प्रधान सेनापतिद्वारा श्री उपत्यका पृतना हे.क्वा. तथा श्री नं. १ बाहिनी अड्डाको निरीक्षण भ्रमण

१. आज मिति २०७२ मंसिर ०३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाको नारायणहिटीस्थित श्री उपत्यका पृतना हे.क्वा. तथा बालाजुस्थित श्री नं. १ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीलाई पृतना हे.क्वा. मा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त पृतना हे.क्वा. तथा बाहिनी अड्डाको निरीक्षण गर्नुभई बस्तुस्थिति, बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । 

३. सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले पृतना हे.क्वा. तथा बाहिनी अड्डाका सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा सकलदर्जालाई बिशेष जोड दिनुभएको छ । 

४. प्रधान सेनापतिमा नियुक्त भएपछि प्रधान सेनापति महारथी श्री क्षत्रीबाट उक्त पृतना हे.क्वा. र बाहिनी अड्डामा गरिएको यो पहिलो निरीक्षण भ्रमण हो ।