हतियार सहित भागेका सैनिक जवान नियन्त्रणमा

१. मिति २०६७ मंसिर २३ गते बिहान कंचनपुर जिल्लाको कालापानी इलाकाबाट भागेका सिपाही दिपक बहादुर शाहीलाई आज अपरान्ह कैलाली जिल्ला, चौमालाको उत्तरतर्फको जंगलबाट हतियार सहित नियन्त्रणमा लिईएको छ । २. कालापानी इलाकामा गस्ती गर्दागर्दै सम्पर्क बिहिन भएपछि सुदुर पश्चिम पृतना अन्तर्गतबाट निज सिपाहीलाई खोजी गर्न फौज परिचालन गरिएको थियो । आज अपरान्ह अधिकृतको नेतृत्वमा खट्टिएको एक टोलीले निजलाई जंगलमा लुकि रहेको अवस्थामा फेला पारेको थियो । ३. यस सम्बन्धमा छानवीन प्रारम्भ भईसकेको व्यहोरा जानकारी गराईन्छ ।