प्रधान सेनापतिद्वारा सूदुर पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण

१. आज मिति २०७२ कार्तिक १६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा दिपायलस्थित श्री सूदुर पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त पृतना हे.क्वा. को बस्तुस्थिति, बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति श्री क्षत्री आज सोही पृतना हे.क्वा. मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ । 

३. प्रधान सेनापति श्री क्षत्रीले मिति २०७२ कार्तिक १७ र १८ गते सूदुर पश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिट तथा मध्य पश्चिम पृतना हे.क्वा. र अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम समेत रहेको छ ।