स्वरोजगार तालिममा सहभागीहरुसँग भेटघाट

Self-Employed Training Self-Employed Training

नेपाली सेनाका वीरगति प्राप्त सैनिकका परिवार, कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सैनिकका परिवार, घाईते तथा बहालवाला सैनिकका परिवारहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर गराउने उद्देश्य अनुरुप श्री कल्याणकारी योजना निर्देशनालयको आर्थिक सहयोगमा मिति २०७६/०१/२५ गतेदेखि ऐ.३१ गतेसम्म मित्रराष्ट्र भारतको नयांदिल्लीमा सञ्चालन भएको अचार, पापड, जाम बनाउने तथा फ्रुट प्रोसेसिङ्ग सम्बन्धी तालिम लिई फिर्ता भएका सैनिक परिवारहरु १० (दश) जना, संघकी सदस्य एवम् प्रोजेक्ट कोअर्डिनेटर श्रीमती सरस्वती थापा र सम्पर्क अधिकृत सह सेनानी श्री सविना ढुङ्गानासंग मिति २०७६/०२/०७ गते अध्यक्ष श्रीमती दिपा थापाबाट संघको कार्यालय भद्रकालीमा भेटघाट तथा छलफल गर्नु भएको थियो । सो अवसरमा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Self-Employed Training Self-Employed Training