प्रधान सेनापतिद्वारा उपरथी श्री पूर्णचन्द्र थापालाई रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०७२ कार्तिक ०६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी श्री पूर्णचन्द्र थापालाई प्रधान सेनापति निवास शशीभवनमा आयोजित एक विशेष समारोहका बीच रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । उपरथी श्री थापालाई मिति २०७२  आश्विन १४ गतेको मन्त्रिपरिषद्को बैठकले रथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । 

२. रथी श्री थापा मिति २०७१ माघ ५ गतेबाट संयुक्त राष्ट्र संघीय शान्ति मिशन United Nations Disengagement Observer Force (UNDOF) को फोर्स कमाण्डर तथा मिशन प्रमुख (Head of Mission) मा नियुक्त हुनु भई आप्mनो जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । रथी श्री थापा हाल बिदामा स्वदेश फिर्ता हुनु भएको अवसर पारी दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।   

३. मन्त्रीपरिषद्को सोही बैठकले रथी श्री थापालाई बलाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी बलाध्यक्षको कार्यालयमा पदस्थापन गरेको छ भने यसअघि बलाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका रथी श्री बलदेव राज महतलाई बलाधिकृतको जिम्मेवारी सम्हाल्ने गरी बलाधिकृतको कार्यालयमा सरुवा नियुक्ति गरेको छ ।