सिलाइकटाइ लेभल १ तालिमको समापन

३ महिने सिलाइकटाइ लेभल १ तालिम ३ महिने सिलाइकटाइ लेभल १ तालिम ३ महिने सिलाइकटाइ लेभल १ तालिम ३ महिने सिलाइकटाइ लेभल १ तालिम

मिति २०७७/१०/१४ गते श्री कल्याणकारी योजना निर्देशनालयको आर्थिक लागतमा सैनिक श्रीमती संघ तथा व्यावसायिक तालिम केन्द्र, छाउनीद्वारा धादिङ्ग जिल्लामा बसोवास गर्ने बहालवाला एवम् अवकाश प्राप्त सैनिकका परिवारहरू १८ जना शिक्षार्थी सहभागी गराई श्री देविदत्त गणको सुरक्षा गुल्म धादिङ्गबेशीमा सञ्चालन गरिएको ३ महिने सिलाइकटाइ लेभल १ तालिमको संघकी सदस्य श्रीमती अर्चना सिह श्रेष्ठले समापन गर्नु भएको । उक्त कार्यक्रममा श्री नं.६ बाहिनी अड्डाका बाहिनीपति, श्री मध्य पृतना तालिम शिक्षालयका शिक्षाधिकृत, श्री देविदत्त गणका गणपति, श्री जबर जंग गणका गणपति, लगायत अधिकृतहरू, भू.पू.सैनिक संघ धादिङ्गका पदाधिकारीहरू तथा संघका अन्य सदस्यहरू समेत उपस्थिति रहेको थियो ।​