WELFARE IN NEPALESE ARMY

सैनिक कल्याणकारी कोष सम्बन्धि जानकारी

पृष्ठभूमी

१. नेपाली सेना शान्ति स्थापनार्थ कार्यको लागि UN मा सहभागी भए बापत प्राप्त करिब रु. १ करोड २४ लाख १ हजारबाट वि.सं. २०३२ सालमा “सैनिक कल्याणकारी कोष” को स्थापना भएको हो । “बहुजन हिताय, बहुजन सूखाय” आदर्श वाक्य रहेको कोषबाट स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा विमा जस्ता कल्याणकारी कार्यहरु संचालन हुंदै आईरहेका छन् ।

२. “सैनिक ऐन २०६३” तथा “सैनिक कल्याणकारी कोष नियमावली २०६५” अन्तरगत कोष संचालित छ । कल्याणकारी कोषको कार्य सञ्चालन सैनिक ऐन २०६३ को दफा २९ (३) मा व्यवस्था भए बमोजिम प्रधान सेनापतिज्युको अध्यक्षतामा ७ सदस्यीय “कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति” रहने व्यवस्था रहेको छ । उक्त ऐनमा व्यवस्था भए अनूसार कोषको संरक्षकमा सम्माननीय प्रधानमन्त्रीज्यु र सह संरक्षकमा माननीय रक्षामन्त्रीज्यु रहने व्यवस्था छ ।

 

कोषको आर्थिक अवस्था

३. वि.सं. २०३२ सालमा रु. १ करोड २४ लाख १ हजारबाट स्थापना भएको कोषको मौज्दात रकम २०७२ आषाढ मसान्तसम्म रु. ३०  अर्व ३४ करोड ६६ लाख २० हजार रहेको थियो भने २०७३ आषाढ मसान्तमा लेखापरिक्षण हुनु अघि करिब रु. ३२ अर्व ५९ करोड ८७ लाख ६७ हजार रहेको छ । साथै,  बैंक मौज्दात र लगानी समेत २०७३ आषाढ मसान्त सम्ममा कोषको लेखापरीक्षण अगाडिको यथार्थ मौज्दात रु. ३६ अर्व ५३ करोड ९७ लाख ५५ हजार रहेको छ ।

 

बैंक तथा वित्तिय संस्थाहरुसंगको निक्षेप असूली

४. नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका वा अदालतको आदेशबाट विघटनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट कोषको निक्षेप सूरक्षित रुपमा असुल गर्न यस्ता बैंक तथा वित्तिय संस्थाहरुको अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको छ । यस्ता बैंक तथा वित्तिय संस्थाहरुमा रु. ८२ करोडसम्म निक्षेप रहेकोमा क्रमशः असुलउपर गरी हाल कुल मौज्दातको करिब ०.९ प्रतिशत अर्थात यस्तो निक्षेपको सांवा रकम रु. २७ करोड ४९ लाख रहेको छ ।