प्रधान सेनापतिद्वारा मध्य पश्चिम पृतना हे.क्वा. तथा अन्तरगतका युनिटको निरीक्षण भ्रमण सम्पन्न

१. मिति २०७२ कार्तिक १६ गतेदेखि दिपायलस्थित श्री सूदुर पश्चिम पृतना हे.क्वा. र सुर्खेतस्थित मध्य पश्चिम पृतना हे.क्वा. तथा अन्तरगतको निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ कार्तिक १८ गते मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गत जुम्लास्थित श्री नं. २४ बाहिनी अड्डा, नेपालगन्जस्थित श्री नं. ४ बाहिनी अड्डा, दाङ्ग तुलसीपुरस्थित श्री नं. १९ बाहिनी अड्डा र घोराहीस्थित श्री तारादल गणको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त बाहिनी अड्डा तथा गणको बस्तुस्थिति, बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले बाहिनी तथा गणका सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भइ लाग्नुपर्नेमा सकलदर्जालाई बिशेष जोड दिनुभएको छ । 

३. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले जुम्ला, नेपालगन्ज र दाङ्ग जिल्लास्थित क्षेत्रिय प्रशासक तथा सुरक्षा निकायका पदाधिकारीहरुसंग समेत भेटघाट गर्नु भएको थियो । 

४. प्रधान सेनापतिमा नियुक्त भएपछि प्रधान सेनापति महारथी श्री क्षत्रीबाट श्री सुदुर पश्चिम पृतना हे.क्वा. र मध्य पश्चिम पृतना हे.क्वा. तथा अन्तरगतका युनिटहरुमा गरिएको यो पहिलो निरीक्षण भ्रमण हो । उक्त निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।