प्रधान सेनापति र ICRC का Head of Delegation बीच भेटवार्ता

१. आज मिति २०७२ कार्तिक १६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग काठमाण्डौस्थित International Committee of the Red Cross (ICRC) का Head of Delegation, Mrs. Dragana Kojic ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त कार्यक्रममा ICRC Regional Delegate to the Armed and Security Forces, Col (Retd) Can Akdogan (PhD) को समेत उपस्थिति रहेको थियो ।

२. उक्त भेटवार्ताका क्रममा प्रधान सेनापति र ICRC का Head of Delegation, Mrs. Dragana Kojic बीच अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका विषयहरुमा द्धिपक्षिय छलफल भएको थियो ।