त्रिभुवन आर्मी क्लब फुटबल टिम र सामसुङ मोबाईलबिच एक बर्षको लागि प्रायोजन सम्झौता, आर्मी फुटबल टिमको नयां जर्सी सार्वजनिक

१. आज मिति २०७२ आश्विन २१ गते नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष फुटबल टिमलाई सामसुङ मोबाइलले एक बर्षका लागि प्रायोजन गरेको खेल पोशाक र खेल सामाग्रीसम्बन्धि सम्झौता–पत्र आदानप्रदान गरिएको छ । करिब २० लाख बराबरको सो सम्झौता–पत्र सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री राजेन्द्र बहादुर कार्की र नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता Integrated Mobility Solutions Pvt. Ltd (IMS) का प्रमुख श्री दिपक मलहोत्राबीच जंगी अड्डामा आयोजित एक कार्यक्रममा आदानप्रदान भएको हो ।

२. उक्त अवसरमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री कार्की र IMS का प्रमुख श्री मलहोत्राले संयुक्त रुपमा श्री त्रिभुवन आर्मी फुटबल टिमको नया“ जर्सी समेत सार्वजनिक गर्नुभएको थियो । मिति २०७२ भाद्र १५ गतेदेखि २०७३ भाद्र १५ गतेसम्मका लागि भएको सम्झौताअवधिभर त्रिभुवन आर्मी पुरुष फुटबल टिमको जर्सीमा सामसुङ मोबाइलको लोगो हुनेछ भने खेलाडीहरुका लागि आवश्यक सम्पूर्ण खेल पोशाक तथा खेल सामाग्रीहरु IMS ले उपलब्ध गराउनेछ । हाल एक बर्षका लागि भएको प्रायोजनसम्बन्धि सम्झौता आगामी दिनमा द्विपक्षीय समझदारीका आधारमा थप बृद्धि गर्दै लैजाने योजना समेत रहेको छ ।

३. उक्त अवसरमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री कार्कीले प्रायोजनका लागि सामसुङ मोबाइल र IMS लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई प्रायोजन गर्न पाउँदा IMS का प्रमुख श्री मलहोत्रा र Country Director, Samsung Moblie, Mr. Y.B. Won ले आभार ब्यक्त गर्नुभएको थियो ।

४. उक्त कार्यक्रममा IMS का महाप्रवन्धक -General Manager_ संजीव मिश्र, नेपाली सेनाका अधिकृतहरु, त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडीहरु, पत्रकार वर्ग लगायतको उपस्थिती रहेको थियो ।