प्रधान सेनापति र अमेरिकी महामहिम राजदुतद्वारा संयुक्त रुपमा ब्यालेन्स नेल तालिमको निरीक्षण

१. आज मिति २०७२ कार्तिक ३० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र काठमाण्डौस्थित अमेरिकी राजदुतावासका महामहिम राजदुत Ms. Aliana B. Taplitz ले संयुक्त रुपमा नेपाली सेना र अमेरिकी सेनाबीच तालिम शिविर नगरकोट ईलाकामा संचालन भईरहेको ब्यालेन्स नेल १६-०१ तालिमको निरीक्षण गर्नु भएको छ ।

२. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र महामहिम राजदुत Ms. Aliana B. Taplitz लाई महावीर गण (रेञ्जर) का गणपति प्रमुख सेनानी श्री सुवास थापाले ब्यालेन्स नेल तालिमको उपयोगिता सम्बन्धी प्रस्तुतीकरण सहित जानकारी गराउनु भएको थियो । यसैबीच प्रधान सेनापति महारथी श्री क्षत्री र महामहिम राजदुत Ms. Aliana B. Taplitz ले तालिम टोलीद्वारा प्रस्तुत विभिन्न किसिमका रोचक तथा ज्ञानबर्दक डेमोष्ट्रेशनको अवलोकन गर्नुभई तालिममा सहभागी टिमलाई सम्बोधन समेत गर्नु भएको थियो । सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र महामहिम राजदुत Ms. Aliana B. Taplitz ले मित्रताको प्रतिकको रुपमा तालिम शिविर नगरकोटमा बृक्षारोपण समेत गर्नु भएको थियो । 

३. मिति २०७२ कार्तिक १६ गतेदेखि नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको Special Forces को A Company, 1st बटालियन, 1st SFG (A) ग्रुपबीच विभिन्न चरणहरुमा पुरा हुने गरी ब्यालेन्स नेल १६-०१ तालिम संचालन भईरहेको छ । करिव १ महिनासम्म संचालन हुने यस तालिममा Tactical Combat Casualty Care, Long Range Marksmanship, Breaching, Combat Marksmanship (CMMS), CQB, Demolition, Combined Culmination Exercise आदि बिषयहरु समावेश गरिएको छ । 

४. दुई देश वीचका सैनिकहरु सहभागी भई संचालन भएको यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । साथै यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देश वीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास समेत नेपाली सेनाले लिएको छ ।