प्रधान सेनापति र अमेरिकाका महामहिम राजदुत Ms. Aliana B. Taplitz बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ कार्तिक १० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग काठमाण्डौस्थित अमेरिकी राजदुतावासका महामहिम राजदुत Ms. Aliana B. Taplitz ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र अमेरिकी महामहिम राजदुतवीच द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।