प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पश्चिम पृतना हे.क्वा.र अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७२ आश्विन २२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा बाग्लुङ्ग स्थित नं.२३ बाहिनी अड्डा र खैरेनिटारस्थित नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।  

२. निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही क्रममा सकलदर्जालाई सम्बोधन गर्नु हुँदै परिस्थिती सुहाउँदो तालिम एवं जुनियर लिडरहरुको बृत्ति बिकासमा जोड दिई नेपाली सेना सदा झै बलियो चट्टान जस्तै एक ढिक्का भई सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई उच्च मनोबलका साथ निस्वार्थ, अनुशासित, संयम एवम् पेशेवर ढंगले नेपाली सेनाको छविलाई अझ उच्च राख्न सकलदर्जालाई निर्देशन दिनुभएको छ । 

३. उक्त निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।