपालिका वडा नं. १२ टेकुस्थित एक घरको तेस्रो तल्लामा विद्युत सर्ट सर्किटको कारण भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जुद्ध बारण यन्त्र तथा स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको छ ।
नेपाली सेनाद्वारा आगलागी नियन्त्रण
काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ दक्षिणढोकास्थित कपास उद्योग तथा काठ मिलमा विद्युत सर्ट सर्किटका कारण २०७६ माघ २२ गते लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण तथा स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
आगलागी नियन्त्रण
ललितपुर महानगरपालिका वडा नं. १ बखुण्डोलस्थित एक कवाडी संकलन केन्द्रमा माघ १९ गते लागेको आगो नेपाली सेना तथा स्थानीयको प्रयासमा समयमा नै नियन्त्रण गरी ठूलो धनमालको क्षति हुनबाट जोगाउन सफल भएको छ । ग्याँस सिलिण्डरबाट भएको लिकेजका कारण भएको आगलागी निभाउने क्रममा २ जना सामान्य घाईते भएका छन् भने आगलागीबाट करिब १५ लाख बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।
त्रैमासिक रोलकल सम्पन्न
उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी श्री श्री निरन्जनकुमार श्रेष्ठले यही पौष २१ गतेको ०८०० बजे पृतना हे.क्वा. तथा हाता भित्रका सकलदर्जाहरु उपस्थित गराई नेपाली सेनाको विविध विषयहरुको वारेमा जानकारी सहितको रोलकल कार्यक्रम संचालन गर्नु भएको छ ।
उपत्यका पृतना हे.क्वा. को १७ औं वार्षिकोत्सव सम्पन्न
पूर्व उपत्यका पृतनापति तथा प्रधानसेनापति महारथी श्री पुर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा श्री उपत्यका पृतना हे.क्वा. नारायणहिटीमा यही पौष १७ गते आफ्नो परम्परा अनुसार पूर्व पृतनापतिज्यूहरु तथा अन्य सुरक्षा निकायका विभागीय प्रमुखको उपस्थितिमा आफ्नो १७ औं वार्षिकोत्सव मनाएको थियो ।
समारोहलाई मनोरञ्जनात्मक बनाउन पृतनापति उपरथी श्री निरन्जनकुमार श्रेष्ठ तथा यस पृतनाका चिफ अफ स्टाफ स.र. श्री राम राणा, अन्तर्गतका गणपति र सकल दर्जाहरुबाट विभिन्न नाच गानको कार्यक्रमको साथै यस पृतना हे.क्वा.का उत्कृष्ट बर्ष जवान अम. यज्ञ बहादुर खड्कालाई पुरस्कार वितरण गरिएको थियो ।
उक्त अवसरमा श्रीमान प्रधानसेनापतिज्यूले यस पृतनाले गरेका विविध कार्यहरुको निरिक्षण समेत गर्नु भएको थियो ।
निरिक्षण भ्रमण सम्पन्न
उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी श्री निरन्जन कुमार श्रेष्ठले मिति २०७६ मंसिर ११ गतेदेखि ऐ १६ गतेसम्म पृतना अन्तर्गत रहेका अपरेशन अण्डर कमाण्ड तथा अण्डर कमाण्डका नं.१ बाहिनी अड्डा, नं.१३ बाहिनी अड्डा, नं.१४ बाहिनी अड्डा, नं. १५ बाहिनी अड्डा र नं. १६ बाहिनी अड्डाहरुको निरीक्षण भ्रमण गर्नु भएको थियो । उक्त भ्रमण क्रममा बाहिनी अड्डाहरुको अप्रेशन तथा बन्दोबस्ती पक्षहरुको निरिक्षणको साथै बाहिनीपतिहरुले पेश गर्नु भएको कमाण्ड प्रतिबद्धतामा उल्लेखित विषयहरुमा भएको प्रगति बारे जानकारी लिनु भएको थियो । यस दौरान सकलदर्जाहरुको मोराल उच्च भएको एकिन गर्न तथा विभिन्न कार्यालय, विभागहरु, महानिर्देशनालयहरु तथा पृतनाबाट प्राप्त परिपत्रहरुको एकिन गर्न पृतनापतिबाट सकलदर्जाहरुलाई संबोधन समेत गर्नु भएको थियो ।
नेतृत्व संवाद तथा डिजिटल प्रणालीद्वारा क्याण्टिनमा भुक्तानी
उपत्यका पृतना हे.क्वा. नारायणहिटीका पृतनापति उपरथी श्री निरञ्जनकुमार श्रेष्ठले कमाण्ड मार्ग निर्देशन २०७६ को लक्ष्य ५ को ५.४.१.५ (ग) मा उल्लेख भए अनुसार नं.१ बाहिनी लगायत प्रत्यक्ष अण्डर कमाण्डका शिक्षाधिकृत तथा गुल्मपतिहरु र उपत्यका पृतना हे.क्वा.स्टाफ अधिकृतहरु सम्मिलित गराई स्वार्थको द्वन्द्व, अधिकारको दुरुपयोग यौन जन्य शोषण र दुर्व्यवहार सम्बन्धि बिषयमा आधारित रहि यही मंसिर १३ गते नेतृत्व संवाद २०७६ कार्यक्रम संचालन गर्नु भएको थियो ।
साथै सोही दिन पृतनापति उपरथी श्री निरञ्जनकुमार श्रेष्ठले पृतना हे.क्वा.मा रहेको नेपाली सेनाद्वारा सञ्चालित क्यान्टिनमा कार्डको प्रयोग गरी भुक्तानी दिन डिजिटल प्रणालीको सुभारम्भ समेत गर्नु भएको थियो ।
उपत्यका पृतना अन्तर्गत रहेको नं. २६ बाहिनी अड्डाको जिम्मेवारी मध्य पुर्वी पृतना हे.क्वा. लाई हस्तान्तरण
"प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन २०७५" को लक्ष्य नं. २ मा "नेपाली सेनाको लडाई लड्ने क्षमता अभिबृद्धि गर्ने" भन्ने उल्लेख भएको र सो को २.१.१.१. कार्यमा Operational Command स्थापना गर्न पहल गर्ने" भन्ने उल्लेख भए बमोजिम अपरशेनल कार्य प्रभावकारी बनाउन ३+१ कमाण्ड अवधारणा अनुरुप यहि मिति २०७६ कार्तिक ०३ गते उपत्का पृतना हे.क्वा. अन्तर्गत रहेको नं. २६ बाहिनी अड्डा लगायत सिन्धुपालचोक जिल्लामा अवस्थित गोरखबक्स गण र नं. २ जगदल गण तथा काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित विष्णुदल गण मध्य पुर्वी पृतना हे.क्वा. लाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको थियो । उक्त हस्तान्तरण समारोहमा उपत्यका पृतनाका पृतनापति उपरथी निरन्जनकुमार श्रेष्ठले मध्य पुर्वी पृतनाका पृतनापति उपरथी नरेश भट्टलाई नं.१ र २६ बाहिनीका बाहिनीपतिहरु तथा गणपतिहरु र पृतनाका स्टाफ अधिकृतहरुको उपस्थितिमा बाहिनीको झण्डा हस्तान्तरण गरी Handover गर्नु भएको थियो ।
मोटिभेशनल कक्षा सञ्चालन
पृतनापतिको कमाण्ड कम्प्याक्ट २०७६ को २.१.१.२ को ‘क’ को ५ मा पाक्षिकरुपमा मुल पण्डितबाट निर्देशिका अनुरुप धार्मिक प्रवचनको कार्यक्रम सञ्चालन गर्ने अभिप्राय अनुसार यही कार्तिक ०४ गते ०७०० बजेबाट ०८०० बजेसम्म पृतनापति उपरथी श्री निरन्जनकुमार श्रेष्ठको उपस्थितिमा नारायणहिटी ब्यारेक हाताभित्रका ३३७ जना सकलदर्जाहरु संलग्न गराई मोटिभेशनल कक्षा सञ्चालन गरिएको थियो ।
We are Soldiers' First कार्यक्रमको शुभारम्भ
प्राविधिक तथा विविध सेवा तर्फका सकलदर्जाको स्तरोन्नति गर्न नारायणहिटी ब्यारेक हातभित्रका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा अन्यदर्जाका ९९ जना सकलदर्जाहरु सम्मिलित गराई २०७६ कार्तिक १ गतेबाट ३ महिनासम्म संचालन हुने "सबैभन्दा पहिला हामी सिपाही कार्यक्रम (We are Soldiers' First Program)" को पृतनापति उपरथी निरञ्जन कुमार श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रमको अवसर पृतनापतिले प्राविधिक तथा विविध सेवा सकलदर्जालाई सम्बोधन गर्दै सो कार्यक्रम मार्फत दिईने जानकारीमुलक शिक्षाले प्राविधिक तर्फका सकलदर्जाहरुलाई भविष्यमा आई पर्ने चुनौतीको सामना गर्न यस कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरा बताउनु भएको थियो ।
खेलाडीहरुलाई बधाई तथा प्रशंसा-पत्र वितरण
प्रधान सेनापति ट्रफि २०७६ मा विभिन्न विधामा उत्कृष्ट खेल प्रर्शन गर्ने उपत्यका पृतना हे.क्वा. तथा अन्तर्गतका बाहिनी, गण तथा गुल्मका खेलाडीहरुलाई यही असोज २९ गते पृतनापति उपरथी निरञ्जन कुमार श्रेष्ठबाट एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन स्वरुप नगर पुरस्कार तथा प्रशंसा-पत्र वितरण गर्नु भएको ।
वृक्षारोपण कार्यक्रम
मिति २०७६ असोज १६ गते नारायणहिटी ब्यारेकस्थित निर्देशनालय, शिक्षालय, गणहरु र गुल्मका सकलदर्जाहरु तथा श्री लक्ष्मी बैंकका कर्मचारीहरुको उपस्थितीमा उपत्यका पृतना हे.क्वा. को पेरिमिटर बाहिर लाजिम्पाट चोकदेखि नेपाल क्याभ्लरीको गेटसम्म ४७ बटा विभिन्न विरुवाहरु रोप्ने कार्य सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यको लागि किर्तिदल गणको समन्वयमा काठमाडौ महानगरपालिकाले विरुवाहरु र श्री लक्ष्मी बैंकले Plant Cage हरु उपलब्ध गराई सहयोग गर्नु भएको थियो ।
प्लाष्टिक मुक्त बनाउन थप पहल
२०७६ भदौ २५ गते प्लाष्टिक मुक्त कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस पृतनाका पृतनापति उपरथी श्री निरन्जनकुमार श्रेष्ठको निर्देशन तथा पहलतामा यस पृतनाभित्र आउने सम्पुर्ण गेटहरुमा प्लाष्टिक ब्याग नियन्त्रण गर्नेको लागि पृतना हे.क्वा.ले आन्तरिक श्रोतबाट कपडाको झोलाहरुको ब्यवस्था गरेको छ ।
श्री उपत्यका पृतना हे.क्वाग.मा “कमाण्डर्स कन्फरेन्स-२०७६” सम्पन्न
'DIVISION COMMANDER TROPHY-2076' CONCLUDED IN VALLEY DIVISION HQS
'Division Commander Trophy-2076' concluded with closing remarks by Valley Division Commander Major General Niranjan Kumar Shrestha on 16 July 2019. Major General Shrestha presented certificates, medals, and trophy to No. 1 Brigade HQs, the winning team during the closing programme.
खानेपानी ट्याङ्की तथा विश्राम स्थल हस्तान्तरण
भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ९ स्थित पलासे पञ्चकन्या देवि मन्दिर परिसरमा वीरदल गणले ५००० लि. क्षमताको खानेपानी टयांङ्की र विश्राम स्थलको पृतनापति उपरथी श्री निरञ्जन कुमार श्रेष्ठबाट मिति २०७६ साल अषाढ २३ गते एक समारोहको बीच उद्घाटन गरी सत्तल पञ्चकन्या देवि संरक्षण समितिलाई हस्तान्तरण गर्नु भएको थियो ।
श्री बिष्णुदल गणद्वारा श्री जनकल्याण मा.वि.,काभ्रेमा QIP सम्पन्नI तथा हस्तान्तरण
मिति २०७६ असार २० गते विष्णुदल गणले काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुचाकोटस्थित जनकल्याण माध्यामिक बिद्यालय परिसरमा निर्माण गरेको खेल मैदानको पर्खाल, भलिबल कोर्ट, टेबुल टेनिस बोर्ड, अन्य खेलकुद पूर्वाधारहरु, सरस्वति मन्दिर तथा पुस्तकालयको लागि पुस्तकहरु, उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी श्री निरञ्जन कुमार श्रेष्ठले उक्त बिद्यालयका व्यबस्थापन समितिका अध्यक्ष लाई हस्तान्तरण गर्नु भएको छ । सोही अवसरमा पृतनापति श्री श्रेष्ठले बिद्यालय परिसरमा बृक्षारोपण पनि गर्नुभएको थियो ।
पृतनापति ट्रफि २०७६ समुद्घाटन समारोह
उपत्यका पृतना हे.क्वा. नारायणहिटीका पृतनापति उपरथी श्री निरन्जनकुमार श्रेष्ठले भब्य समारोहका बीच अषाढ १७ गते "पृतनापति ट्रफि २०७६" को समुद्घाटन गर्नु भएको छ । यस पृतनाको अण्डर कमाण्ड तथा अप्रेशनल अण्डर कमाण्डमा रहेका सम्पूर्ण बाहिनीपतिहरु, निर्देशक, शिक्षाधिकृत, गण तथा गुल्मपतिहरुको उपस्थिति रहेको उक्त ट्रफि अगामी भदौमा सञ्चालन हुने प्रधानसेनापति ट्रफि २०७६ को तयारी हुनुका साथै यस्तो ट्रफिहरुबाट नेपाली सेनाले आफ्नो संस्थाको लागि मात्र नभई सम्पूर्ण राष्ट्रको लागि खेलाडीहरु उत्पादन गर्न सहयोग पुर्याएको छ ।
उक्त उद्घाटन समारोहमा नं. १ र २६ बाहिनीहरुका खेलाडीहरुबाट कवाज तथा झाँकी प्रदर्शन, अति विशिष्ट ब्यक्ति सुरक्षा निर्देशनालयबाट जुडो प्रदर्शन र श्री सैनिक ब्याण्ड गुल्मबाट ब्याण्ड डिस्प्ले गरिएको थियो ।
श्री उपत्यका पृतना हे.क्वा.मा कोल्ड स्टोरेजको समुद्घाटन सम्पन्न
श्री प्रधान सेनापतिको "कमाण्ड मार्ग निर्देशन २०७५" मा उल्लेखित ''राशनको स्तर बृद्धि गर्ने'' तथा Hygiene and Sanitation को स्तर थप सुधार गर्दै जाने लक्ष्यलाई कार्यान्वयन गर्ने क्रममा उपत्यका भित्रका विभिन्न यूनिटहरुलाई ताजा राशन सप्लाई गर्न श्री उपत्यका पृतना हे.क्वा. भित्र तयार गरिएको कोल्ड स्टोरेजको मिति २०७६ असार ११ गते उक्त पृतनाका पृतनापति उपरथी श्री निरन्जन कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको छ ।
उपत्यका पृतनापतिबाट नं.१ बाहिनी अड्डा तथा अन्तर्गतका गणहरुको निरीक्षण भ्रमण
पृतनापति उपरथी श्री निरन्जन कुमार श्रेष्ठले मिति २०७६ जेष्ठ २७ गतेबाट आषाढ ०४ गतेसम्म पृतना हे.क्वा. अन्तर्गत नं.१ बाहिनी अड्डा (बालाजु) लगायत गोरख बहादुर गण (नारायणहिटी), दुर्गाबक्स गण (नारायणहिटी), दि फेमस महिन्द्रदल गण (टोखा), शम्शेरदल गण (लिपिकोट), चण्डीदल गण (सिंहदरवार) र रणभैरव गण (हनुमानढोका) को निरीक्षण भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणको क्रममा पृतनापतिबाट जिम्मेवारी क्षेत्रको बस्तुस्थिति बारे जानकारी लिनुका साथै प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन २०७५ मा उल्लेख भए अनुसारका कार्यहरुको प्रगति विवरणको साथै क्वाटर गार्ड, जवान लाईन, भान्छा, शौचालय, अफिस आदिको निरीक्षण गर्नु भएको थियो । उक्त निरिक्षणको दौरान बाहिनीपति तथा युनिटपतिहरुबाट बस्तुस्थिति प्रतिवेदन, पृतनापतिबाट सकलदर्जाहरुलाई सम्बोधन तथा अन्तरक्रिया, तथा बाहिनी अड्डा र प्रत्येक युनिटहरुबाट १५/१५ जना सकलदर्जाहरुबाट नेपाली सेनामा हाल विद्यमान नीति निर्देशन, परिपत्र, बन्दोवस्ती, शा.से. तथा अन्य विविध विषयहरुमा प्रश्ना वली तयार गरी सर्भे समेत गरिएको थियो ।
भावपूर्ण श्रद्धाञ्जली अर्पण
श्री उपत्यका पृतना हे.क्वा. मा कार्यरत नं. २६८५५० हु.क. निर्मल सुनारको यहि मिति २०७६ साल जेष्ठ १९ गतेको दिन श्री वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारको क्रममा दिवंगत हुनु भएको १३ औं दिनको पूण्य तिथीमा पृतनापति उपरथी श्री निरन्जन कुमार श्रेष्ठ लगायत अधिकृत, पदिक, बिल्लादार तथा अन्यदर्जाहरुको उपस्थितिमा मौन धारण गरी दिवंगत आत्माको चिर शान्तिको कामना गर्नु भएको थियो ।
टुकुचा खोला सफाई
पृतनापतिबाट श्री नं.२६ बाहिनी अड्डा तथा अन्तर्गतका गणहरुको निरीक्षण भ्रमण
पृतनापति उपरथी श्री निरन्जन कूमार श्रेष्ठले मिति २०७६ जेष्ठ २१ र २२ गते पृतना हे.क्वा. अन्तर्गत नं.२६ बाहिनी अड्डा (भकुण्डेबेशी) तथा अण्डर कमाण्ड र अपरेशनल अण्डर कमाण्डका गोरखबक्स गण (चौतारा), नं. २ जगदल गण (मेलम्ची) र विष्णुदल गण (धुलीखेल) को निरीक्षण भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणको क्रममा पृतनापतिबाट जिम्मेवारी क्षेत्रको बस्तुस्थिति बारे जानकारी लिनुका साथै प्रधानसेनापतिज्युको कमाण्ड मार्ग निर्देशन २०७५ मा उल्लेख भए अनुसारको कार्यहरुको प्रगति विवरणको साथै क्वाटर गार्ड, जवान लाईन, भान्छा, शौचालय, अफिस आदिको निरीक्षण गर्नु भएको थियो । उक्त निरिक्षणको दौरान बाहिनीपति तथा युनिटपतिहरुबाट बस्तुस्थिति प्रतिवेदन, पृतनापतिबाट सकलदर्जाहरुलाई सम्बोधन तथा अन्तरक्रिया, अन्तर्गतका पतिहरुलाई विभिन्न निर्देशनहरु दिनुका साथै श्री विष्णूदल गणको प्राङ्गणमा विश्व बातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण समेत गर्नु भएको थियो ।
पृतनापतिको कार्यभारको बुझबुझारथ सम्पन्न
उपत्यका पृतनाको पृतनापति उपरथी श्री शशि चन्द्र बहादूर सिंहले आप्mनो कार्य सफलतापूर्वक सम्पन्न गरी यहि जेष्ट ९ गते एक समारोहको बीच नव नियुक्त पृतनापति उपरथी श्री निरन्जन कुमार श्रेष्ठलाई पृतनाको कार्यभार बुझाउनु भएको थियो । उक्त समारोहमा यस पृतनाका डाइरेक्ट र अपरेशनल अण्डर कमाण्डका सम्पूर्ण बाहिनीपतिहरु, गणपतिहरु, शिक्षाधिकृतहरु तथा अन्य अधिकृत, पदिक, बिल्लादार र अन्य दर्जाहरुको उपस्थिति रहेको थियो ।
कोल्ड स्टोरेजको प्रारम्भिक अवलोकन सम्पन्न
उपत्यका पृतना हे.क्वा., नारायणहिटीमा निर्माणाधिन रहेको कोल्ड स्टोरेजको उपत्यका पृतना हे.क्वा. लगायत राशन एट्याच रहेको ६३ वटा यूनिटहरुले एक समारोहको बीच २०७६ बैशाख २७ गते प्रारम्भिक अवलोकन गर्नु भएको थियो । उक्त कार्यक्रममा पृतनापति लगायत उक्त ठेकेदारद्वारा राशन वितरण गरिने सम्पूर्ण यूनिटहरुको पति, अधिकृत, पदिक, विल्लादार तथा अन्य दर्जा गरी करिब २५० जनाले अवलोकन गर्नु भएको थियो ।
ORI निरीक्षण सम्पन्न
Cimic Action
२०७५ फागुन २६ गते नंा.१ वाहिनी अड्डा र शम्शेरदल गणले संयुक्तरुपमा नेपालटारस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रम, नेपाली सेना सम्वन्धी भिडियो प्रदर्शन तथा जेहेन्दार विद्यार्थी र भलिवल खेलमा विजयी तथा भलिवल प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुको साथै उक्त विद्यालयलाई खेल सामाग्री समेत वितरण गरेको थियो ।
त्यसैगरी, रणचण्डी गणले भक्तपुर जिल्ला, चागुनारायण न.पा. वडा नं.६ स्थित चुनादेवी आधारभुत विद्यालयका छात्रहरुसंग मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरी खेलमा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण र विद्यालयलाई खेलकुदका सामाग्रीहरु हस्तान्तरण गर्नुका साथै नेपाली सेना सम्बन्धि डकुमेन्ट्री पनि प्रदर्शनी गरेको थियो।
SN 2 Global Information System in Google Earth तालिम समापन
यस पृतना अन्तर्गतका बाहिनी अड्डा, गण, शिक्षालय तथा गुल्मका २३ जना अधिकृतहरुलाई Google Earth को माध्यमबाट Information Collection, Terrain Analysis, On Ground Planning गर्न सक्षम बनाउनूको साथै Information Sharing अन्तर्गतका बाहिनी तथा गणहरुको AOR को Review र ईण्ट सम्बन्धि अन्य एजेण्डाहरु माथि छलफल गर्ने उद्देश्यले पृतना हे.क्वा. को आन्तरिक श्रोत साधन प्रयोग गरी मिति २०७५।११।२२ र २३ गते SN 2 Global Information System in Google Earth तालिम संचालन गरिएको थियो ।
निरीक्षण भ्रमण सम्पन्न
निरीक्षण भ्रमण सम्पन्न
निरीक्षण भ्रमण सम्पन्न
यस पृतना हे.क्वा. का पृतनापति उपरथी शशि चन्द्र बहादुर सिंहले मिति २०७५ माघ १५ गते नं. १ बाहिनी अड्डा अन्तर्गतको दि फेमश महिन्द्रदल गण र शम्सेरदल गणको निरीक्षण भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणको क्रममा प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन २०७५, पृतनापति कमाण्ड प्रतिबद्धता २०७५, बाहिनीपति कमाण्ड प्रतिबद्धता २०७५ तथा गणपति कमाण्ड प्रतिबद्धता २०७५ मा उल्लेख भएको कार्यहरुको कार्य प्रगति विवरणका तथा गणपतिहरुको आ-आफ्नो जिम्मेवारी क्षेत्रको बस्तुस्थिति बारे जानकारी लिनुका साथै पृतनापतिबाट विभिन्न भौतिक संरचना लगायत ब्यारेक परिसरको निरिक्षण गर्नु भएको थियो । साथै, सोही अवसरमा पृतनापतिबाट सकल दर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।
पृतनापति उपरथी शशिचन्द्र बहादुर सिंहबाट निरीक्षण भ्रमण
उपत्यकापृतना हे.क्वा.का पृतनापति उपरथी शशिचन्द्र बहादुर सिंहले मिति २०७५ माघ १३ गते पृतना हे.क्वा. अन्तर्गत नं.१५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणको क्रममा पृतनापतिबाट जिम्मेवारी क्षेत्र तथा गतिविधिहरुको बस्तुस्थिति बारे जानकारी लिनुका साथै प्रधानसेनापतिज्यूको कमाण्ड मार्ग निर्देशन २०७५, पृतनापतिको कमाण्ड प्रतिबद्धता २०७५ र त्यस बाहिनी अड्डाको बाहिनीपतिको कमाण्ड प्रतिबद्धता २०७५ मा उल्लेख भए अनुसारको कार्यहरुको कार्यान्वयनको अवस्था बारे जानकारी लिनुका साथै क्वाटर गार्ड, पि.ए. स्टोर, V-Sat Hub, Laundry House, Bakery House, लेक्चर हल, जवानलाईन, अफिस र जवान भान्छा घरको निरीक्षण गर्नु भएको थियो । साथै उक्त निरिक्षणको दौरान पृतनापतिबाट सकलदर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।
विदाई कार्यक्रम सम्पन्न
सैन्य आधार तालिमको समापन
श्री उपत्यका पृतना हे.क्वा. अन्तर्गत श्री उपत्यका पृतना तालिम शिक्ष्ालय नारायणहिटीमा सञ्चालन भएको सि.सं १४ सैन्य आधार तालिमको मिति २०७५ पौष ०२ गते अन्तिम दलेल कवाज निरिक्षण गर्दै यस पृतनाका पृतनापति श्री शशी चन्द्र बहादूर सिंहज्यूले एक समारोहका बीच समापन गर्नू भएको थियो ।
उक्त तालिममा ९६ जना सहभागीहरुलाई सम्बोधन गर्दै प्रथम हूने सिपाही गूणराज गोलेलाई पृतनापतिज्युबाट खुकुरी प्रदान गर्नुको साथै विभिन्न विधाहरुमा प्रथम हूने सिपाहीहरुलाई समेत पूरस्कृत गर्नू भएको थियो ।
नेतृत्व संवाद सम्पन्न
उपत्यका पृतना हे.क्वा.मा मिति २०७५/०९/०१ गते श्रीमान् प्रधानसेनापतिको निर्देशन बमोजिम यस पृतना अन्तर्गतका बाहिनीपति, पृतना हे.क्वा. को चिफ अफ स्टाफ, सह चिफ अफ स्टाफहरु तथा अन्य स्टाफहरु र राष्ट्रिय सूरक्षा परिषदका स्टाफहरु लगायत २४ जनाको उपस्थितिमा नेतृत्व संवाद कार्यक्रम सम्पन्न भएको थियो । उक्त संवादको दौरान पृतनापति उपरथी शशि चन्द्र बहादुर सिंहबाट उपहार लिने दिने प्रचलन, आर्थिक अनियमितता (भ्रष्टाचार) र भनसुन बिषयहरुमा उदाहरण सहितको प्रस्तूतिकरण र छलफल कार्यक्रम सहित सवैलाई सचेत एवम् सतर्क गराई अन्तर्गतका सम्पूर्ण सकलदर्जाहरुलाई समेत उक्त बिषयमा जानकारी गराउने निर्देशन दिनु भएको थियो ।
नेतृत्व संवाद सम्पन्न
उपत्यका पृतना हे.क्वा.मा मिति २०७५÷०९÷०१ गते श्रीमान् प्रधानसेनापतिको निर्देशन बमोजिम यस पृतना अन्तर्गतका बाहिनीपति, पृतना हे.क्वा. को चिफ अफ स्टाफ, सह चिफ अफ स्टाफहरु तथा अन्य स्टाफहरु र राष्ट्रिय सूरक्षा परिषदका स्टाफहरु लगायत २४ जनाको उपस्थितिमा नेतृत्व संवाद कार्यक्रम सम्पन्न भएको थियो । उक्त संवादको दौरान पृतनापति उपरथी शशि चन्द्र बहादुर सिंहबाट उपहार लिने दिने प्रचलन, आर्थिक अनियमितता (भ्रष्टाचार) र भनसुन बिषयहरुमा उदाहरण सहितको प्रस्तूतिकरण र छलफल कार्यक्रम सहित सवैलाई सचेत एवम् सतर्क गराई अन्तर्गतका सम्पूर्ण सकलदर्जाहरुलाई समेत उक्त बिषयमा जानकारी गराउने निर्देशन दिनु भएको थियो ।
साईबर सुरक्षा सम्बन्धी सचेतना मुलक प्रस्तुतिकरण
श्री उपत्यका पृतना हे.क्वा.ले प्रधान सेनापतिज्युको "कमाण्ड मार्ग निर्देशन २०७५" को लक्ष्य "२" अन्तर्गत २.७.१.१ मा उल्लेखित "साईवर सुरक्षाका लागि उपयुक्त संरचना तयार गर्ने" कार्यलाई साकार पार्न "पृतनापति कमाण्ड प्रतिबद्धता २०७५" को २.७.१.१ अन्तर्गत 'क' मा उल्लेखित "पृतना तथा अन्तर्गतमा साईवर सुरक्षा सचेतना कार्यक्रम संचालन गर्ने" भन्ने Implied Task को अभिप्राय अनुरुप यहि मिति २०७५ साल मंसिर २१ गते यस पृतना हे.क्वा. अन्तर्गत नं.१, १३, १४, १५, १६, २६ बाहिनी अड्डा, शिक्षालय, गण तथा गुल्महरुका अधिकृत २४ पदिक ४० र बिल्लादार तथा अन्यदर्जा १०३ गरी जम्मा १६७ लाई सम्मिलित गराई सूचना प्रविधि महाशाखाका विज्ञ अधिकृतहरुद्वारा साईबर सुरक्षा सम्बन्धी सचेतना मुलक प्रस्तुतिकरण गराइएको थियो ।
विद्यार्थीहरुलाई सेनाप्रति आकर्षित गर्न भिजिट कार्यक्रम सम्पन्न
१. श्री उपत्यका पृतना हे.क्वा.ले प्रधान सेनापतिज्युको "कमाण्ड मार्ग निर्देशन २०७५” को लक्ष्य '६' अन्तर्गत ६.६.२.३ मा उल्लेखित “नेपाली सेनाको छबि अभिबृद्धि गर्नको लागि सचेतना कार्यक्रमहरु संचालन गर्ने” कार्यलाई साकार पार्न “पृतनापति कमाण्ड प्रतिबद्धता २०७५” को ६.६.२.३ अन्तर्गत 'ग' मा उल्लेखित “बिद्यालय तथा कलेजका बिद्यार्थीहरुलाई आकर्षित गर्न कार्यक्रम संचालन गर्ने” भन्ने Implied Task को आशाय अनूरुप यहि मिति २०७५ साल मंसिर ६ गते Kathmandu Valley School, महाराजगञ्जको कक्षा ८, ९ र १० का छात्र ३१ र छात्रा ३८ गरी जम्मा ६९ र John Dewey School का कक्षा ५, ६, ७, ८, ९ र १० का छात्र ५३ र छात्रा ४३ गरी जम्मा ८६ जना बिद्यार्थी लगायत ११ जना शिक्षक, शिक्षिकाहरुलाई सम्मिलित गराई श्री उपत्यका पृतना हे.क्वा.को भिजिट सम्पन्न गराइएको थियो ।
२. उक्त फिल्ड भिजिट कार्यक्रममा बिद्यार्थीहरुलाई नेपाली सेनाको संरचना र निर्वाह गर्ने भूमिकाहरु, पशूबाट सर्ने रोग तथा रोकथामका उपायहरु र Mind Risk Education (MREd) को प्रस्तूतिकरण तथा नेपाली सेना, MREd तथा आर्टिलरी सम्बन्धि भिडियोहरुको साथै श्री नं.१ बाहिनी अड्डाबाट तेक्वान्दो, मास पि.टि., खूकूरी ड्रिल समेत प्रदर्शन भएको थियो । सोही कार्यक्रमको दौरान श्री सैनिक ब्याण्ड गूल्मबाट ब्याण्ड डिस्प्ले, श्री शार्दूलजंग गूल्मबाट ऐतिहासिक पोशाकमा ड्रिल प्रदर्शन, उपत्यका तालिम शिक्षालयबाट अब्स्टेकल क्रसिङ्ग तथा Banyonet Training (BT) को डेमोन्सट्रेशन, नं.१३, १४, १५ र १६ बाहिनी अड्डाबाट क्रमशः आर्टिलरी गन तथा ईक्वीप्मेन्ट, Disaster Rescue सम्बन्धि Equipment तथा बम डिस्पोजल सम्बन्धि डेमोस्ट्रेशन प्रदर्शन, सिग्नल ईक्यूप्मेण्ट तथा AD गन तथा Equipment डिस्प्ले गरी अन्त्यमा नेपाल क्याभलरीको Visit संचालन गराइएको थियो ।
BDE Commander's Conference सम्पन्न
पृतनापतिद्वारा नं.२६ बाहिनी अड्डाको निरीक्षण भ्रमण
पृतनापतिद्वारा नं.१६ बाहिनी अड्डाको निरीक्षण भ्रमण
Global Information System in Google Earth तालिम समापन
निरीक्षण भ्रमण
यस पृतना हे.क्वा.का पृतनापति उपरथी श्री शशि चन्द्र बहादूर सिंहज्युले मिति २०७५ जेष्ठ ३१ गते पृतना हे.क्वा. अन्तर्गत श्री नं.१३ बाहिनी अड्डा तथा श्री राजदल गणको निरीक्षण भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणको क्रममा श्री नं.१३ बाहिनी अड्डाका बाहिनीपतिज्युबाट पृतनापतिज्यु समक्ष जिम्मेवारी क्षेत्रको बस्तूस्थिति बारे जानकारी गराउनुको साथै पृतनापतिज्युले श्री राजदल गको क्वाटर गार्ड, कोत, गनपार्क, जवानलाईन, अपरेशन रुम, जवान सेन्ट्रल मेश र अधिकृत सेन्ट्रल मेशको निरीक्षण गर्नु भएको थियो । सोही अवसरमा पृतनापतिज्युबाट सकल दर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।
निरीक्षण भ्रमण
सैनिक सहचारी सहितको चार सदस्यीय United States Army Pacific (USARPAC) को Delegation Team को Valley Div HQ मा भ्रमण
१. United States Army Pacific (USARPAC) को Deputy Commanding General for US Army Indo Pacific Command, Major General Roger J. Noble को नेतृत्वमा दुई दिने भ्रमणको क्रममा आउनु भएका सैनिक सहचारी सहितको चार सदस्यीय टोलीले यहि मिति २०७५ जेष्ठ २४ गते श्री उपत्यका पृतना हे.क्वा., नारायणहिटीमा भएको भ्रमणको दौरान पृतनापति उपरथी श्री शशि चन्द्र बहादुर सिंहसंग भेटघाट गर्नु भई सुरक्षा स्थिती र आपसी हितको बिषयमा छलफल गर्नु भएको थियो ।
२. साथै, उक्त भेटघाटको दौरान पृतना सह चिफ अफ स्टाफ (अप्स) महा सेनानी नारायण सिल्वालले पृतनाको जिम्मेवारी क्षेत्रको बस्तुस्थिती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । तत्पश्चात नारायणहिटी संग्रहालयको Museum समेतको भ्रमण गर्नु भएको थियो ।
Commander's Conference सम्पन्न
१. श्री उपत्यका पृतना हे.क्वा. मा यही मिति २०७५ जेठ १८ गते पृतना हे.क्वा. अन्तर्गतका सम्पुर्ण पतिहरुलाई सहभागी गराई Commander's Conference सम्पन्न भएको थियो ।
२. उक्त Commander's Conference को दौरान पृतनापतिज्युबाट नयां गणपतिहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रको Operational, Intelligence, बन्दोबस्ती सम्बन्धि जानकारी तथा आफ्नो Intent र Command Directive बितरण गराई अन्तर्गतका पतिहरुबीच परिचयात्मक कार्य र Information Sharing को कार्य सम्पन्न भएको थियो ।
पृतनापति ट्रफी समापन समारोह सम्पन्न
१. श्री उपत्यका पृतना हे.क्वा. मा पृतनापति ट्रफी अन्तर्गत तेक्वान्दो खेलका विभिन्न ईभेण्टहरुमा यही मिति २०७५ जेठ ११ गते भएको फाईनल खेलमा प्रथम, द्धितिय र तृतिय हुने (महिला तथा पुरुष) बिजयी खेलाडीहरुलाई पृतनापतिज्युबाट पृतनापति ट्रफी समापन समारोहकाबीच ट्रफी, मेडल तथा प्रमाण-पत्र बितरण गर्नु भएको थियो ।
२. उक्त समारोहको दौरान भएको ह्याण्डबल फाईनल खेलमा श्री वीरदल गणले श्री महेन्द्रदल गणलाई १८-१७ अंक प्राप्त गरी बिजयी हुन सफल भएको थियो । बिजयी गण तथा खेलाडीहरुलाई पृतनापतिज्युबाट ट्रफी, मेडल तथा प्रमाण-पत्र बितरण गर्नु भएको थियो ।
३. साथै "पृतनापति ट्रफी २०७५" मा श्री नं.१ बाहिनी अड्डा उत्कृष्ट बाहिनी तथा श्री चण्डिदल गण उत्कृष्ट गण हुन सफल भएको थियो ।
पृतनापति ट्रफी अन्तर्गत स्विमिङ्ग फाईनल
श्री उपत्यका पृतना हे.क्वा.द्वारा ईमाडोलस्थित कमर्शियल स्विमिङ्ग पुलमा सञ्चालन भएको पृतनापति ट्रफी अन्तर्गतको स्विमिङ्ग खेल मिति २०७५ जेष्ठ ०९ गते सफलतापुर्वक सञ्चालन गरिएको थियो । सो खेलको निरिक्षण पृतनापतिज्यू लगायत अन्तर्गतका बाहिनीपतिहरु तथा गणपतिहरुबाट संयुक्त रुपमा गर्नु भएको थियो ।
पृतनापति ट्रफी २०७५ समुद्घाटन
१. “खेल स्वास्थ्यको लागि, खेल राष्ट्रको लागि” भन्ने बाक्यलाई आत्मसाथ गर्दै श्री उपत्यका पृतना हेडक्वाटरमा मिति २०७५ वैशाख १९ गते उपत्यका पृतनाका पृतनापति उपरथी श्री शशि चन्द्र बहादुर सिंहज्यूले एक समारोह बीच “पृतनापति ट्रफी २०७५” को समुद्घाटन गर्नु भएको छ ।
२. विभिन्न कार्यक्रम सहितको उक्त समुद्घाटन समारोहमा श्री गोरख बहादुर गण र श्री भैरब गणबीच भएको फुटबल खेलमा श्री गोरख बहादुर गणले २-१ को अन्तरले बिजयी हुन सफल भएको थियो ।
माननीय रक्षा मन्त्रीद्वारा निरीक्षण भ्रमण
आज मिति २०७३ चैत्र १ गते माननीय रक्षा मन्त्री श्री बालकृष्ण खाणले नेपाली सेनाको नारायणहिटीस्थित श्री उत्पयका पृतना हे.क्वा.निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा वँहाले उक्त पृतना हे.क्वा.को बस्तुस्थितिबारे जानकारी हाँसिल गर्नु भएको थियो । साथै वहाँले नेपाली सेनाको क्षमतामा अभिवृद्धि गरी आधुनिकीकरण गर्न रक्षा मन्त्रालयले सहयोग गर्ने वताउँनु हुँदै नेपाली सेनाले शान्ति सुव्यस्थाको एवं विपद् व्यवस्थापनमा गरेको कार्यहरुको प्रशंसा समेत गर्नु भएको थियो । उक्त भ्रमणमा रक्षा सचिव श्री श्रीधर सापकोटाको समेत उपस्थिति रहेको थियो ।