1st COAS National Lawn Tennis Tournament-2078

साधारण

१. राष्ट्रको टेनिस खेलको विकासको लागि नेपाली सेनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुराउंदै आईरहेकोमा अझै यसलाई तहगत रुपबाटै प्रभावकारी योजना सहित खेलाडीहरुको स्किल, कौशलता र क्षमता अविवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने गुरु-योजना सहित "1st COAS National Lawn Tennis Tournament-2078" मिति २०७८ मंसिर २७ गतेदेखि मिति २०७८ पौष ०५ गतेसम्म नेपाली सेनाको आयोजना तथा नेपाल लन टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुन गईरहेको ।

टेनिस प्रतियोगिता संचालन बिधि

२. यस प्रतियोगिताको संचालन विधि निम्नानुसार रहेको छ ।

(क) प्रतियोगिता संचालन आर्मी अफिसर्स क्लवको कोर्ट-२ (दुई), नेपाल लन टेनिस संघको दशरथ रंगशाला स्थित कोर्ट-२ (दुई) मा संचालन गरिने छ।

(ख) प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरु कुनै पनि क्लवबाट सहभागी हुनु पर्नेछ ।

(ग) प्रतियोगितामा सहभागी हुनेखेलाडीहरु क्लवसंग उत्तरदायी हुनु पर्नेछ ।

(घ) खेलाडीहरुले बढीमा २ वटा ईभेन्ट्सहरुमा मात्र सहभागी हुन पाउने।

(ङ) कुनै पनि ईभेन्टमा कम्तिमा ८ (आठ) टिम सहभागी हुनु पर्ने छ । यदि सो भन्दा कम भएमा पुरस्कार राशी घटाई खेल संचालन गर्ने वा स्थगित गर्ने आयोजकको निर्णय अनुसार गरिनेछ ।

(च) प्रतियोगिताको लागि Dunlop Fort बल प्रयोग गरिनेछ ।

(छ) उक्त प्रतियोगितामा विजयी हुने क्लवले रनिङ्ग ट्रफी प्राप्त गर्ने छ । रनिङ्ग ट्रफी आयोजकलाई नै बुझाउनु पर्नेछ र त्यसको बदलामा ट्रफी जित्ने टिमलाई उक्त ट्रफी जितेको प्रमाणित प्रमाण पत्र प्रदान गरिने छ । यदि एउटै क्लवले ३ पटक विजयी भएमा उक्त रनिङ्ग ट्रफीको रिप्लिका प्रदान गरिने छ ।

(ज) दर्ता शुल्क Single को रु. १५००l- र Double को रु.२०००।–हुने छ ।

(झ) सहभागी हुने खेलाडी, अफिसिलय तथा दर्शकहरुले कोभिड-१९ को खोप लगाएको हुनु पर्ने तथा कोभिड-१९ को प्रोटोकललाई पूर्ण रुपमा पालना गर्नु पर्ने छ । कुनै पनि खेलाडी, कोच तथा अफिसियललाई कोभिड-१९ को लक्षणहरु देखा परेमा खेलमा संलग्न गराईने छैन । खेल खेल्ने खेलाडी बाहेक अन्य सबैले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नेछ ।

(ञ) टाई सिट र खेलको मिति तथा समय खेलाडी, कोच वा म्यानेजरलाई उपलब्ध गराईनेछ र उक्त खेल तालिकामा उल्लेखित मिति र समय परिवर्तन हुने छैन ।

(ट) पानीको कारण वा अन्य कुनै कारणवश खेलको मिति तथा समय परिवर्तन हुने भएमा जानकारी गराईनेछ ।

(ठ) खेलाडीहरुले खेल शुरु हुन भन्दा १५ मिनेट अगावै अफिसियल डेक्समा रिपोर्ट गरि सक्नु पर्नेछ । यदि खेल शुरु हुने समय भन्दा १५ मिनेटसम्म खेलाडी उपस्थित नभएमा Walkover हुनेछ ।

(ड) आयोजक समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

(ढ) एक भन्दा बढी विधामा सहभागी हुने खेलाडीहरुले एकै दिनमा २ वटासम्म खेल खेल्नु पर्ने हुन सक्छ यदी एकै दिनमा २ वटा खेल खेल्नु पर्ने भएमा ३० मिनेट रेष्ट गर्ने समय प्रदान गरिनेछ ।

(ण) आयोजक समितिले कुनै पनि खेलाडीको जन्म मिति खुल्ने प्रमाण पत्र माग गरेको खण्डमा उक्त खेलाडीले प्रमाण पत्र पेश गर्नु पर्नेछ ।

(त) यो प्रतियोगिता International Tennis Federation (ITF) र National Tennis Association (NTA) को नियमानुसार खेलाईनेछ ।

(थ) दर्ता मिति र समय- मिति २०७८ मंसिर ७ गतेको १००० बजेदेखी मंसिर २२ गतेको १७०० बजेसम्म दशरथ रंगशाला (सम्पर्क व्यक्ति मनोज महर्जन मो.नं.9818863961), सातदोवाटो टेनिस कम्प्लेक्स (सम्पर्क व्यक्ति प्रविन देवकोटा मो.नं.9851182294) र जंगी अड्डा स्थित रहेको नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कार्यालयमा (सम्पर्क व्यक्ति अम. रामजंग राउत मो.नं.98४४०६१२४८) दर्ता गर्न सकिनेछ ।

(द) टाईसिट ड्र– मिति २०७८ मंसिर २४ गतेको १००० बजे त्रिभुवन आर्मी अफिसर्स क्लवको टेनिस कोर्टमा गरिनेछ ।टाईसिट ड्र को लागि क्लवको प्रतिनिधि वा प्रशिक्षक वा खेलाडी अनिवार्य उपस्थित हुनु पर्ने छ ।

नोटः

  • सबै खेलाडी, कोच तथा अफिसियलहरुले खेलको नियमहरु राम्ररी पढेको हुनु पर्ने छ ।
  • दर्ता गरिसके पश्चात दर्ता शुल्क फिर्ता हुने छैन ।
  • कुनै पनि सामान बिग्रे वा हराएमा आयोजक जवाफदेही हुने छैन ।
  • खेलको दौरान कुनै पनि खेलाडी घाईते भएमा आयोजक समितिले प्राथमिक उपचार मात्र प्रदान गर्नेछ ।

३. उक्त प्रतियोगितामा समावेश हुने विभिन्न इभेन्टहरु

खुल्ला तर्फ

(क) Men's Single Open

(ख) Women's SingleOpen

(ग) Men’s Double Open

(घ) Women’s Double Open

VETERANS तर्फ

(क) 35 Plus Single

(ख) 35 Plus Double

(ग) 45 Plus Single

(घ) 45 Plus Double

(ङ) 55 Plus single

(च) 55 Plus Double

(छ) 65 Plus Single

Inter-Governmental तर्फ

(क) Men’s Double Open

४. बिभिन्न ईभेन्टको पुरस्कार रकम र अन्य बिबिध खर्चको विवरण निम्नानुसार रहेको।

(क) नगद पुरस्कार तर्फ

S.N. EVENTS CASH PRIZE Re.
WINNER RUNNER UP 2ND RUNNER UP
Open
1 Men's singleOpen 50,000 25,000 15,000/15,000
2 Women's singleOpen 50,000 25,000 15,000/15,000
3 Men?s Double Open 40,000 20,000 10,000/10,000
4 Women?s Double Open 40,000 20,000 10,000/10,000
Veterans
5 35 plus single 30,000 15,000 8,000/8,000
6 35 plus double 25,000 13,000 7,000/7,000
7 45 plus single 25,000 13,000 7,000/7,000
8 45 plus double 20,000 10,000 5,000/5,000
9 55 plus single 20,000 10,000 5,000/5,000
10 55 plus double 15,000 8,000 4,000/4,000
11 65 plus single 15,000 8,000 4,000/4,000
Inter-Governmental
12 Men?s Double Open 25,000 13,000 7,000/7,000

संक्षेप

५. नेपाली सेनाले हरेक वर्ष अन्तर आर्मी सदस्यीय टेनिस प्रतियोगिता संचालन गर्दै आईरहेकोमा यस प्रतियोगिताले सम्पूर्ण वहालवाला तथा भुतपुर्व सैनिकहरुको साथै सिभिलियन खेलाडीहरुको समेत सहभागिताले खेलकुद क्षेत्रको विकासमा थप टेवा पुग्नुको साथै नेपाली सेनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको टेनिस प्रतियोगिता संचालन गर्दा थप खेलाडी, अभिभावक तथा जनतामा सकारात्मक सन्देश जानुको साथै लन टेनिसको स्तर वृद्धी हुने र सैनिक-नागरिकको सम्बन्ध थप प्रगाढ हुने देखिन्छ।