शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत वितरण

राहत सामग्री राहत सामग्री

मिति २०७७/०८/१८ गते सैनिक श्रीमती संघद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.६ स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा सप्तरी जिल्लामा बसोबास गर्ने शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू १२ जनालाई श्री भीमदल गणको सहयोगमा राहत सामग्री (ब्हिल चियर गोटा १२, हरियो मन्डी गोटा १२, बिस्कुट र जुस प्याक १२ ) संघकी सदस्य श्रीमती सुप्रिया थापाद्वारा वितरण गरिएको । उक्त कार्यक्रममा भीमदल गणका अधिकृत, सकलदर्जा, जिल्ला स्थित सामाजिक अभियान्ता, पत्रकार तथा स्थानिय सर्वसाधारणको उपस्थिति रहेको थियो ।