नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम/अभ्यास Teak Nail 16-01 संचालन

१. नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको 320th Special Tactics Squadron, 353 Special Operation Group बीच आज मिति २०७२ कार्तिक १७ गतेदेखि छाउनी ईलाकामा Teak Nail 16-01 तालिम विभिन्न चरणहरुमा पुरा हुने गरी संचालन भएको छ ।

२. श्री महावीर गण (रेञ्जर) स्थित छाउनी, पोखरास्थित फेवाताल तथा सेती नदी दोभान र लुक्लादेखि सगरममाथा बेश क्याम्प ईलाकामा करिव १७ दिनसम्म संचालन हुने उक्त तालिममा High Angle Rescue, Confined Space/Structural Collapse, Mission Planning, SCUBA Fundamental, Swimming/Water Confidence Training, Swift Water Rescue Training, Rotary Wing/Alternate Insertion Extraction Techniques in Land and Water को साथै High altitude/Alpine Mountaineering Trek आदि बिषयहरु समावेश गरिएको छ । यस प्रकारको संयुक्त तालिम÷अभ्यास नेपाली सेना र अमेरिकी सेनाको Special Forces बीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको छ ।

३. उक्त तालिम संचालन पूर्व मित्रराष्ट्र संयुक्त राज्य अमेरिकी टोली मिति २०७२ आश्विन २६ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो । 

४. दुई देश वीचका सैनिकहरु सहभागी भई संचालन भएको यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । साथै यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देश वीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।