क्षेत्रीय तहको United Nations Peacekeeping Operations Contingent Commander Course सम्पन्न

१. संयुक्त राज्य अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयोजकत्वमा Global Peace Operations Initiative (GPOI) द्वारा संचालित क्षेत्रीय तहको United Nations Peacekeeping Operations Contingent Commander Course (PKOCC) आज मिति २०६७ पौष ०१ गते सम्पन्न भएको छ । २. काठमाण्डौंस्थित याक एण्ड यती होटलमा मिति २०६७ मंसिर १९ गतेबाट संचालित यस तालिमको बलाधिकृत रथी श्री पवन जंग थापाले एक समारोहकाबीच समापन गर्नुभयो । समापनको क्रममा सबै शिक्षार्थीहरुलाई तालिम सफलतापुर्वक सम्पन्न गरेकोमा बधाई दिदैं रथी श्री थापाले तालिम पश्चात वहाँहरुमा अझै ठुलो जिम्मेवारी बढेको र यहाँ प्राप्त गरेको ज्ञानलाई विश्वमा शान्ति स्थापना गर्न प्रयोगमा ल्याउनेमा आफु विश्वस्त रहेको बताउनु भयो । सो अवसरमा वहाँले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा सम्झना स्वरुप उपहार प्रदान गर्नु भएको थियो । ३. GPOI का ६ जना बिषयगत बिज्ञहरु (Subject Matters Expert) द्वारा प्रशिक्षण दिईएको यस तालिममा बंगलादेश, कम्बोडिया, इण्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स र थाईल्याण्डका १३ जना बिदेशी र नेपाली सेनाका १७ जना गरी जम्मा ३० जना महा सेनानी, प्रमुख सेनानी र सेनानी दर्जाका अधिकृतहरुको सहभागीता रहेको थियो ।