प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक श्रीमती संघको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

१. आज मिति २०७२ कार्तिक २२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक श्रीमती संघको ३२ औं वार्षिकोत्सव कार्यक्रम श्री त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा एक बिशेष समारोहबीच सम्पन्न भएको छ ।  

२. उक्त कार्यक्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीद्धारा सैनिक श्रीमती संघको मुखपत्र ‘सेवा सुमन’ ३२ औं अङ्कको विमोचन, बहालवाला तथा भु.पू. सैनिकका जेहेन्दार, अपाङ्ग तथा असहाय बालबालिकाहरुलाई छात्रबृत्ति वितरण, विविध गतिविधिहरुको अवलोकन गर्नुका साथै उक्त कार्यक्रमलाई सम्बोधन समेत गर्नु भएको थियो ।

३. कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले सैनिक श्रीमती संघले सामाजिक सेवालाई केन्द्र विन्दु बनाएर स्थापनाकालदेखि नै विविध सामाजिक र मानविय सेवामुलक कार्यहरु (सैनिक परिवारका सदस्यहरुको शैक्षिकस्तर अभिबृद्धि, आयमुलक सीप विकास, वीरगति प्राप्त सैनिक व्यक्तिहरुको परिवारलाई सहयोग, अपाङ्ग तथा असहायहरुलाई सहयोग एवं बाढीपहिरो जस्ता विविध प्राकृतिक विपत्तिमा तत्काल राहत लगायत विविध किसिमका सहयोगात्मक कार्यहरु आदी) गर्दै आएको यथार्थलाई प्रशंसा गर्नु भएको थियो । 

४. त्यसैगरी प्रधान सेनापति महारथी श्री क्षत्रीले वार्षिक मुखपत्र ‘सेवा सुमन’ का उत्कृष्ट लेख रचनाका रचनाकारहरु तथा मुखपत्र प्रकाशनार्थ सहयोग पु¥याउनु हुने महानुभावहरुलाई प्रमाणपत्र तथा पुरस्कार समेत वितरण गर्नु भएको थियो ।

५. यसैगरी कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री क्षत्रीले सैनिक श्रीमती संघको प्राङ्गणमा नयां निर्माण भएको विन्ध्यवासिनी भगवती मन्दिरको विधिपूर्वक समुद्घाटन गर्नु भएको थियो भने सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले संघको ३२ औं बार्षिकोत्सवको अवसरमा विधिपूर्वक पूजा अर्चना गर्नुभई झण्डोत्तोलन गर्नु भएको थियो ।

६. उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह लगायत संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।