नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम/अभ्यास Balance Nail 16-01 संचालन

१. नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको Special Forces को A Company,1st बटालियन, 1st  SFG (A) गु्रपबीच आज मिति २०७२ कार्तिक १६ गतेदेखि छाउनी ईलाकामा Balance Nail 16-01 तालिम विभिन्न चरणहरुमा पुरा हुने गरी संचालन भएको छ ।

२. श्री महावीर गण (रेञ्जर) स्थित छाउनी र तालिम शिविर नगरकोट ईलाकामा करिव १ महिनासम्म संचालन हुने उक्त तालिममा Tactical Combat Casualty Care, Long Range Marksmanship, Breaching, Combat Marksmanship (CMMS), CQB, Demolition, Combined Culmination Exercise आदि बिषयहरु समावेश गरिएको छ । यस प्रकारको संयुक्त तालिम÷अभ्यास नेपाली सेना र अमेरिकी सेनाको Special Forces बीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको छ ।

३. उक्त तालिम संचालन पूर्व मित्रराष्ट्र संयुक्त राज्य अमेरिकी टोली मिति २०७२ कार्तिक ८ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो । 
४. दुई देश वीचका सैनिकहरु सहभागी भई संचालन भएको यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । साथै यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देश वीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।