“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७२” सम्पन्न

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जंगी अड्डा अगाडीको खेल मैदानमा “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७२” को आज मिति २०७२ आश्विन २९ गते एक विशेष समारोहका बीच समापन गर्नुभएको छ ।
 
२. उक्त समापन कार्यक्रमका अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडीहरु, राष्ट्रियस्तरको तथा आर्मीस्तरको नयाँ रेकर्ड कायम गर्न सफल खेलाडीहरु एवं लामो समयसम्म खेलमार्फत योगदान पु¥याउने ब्यक्तिहरुलाई पुरस्कार र सम्मान प्रदान गर्नुभएको थियो । 

३. पुरस्कार वितरणका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले प्रधान सेनापति रनिङ शिल्ड फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल पूर्वी पृतनालाई ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभएको थियो भने द्धितीय स्थान हासिल गर्न सफल आर्टिलरी निर्देशनालयलाई नगद पुरस्कार तथा दुबै टिमका खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसैगरि, प्रतियोगितामा डेमो खेलका रुपमा समाविष्ट रग्वी खेलमा प्रथम भएको विशेष फौज "नीलो" र द्धितीय भएको विशेष फौज "रातो" लाई तथा तान डोरीमा प्रथम हुन सफल विशेष फौज र द्धितीय हुन सफल सिग्नल तथा सूचना प्रविधि निर्देशनालयलाई पनि पुरस्कार वितरण गर्नुभएको थियो ।

४. पुरस्कार वितरणकै क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले यस वर्षको प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगितामा समाविष्ट विभिन्न खेलमा राष्ट्रियस्तरको तथा आर्मीस्तरको नयाँ  रेकर्ड कायम गर्न सफल खेलाडीहरुलाई पनि पुरस्कृत गर्नुभएको थियो । सो क्रममा, लङजम्पतर्फ राष्ट्रिय रेकर्ड र १०० मिटर दौडमा आर्मी रेकर्ड कायम गर्न सफल हवाई सुरक्षा निर्देशनालय अन्तर्गत जगदल गणकी प्यूठ कृष्णा चौधरी (१०० मि दौड १२.७२ सकेण्डमा पूरा गरेकी थिइन् भने ५ दशमलव ३७ मि लङजम्प हानेकी थिइन्), १५००मि दौडमा आर्मी रेकर्ड कायम गर्न सफल श्री हवाइ सुरक्षा निर्देशनालय अन्र्तगतको श्री जगदल गणकी गनर सरस्वती भट्टराई (१५००मि दौड ४ मिनेट ५२ दशमलव १९ सकेण्डमा पूरा गरेकी थिइन्), हाइजम्पमा आर्मी रेकर्ड कायम गर्न सफल मध्य पश्चिम पृतना अन्तर्गत श्री वीरदल गणका हुद्धा सुर्य खत्री (१ दशमलव ९६ मिटर हाइजम्प गरेका थिए) र म्याराथनतर्फ आर्मी रेकर्ड कायम गर्न सफल मध्य पृतनाका हुद्धा पूर्ण बहादुर तामाङ (उनले ४२ दशमलव १९५ किमि दूरी २ घण्टा २२ मिनेट १९ सेकेण्डमा पूरा गरेका थिए) लाई पुरस्कार प्रदान गर्नुभएको थियो । सोही अवसरमा माउण्ट तेञ्जिङ–हिलारी एभरेष्ट म्याराथनमा सहभागि भइ प्रथम र द्धितीय स्थान हासिल गर्न सफल क्रमश हुद्धा भीम बहादुर गुरुङ र सिपाही सुरेन्द्र बस्नेतलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

५. पुरस्कार वितरणकै क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले पूर्व प्रधान सेनापति महारथी श्री गौरव शम्सेर जवराको कार्यकालमा स्थापित "अजयवल सम्पन्न ट्रफी" पुरुषतर्फ कालीशक्ति गणका अमल्दार तथा राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठ र महिलातर्फ श्री जगदल गणकी गनर तथा एथ्लेटिक्स खेलाडी सरस्वती भट्टराइलाई प्रदान गर्नु भएको छ । यसैगरि, खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाको गरिमालाइ उच्च राख्न एथ्लेटिक्स प्रशिक्षकका रुपमा नेपाली सेनाका खेलाडीहरुलाइ करिब २५ बर्षदेखि अभ्यास गराउ“दै आउनुभएका प्रशिक्षक श्री पुष्प ओझा र नेपालकै चर्चित धावक सह सेनानी श्री राजेन्द्र भण्डारीलाई दीर्घावधी योगदान पुरस्कार (Long Term Contribution Prize) बाट सम्मानित गर्नु भएको थियो ।

६. उक्त समापन समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, विदेशी सैनिक सहचारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारीहरु तथा संचारमर्कीहरुको समेत उपस्थिती रहेको थियो ।

७. नेपाली सेनाले “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने भनाईलाई आत्मसाथ गर्दै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले विभिन्नस्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्नुको साथै अन्तराष्ट्रियस्तरमा राष्ट्रको तर्फबाट खेलाडीहरु सहभागी गराई सफलता हासिल गर्दै आएको छ । यसैगरि, यस प्रतियोगिताले नेपाली सेनाको जवानहरुमा शारिरीक सुगठन, अनुशासन एवं चारित्रिक विकासमा समेत उल्लेख्य योगदान पुर्‍याउने नेपाली सेनाले विश्वास लिएको छ ।