![]() |
प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा |
![]() |
महारथी प्रभुराम शर्माको जन्म सितापाइला, काठमाण्डौमा भएको थियो । उहाँले नेपाली सैनिक प्रतिष्ठान, खरीपाटीबाट अधिकृत आधार तालिम पूरा गरी सहायक सेनानीको दर्ज्यानी चिन्ह प्राप्त गरेपश्चात सन् १९८४ मा श्री पुरानो गोरख गणमा नियुक्ति पाउनु भएको थियो ।
महारथी शर्माले ३९ बर्षे लामो सैनिक सेवाको दौरान स्वदेश र विदेशस्थित प्रतिष्ठित सैनिक तालिम केन्द्रहरुबाट विभिन्न तालिम तथा सेमिनारहरु सफलतापूर्वक पूरा गर्नुभएको छ । उहाँले सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीबाट कमाण्ड तथा स्टाफ तालिम र मित्रराष्ट्र भारतको National Defense College बाट National Defense Course (NDC) पूरा गर्नु भएको छ ।
महारथी शर्माले स्वदेश र विदेशमा विभिन्न शिक्षक, कमाण्ड तथा स्टाफ नियुक्तिहरुमा कार्यरत रहि कुशलतापूर्वक आफ्ना जिम्मेवारीहरु पूरा गर्नुभएको छ । उहाँले भैरव गुल्म (अनाश्रित), पुरानो गोरख गण, नं. ३ र ६ पदिक बाहिनी तथा मध्य पृतनाको सफलतापूर्वक कमाण्ड सम्पन्न गर्नुभएको छ । त्यसैगरी उहाँले सैनिक सचिव, भर्ना छनौट निर्देशक, नीति तथा योजना निर्देशक, सह-बलाध्यक्षको, युद्धकार्य महानिर्देशक, संभाररथी र बलाध्यक्षको जिम्मेवारीहरु समेत प्रभावकारीरुपमा सम्पन्न गर्नु भएको छ । प्रधान सेनापतिमा नियुक्ति हुनु पूर्व उहाँ बलाधिकृतको रुपमा कार्यरत हुनु हुन्थ्यो ।
उहाँले सन् २००१ मा पूर्वी टिमोर स्थित संयुक्त राष्ट्र संघको UNTAET शान्ति मिशनमा नारायण दल गुल्म र सन् २००४ मा कङ्गोस्थित संयुक्त राष्ट्र संघको MONUSCO शान्ति मिशनमा पुरानो गोरख गणको सफलतापूर्वक कमाण्ड सम्पन्न गर्नुभएको छ । त्यसैगरी उहाँले सन् २००८ देखि २०११ सम्म बंगलादेशको राजधानी ढाकास्थित नेपाली राजदुताबासमा सैनिक सहचारीको जिम्मेवारी समेत सफलतापूर्वक बहन गर्नुभएको छ ।
महारथी शर्माले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम.ए. र सन् २०१४ मा भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एम.फिल. गर्नुभएको छ । उत्कृष्ट र प्रेरणादायी राष्ट्र सेवाका खातिर नेपाल सरकारले उहाँलाई प्रसिद्ध प्रबल जनसेवा श्री, सुप्रबल जनसेवा श्री लगायत अन्य मानपदवी तथा पदकहरुबाट विभुषित गरेको छ ।
स्व. प्राध्यापक गणेश बल्लभ पौडेल र स्व. सुभद्रा शर्मा पौडेलका दोश्रो सुपुत्र महारथी प्रभुराम शर्माका अर्धाङ्गिनी सुनिता शर्मा हुनुहुन्छ भने उहाँहरुका दुई सुपुत्रीहरु, मौनिक्क्षा र श्रेया हुनुहुन्छ । अध्यनशिल स्वभावका महारथी शर्मा फुर्सदको समयमा गल्फ खेल्न तथा भ्रमण गर्न रुचाउनु हुन्छ ।
GENERAL PRABHU RAM SHARMA
CHIEF OF THE ARMY STAFF
General Prabhu Ram Sharma, ndc, psc, MA, MPhil, an alumnus of the Nepali Military Academy, was commissioned into the Nepali Army in March 1984. He assumed the command of the Nepali Army as the Chief of the Army Staff on 9th September 2021.
General Sharma’s selfless service, sincere devotion, and commitment to excellence are in keeping with the finest traditions of military service and reflect distinct credit upon himself and the Nepali Army.
Over 39 years of his illustrious career, his roles have been diverse and dignified. He has distinguished himself by an exceptional meritorious service both during peace and conflict, at home and abroad. The General has wide-ranging experience of various high profile command, staff, and instructional appointments. He has commanded an independent infantry company, infantry battalion, infantry brigades, and an infantry division under most challenging circumstances.
His significant responsibilities at Army Headquarters include the Chief of General Staff (CGS), the Chief of Staff (COS), Directorate General of Military Operations (DGMO), Master General of Ordnance (MGO), Military Secretary (MS), Director of Policy and Planning, and Director of Recruitment and Selection.
The General Officer’s prestigious overseas appointments include; Independent Infantry Company Commander in East Timor (UNTAET-3) in 2001 and the Infantry Battalion Commander in the Democratic Republic of the Congo (then MONUC) in 2004. Besides, he has also held a diplomatic appointment as Nepal’s Military Attaché to Bangladesh from 2008 to 2011.
A graduate of Army Command and Staff College, Nepal and National Defence College, India, General Sharma, throughout his exemplary career, has demonstrated dynamic leadership, outstanding professionalism and has been an advocate of subsisting modernization process of the Nepali Army.
In recognition of his dignified service, he has been awarded the prestigious “PRASIDDHA PRABAL JANASEWA SHREE” (प्रसिद्ध प्रवल जनसेवाश्री), “SUPRABAL JANASEWA SHREE” (सुप्रवल जनसेवाश्री) and other decorations and medals.
General Sharma is married to Mrs. Sunita Sharma, and the couple is blessed with two daughters, Maunikshya and Shreya. An avid reader and a keen sportsman, he loves to play golf and likes to travel in his leisure time.