शीतलहरबाट प्रभावित अति बिपन्न एवम् दलित समुदायलाई कम्बल वितरण

मिति २०७४।०९।२७ गते सैनिक श्रीमती संघले श्री मध्य पूर्वी पृतना हे.क्वा., धारापानी, धनुषाको सहयोगमा सप्तरी जिल्लाको महादेवा गाउंपालिकाका बिभिन्न वडाहरुका शीतलहरबाट प्रभावित अति बिपन्न एवम् दलित समुदायका ८७ घरपरिवारहरुलाई श्री मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उ.र. ईश्वर हमाल, नं. २७ बाहिनीका बाहिनीपति स.र. अशोकराज सिग्देल, सैनिक श्रीमती संघका सल्लाहकार श्रीमती रोशनी हमाल र शिल्पकला उपसमितिका संयोजक श्रीमती नीता सिग्देलको उपस्थितिमा १५० थान कम्बल वितरण गरिएको थियो ।