प्रधान सेनापतिद्वारा सूदुर पश्चिम पृतना हे.क्वा. तथा अन्तरगत र मध्य पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण

१. मिति २०७२ कार्तिक १६ गतेदेखि दिपायलस्थित श्री सूदुर पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ कार्तिक १७ गते उक्त पृतना हे.क्वा. अन्तर्गत महेन्द्रनगरस्थित श्री नं. २५ बाहिनी अड्डा, धनगढीस्थित श्री नं. ५ बाहिनी अड्डा, कैलालीस्थित श्री भैरव गण तथा सुर्खेतस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त बाहिनी अड्डा तथा गणको बस्तुस्थिति, बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले फर्मेशन तथा युनिटका सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भइ लाग्नुपर्नेमा सकलदर्जालाई बिशेष जोड दिनुभएको छ । 

३. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले दिपायल, महेन्द्रनगर, धनगढी, कैलाली र सुर्खेत जिल्लास्थित क्षेत्रिय प्रशासक तथा सुरक्षा निकायका पदाधिकारीहरुसंग समेत भेटघाट गर्नु भएको थियो । 

४. निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्री आज सुर्खेतस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा. मा मुकाम रहनु हुने छ भने भोली मिति २०७२ कार्तिक १८ गते उक्त पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गर्नु भई काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।