प्रधान सेनापति र रिपब्लिक अफ कोरियाका सैनिक सहचारीबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ कार्तिक १२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग भारतको नयाँ दिल्लीस्थित Republic of Korea राजदुतावासमा कार्यरत नेपालका लागि गैह् आवासीय सैनिक सहचारी Col Kim Choul Hwan ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति महारथी श्री क्षत्री र कोरियन गैह् आवासिय सैनिक सहचारीवीच द्विपक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो ।