हतियार सहित भागेका सैनिक जवान सैनिक हिरासतमा

१. मिति २०६७ मंसिर २३ गते बिहान कंचनपुर जिल्लाको कालापानी इलाकाबाट भागेका सिपाही दिपक बहादुर शाहीलाई आज अपरान्ह श्री सुदुर पश्चिम पृतना मुख्यालयबाट सेनानी कर्ण बहादुर चन्दको नेतृत्वमा खट्टिएको टोलीले कैलाली जिल्ला, चौमालाको उत्तरतर्फको जंगलबाट हतियार सहित नियन्त्रणमा लिएको छ । २. हाल निजलाई श्री नं.२५ बाहिनी अड्डा, महेन्द्रनगरमा हिरासतमा राखी अनुसन्धान कार्य सूरु गरिएको छ ।