सैनिक श्रीमती संघद्वारा उपत्यका पृतनाको जिम्मेवारी क्षेत्रको हात्तिवन ईलाकामा अवस्थित बाल आश्रमलाई सहयोग प्रदान

सैनिक श्रीमती संघ तथा उपत्यका पृतना नारायणहिटी अन्तर्गत विभिन्न बाहिनी र यूनिटहरुका अधिकृतहरुको परिवारको सहायोगमा माघ १७ गते ललितपुरको हात्तिबनस्थित नवकिरण साई बाल आश्रमलाई एक समारोहको बीच सैनिक श्रीमती संघका सल्लाहकार श्रीमती शशी सिंहज्यूले आश्रमकी संस्थापिका आमा सावित्री पोखरेललाई पांच हजार लिटरको पानी ट्यांकी सहयोग स्वरूप हस्तान्तरण गर्नू भएको थियो । संघका अन्य सदस्यहरु श्रीमती हेम कुमारी राणा, श्रीमती समा राणा, श्रीमती उषा सुनुवार, श्रीमती सृजना रायमाझी, श्रीमती सगूणा थापा, श्रीमती अर्चना खड्का, श्रीमती बबी बिष्ट, श्रीमती चांदनी गूरुङ्ग, श्रीमती सृजना थापा र श्रीमती अञ्जू खत्री उपस्थिति हूनू भएको उक्त कार्यक्रमा अनाथ बालबालिकाद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तूत तथा संस्थाका पदाधिकारीहरुद्वारा विगत लामो समयदेखि पानी ट्याङ्कीको अभावमा खाने पानीको समस्या भोगिरहेको उक्त आश्रममा पानी ट्याङ्कीको प्राप्ती पछि उक्त समस्या टरेको जानकारी गराउंदै सैनिक श्रीमती संघ र नेपाली सेनालाई धन्यवाद ज्ञापन गर्नू भएको थियो ।