Nepalese Army Judge Advocate General

श्री सेना प्राड विवाकको स्थापनाको ५७ औं वार्षिकोत्सवको अवसरमा कानूनका विविध आयामसंग सम्बन्धित विषयवस्तु समेटि मिति २०७६।०५।३० गतेबाट २०७६।०६।०२ गतेसम्म जङ्गी अड्डामा आठौं लिगल सेमिनार-२०७६ को आयोजना भएको थियो । सेमिनारको विधिवत रुपमा बलाध्यक्ष रथी श्री गौरब तण्डुलले स्वागत मन्तव्यसहित शुभारम्भ गर्नु भएको थियो । सो सेमिनारमा सेना प्राड विवाक लगायत विभिन्न पृतना र बाहिनीमा कार्यरत प्राड अधिकृत तथा प्राड पदिकहरुको सहभागिता रहेको थियो । उक्त सेमिनार अवधिमा कानून तथा न्यायसंग सम्बन्धित बिबिध बिषयहरुमा बिषय बिज्ञहरुबाट प्रस्तुतीकरण, पूर्व सेना प्राड विवाकहरुसंग अन्तरक्रिया कार्यक्रम, पृतना तथा वाहिनी प्राड अधिकृतहरुबाट स्थान विशेषमा कार्य सम्पादनको क्रममा आईपरेका समस्याका सम्बन्धमा प्रस्तुतीकरण तथा सेना प्राड विवाकबाट कार्यक्षेत्रमा आईपरेका समस्या समाधानका सम्बन्धमा समेत छलफल गरिएको थियो ।


सेमिनारको चौथो दिन मिति २०७६।०६।०२ गते श्री प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा ज्युबाट सेमिनारका सहभागीहरुलाई यस विवाकबाट सम्पन्न गरिएका कार्यहरुको प्रशंसा गर्दै कार्य क्षेत्रमा खट्टिएर उच्च मोरालको साथ कार्य गर्नको लागि उत्प्रेरित गर्दै प्रचलित कानूनी व्यवस्थाको साथै कानूनका स्थापित सिद्धान्त एवं मान्यताको आधारमा सैनिक न्याय प्रशासन संचालनको गर्नको लागि सहभागी प्राड अधिकृत तथा पदिकहरुलाई निर्देशन दिनु भएको थियो । साथै सोही दिन सेमिनारका सहभागीहरुलाई निर्देशन सहित सेना प्राड विवाक प्राड उपरथी श्री रत्न प्रकाश थापाबाट सेमिनारको औपचारिक रुपमा समापन गरिएको थियो ।

श्री सेना प्राड विवाकको स्थापनाको ५७ औं वार्षिकोत्सवको अवसरमा सेना प्राड विवाकद्धारा प्रकाशित प्राड विवाक जर्नल–२०७६ को मिति २०७।०६।०७ गते जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जवराले विमोचन गर्नु भएको थियो । विमोचन समारोहको शुरुवातमा सेना प्राड विवाक प्राड उपरथी श्री रत्न प्रकाश थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सोही अवसरमा सम्मानीय प्रधानन्यायाधीशलाई नेपाली सेनाको तर्फबाट सम्झना स्वरुप मायाको चिनो बलाधिकृत रथी श्री शरद गिरीबाट प्रदान गरिएको थियो । प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीशले नेपाली सेनाका प्रथम सेना प्राड विवाक प्राड सहायक रथी श्री दिप्त प्रकाश शाह (अ.प्रा.) लाई नेपालको सैनिक न्याय प्रणालीको विकासमा पुर्याउनु भएको अमुल्य योगदानको उच्च कदर गर्दै नेपाली सेनाको तर्फबाट सम्मान-पत्र प्रदान तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै सोही अवसरमा सैनिक विशेष अदालतका पूर्व सदस्यहरु तत्कालिन रक्षा सचिव श्रीबिष्णु प्रसाद लम्साल र पू्र्व सेना प्राड विवाक प्राड उपरथी श्री होम कुमार लावती (अ.प्रा.) लाई नेपाली सेनाको तर्फबाट सम्मान स्वरुप सम्मान पत्र प्रदान गर्नुको साथै रात्रिभोजको कार्यक्रम समेत आयोजना गरिएको थियो ।


विमोचन समारोहमा श्री सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहहरु, पुनरावेदन अदालतका मुख्य न्यायाधीश, नेपाल सरकारका सचिवहरु, नायव महान्यायाधिवक्ताहरु, श्री पुनरावेदन अदालतका माननीय न्यायाधीशहरु, वरिष्ठ रथीवृन्द, अन्य सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अदालतका माननीय न्यायाधीशहरु, विभिन्न मन्त्रालयका कानून अधिकृतहरु, सरकारी वकिलहरु, कानूनविदहरु लगायत नेपाली सेनाका अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । वार्षिक रुपमा नियमित प्रकाशन हुदैं आएको प्राड विवाक जर्नलमा सैनिक कानून र न्यायका विविध विषयहरु समेटेर प्राड रथीवृन्द तथा अधिकृतहरु र न्याय क्षेत्रमा कायर्रत विशिष्ट व्यक्तिहरुबाट सिर्जना गरिएका लेख⁄रचनाहरु तथा सैनिक अदालतबाट भएका फैसलाहरु समेत समाविष्ट रहेको छ ।

सेना प्राड विवाक
JAG-Major-General
Constitution, Army Act & Army Rules
Army Related Supreme Court’s Decisions
Important Links