Directorate of Ombudsman

शिकायत जांच निर्देशनालय
पृष्ठभूमी

१.     नेपाली सेनामा हुन सक्ने व्यक्तिगत तथा प्रकृयागत कमिकमजोरीहरु सेनाभित्रबाट नै समाधान गर्ने उद्देश्य अनुरुप केन्द्रिय स्तरमा आन्तरिक र एक स्वतन्त्र निकायको रुपमा शिकायत जांच निर्देशनालय (Directorate of Ombudsman in Nepali Army) को स्थापना भएको हो । प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन २०७५ को लक्ष्य नं. ५ (५.४.१.५) बमोजिम सकल दर्जाहरुको गुनासो सम्वोधन गर्न आवश्यक संयन्त्रको व्यवस्था गर्ने निर्देशन बमोजिम नेपाली सेनाको जंगी अड्डा लगायत फर्मेशन तथा युनिट/सबयुनिट रहेका स्थानमा शिकायत/सुझाव पेटिका वितरण गरी शिकायत सुझाव संकलन तथा छानविन र त्यसको कार्यान्वयनमा यस निर्देशनालयले समन्वयकारी भुमिका निर्वाह गर्दै आईरहेको

२.     मिति २०७२ बैशाख २२ गते स्थापना भई सहायक बलाध्यक्षको कार्यालय मातहत रही कार्य गर्दै आईरहेकोमा मिति २०७४/०१/२९ गतेबाट श्री कार्यरथीको कार्यालय मातहतमा रही नेपाली सेनाको छविलाई उच्च, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउन कार्य संचालन गर्दै आईरहेको छ । शिकायत जांच निर्देशिका २०७६ बमोजिम हरियो रंग र रातो रंगको शिकायत/सुझाव पेटिका रहने व्यवस्था भएको छ । हरियो रंगको शिकायत/सुझाव पेटिकामा राखिएका शिकायत/सुझाव सिधै शिकायत जांच निर्देशनालयबाट सम्वोधनको प्रकृयामा लैजाने र रातो रंगको शिकायत/सुझाव पेटिकामा राखिएका शिकायत/सुझाव सम्वन्धित युनिटको तालुक अड्डाबाट सम्वोधन गर्ने व्यवस्था गरिएको % . युनिट तथा फर्मेशनको तालुक अड्डातहबाट सम्वोधन हुने प्रकृतिका शिकायत/सुझावहरु रातो रंगको पेटिकामा र जंगी अड्डाबाटनै सम्वोधन गर्नु पर्ने प्रकृतिका एवं रातो पेटिकामा राख्दा समेत समाधान नभएका शिकायत/सुझावहरु मात्र हरियो पेटिकामा राख्नु हुन नेपाली सेनामा कार्यरत सकलदर्जामा जानकारी गराउदछौ ।


शिकायतकर्ताको बर्गीकरण र माध्यम
३.     बहालवाला एवं अवकास प्राप्त सैनिक व्यक्तिले सेवा सुविधा र आफ्नो कार्यालयको कार्यशैलीको वारेमा गैरसैनिक व्यक्तिद्वारा सेनामा कार्यरत सैनिक/गैरसैनिक व्यक्ति तथा कार्यालयहरुको विषयमा शिकायत/सुझाव दिनसक्ने व्यवस्था छ । आफ्नो शिकायत/सुझाव सहज रुपबाट पेश गर्न देहाय बमोजिमका माध्यमहरु उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

(क)    जंगी अड्डा, फर्मेशन तथा युनिटहरुमा राखिएको शिकायत पेटिका
(ख)    निर्देशनालयमा स्वयम् उपस्थित भई लिखित वा मौखिक  
(ग)    फोन सम्पर्क : ४२१८५७०, ४२१८२०२
(घ)    फ्याक्स :  ४२१८५७०
(ङ)    टोल फ्रि नं. : १६६००१७७९९९
(च)    आर्मी फोर फिगर : १२८०, १२९८ र १५१२
(छ)    मोवाईल नं. : ९८६३०२६८७९ (कार्यालय)
()    ईमेल :dte-ombudsman@nepalarmy.mil.np


शिकायत/सुझावको कार्यान्वयन
.     शिकायत जांच कार्य अपराधिक प्रकृतिको छानविन नभई विशुद्ध प्रशासनिक जांच गर्ने सेना भित्रको एक स्वतन्त्र र आन्तरिक संयन्त्र हो । सेना सम्बन्धी शिकायत/सुझावको अनुसन्धान गर्ने क्रममा आवश्यकता अनुसार नेपाली सेनाको अन्य विभागहरु लगायत नेपाल सरकारका अन्य निजामति निकायहरुसंग समेत समन्वय गर्न सक्दछ । शिकायतकर्ताको विवरण आवश्यकता अनुसार गोपनियताको हक यस निर्देशनालयमा सुरक्षित रहने हुंदा आफुले भोगेका तथा देखेका नेपालीसेना भित्रका संस्थागत तथा व्यक्तिगत प्रमाण सहितका शिकायत/सुझाव जो कोहिले निर्धक्क पेश गर्न सक्दछ । झुट्टा तथा कपोकल्पित आक्षेपहरु, अफवाह फैलाउने विषयवस्तु तथा व्यक्तिगत मानहानी गर्ने मनसायका शिकायत झुट्टा प्रमाणित भएमा यस निर्देशनालयले शिकायतकर्तालाई सैनिक ऐन अनुसार कारवाहीको लागि सिफारिस समेत गर्न सक्ने व्यवस्था रहेको छ 



DIRECTORATE OF OMBUDSMAN

The Directorate of Ombudsman has been established in the Nepali Army (NA) in 2072 to facilitate investigating and addressing complaints of the serving and retired military personnel along with the civil persons who are affected by military person activities, behaviour and actions in the most effective, transparent and un-biased way.

The typical duties of an ombudsman are to investigate complaints and attempt to resolve them, usually through recommendations (binding or not) or mediation. Ombudsmen sometimes also aim to identify systematic issues leading to poor service or breaches of people's rights.

If you have any query, complaints and suggestions about Nepali Army, NA Offices or any military personnel, you are requested to submit your complaints to the Directorate of Ombudsman at Bhadrakali, Kathmandu or in the given contact addresses below.

As the Nepali Army and the Directorate of Ombudsman are very serious about the security of the complainant, the identity of the complainant will be kept secret and all the concerned are requested to file complaints without any due fear and restriction.
 

Contact Address:

Directorate of Ombudsman

Bhadrakali, Kathmandu.

Officer: 01-4218570

Clerk: 01-4218202

Fax: 01-4218202

Army No: 1280

Troolfree No. 16600177999

Email: dte-ombudsman@nepalarmy.mil.np