प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पश्चिम पृतना हे.क्वा. र अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१.    आज मिति २०७२ आश्विन २० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा बिजयपुरस्थित पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ । 

२.    निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त पृतना हे.क्वा.को बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही क्रममा सकलदर्जालाइ सम्बोधन गर्नु हुँदै परिस्थिती सुहाउँदो तालिम एवं जुनियर लिडरहरुको बृत्ति बिकासमा जोड दिई नेपाली सेना सदा झै बलियो चट्टान जस्तै एकढिक्का भइ सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई उच्च मनोबलका साथ निस्वार्थ, अनुशासित, संयम एवम् पेशेवर ढंगले नेपाली सेनाको छविलाइ अझ उच्च राख्न सकलदर्जालाइ निर्देशन दिनुभएको छ । त्यसैगरी वहाँले सैनिक कल्याणकारी कोषबाट बहालवाला तथा भूतपूर्व सैनिकहरुलाई प्रदान गर्दै आईरहेको सेवा सुविधा थप गरिएको बारे अवगत गराउनु भएको छ । साथै वहाँले निरीक्षण भ्रमणको क्रममा सुरक्षा निकायका प्रमुखहरु तथा भूतपूर्व सैनिकहरुसँग समेत अन्तरक्रिया गर्नु भएको छ । 

३.    प्रधानसेनापति श्री क्षत्री आज पश्चिम पृतना हे.क्वा.मा मुकाम हुनु भई भोली मिति २०७२ आश्विन २१ गते बुटवलस्थित नं.२२ बाहिनी अड्डा, सैनामैनास्थित नं.२ सैन्य तालिम गण र कपिलवस्तु, गोरुसिङ्गेस्थित गणको निरीक्षण गर्नु हुने कार्यक्रम रहेको र मिति २०७२ आश्विन २२ गते पोखरास्थित नं.३ बाहिनी अड्डा र बाग्लुङ्गस्थित नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।