राहत सामग्री वितरण

सैनिक श्रीमती संघ द्वारा मिति२०७४ भाद्र १९ गते श्रीनं. ४ बाहिनी अड्डाको सहयोगमा बांके जिल्लाको राप्ती सोनारी गाउंपालिका वडा नं.२ आमरुवा गाउंका बाढीपीडित स्थानिय १५० घरधुरीलाई संघबाट राहतस्वरुप ठाइएको खाद्यान्न हरियो मण्डी जिवनजल तथा Water Purification Tablet श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री अनन्त कार्की सैनिक श्रीमती संघकी सदस्य श्रीमती सविता कार्की श्री भैरब प्रसाद गण तथा श्रीमेहर गणका निमित्त गणपतिहरु लगायत स्थानीय जनप्रतिनिधी तथा सञ्चारकर्मीहरुको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो ।