प्रधान सेनापति मध्य, मध्य पश्चिम तथा सुदूर पश्चिम पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणको लागि प्रस्थान

१. आज मिति २०७२ मंसिर ०७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मध्य, मध्य पश्चिम तथा सुदूर पश्चिम पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणको लागि प्रस्थान गर्नु भएको छ ।  

२. सोही क्रममा आजै प्रधान सेनापति महारथी श्री क्षत्रीले सुपारेटार स्थित मध्य पृतना हे.क्वा.मा मंसिर ३ गतेबाट अखिल नेपाल लन टेनिस संघ र मकवानपुर लन टेनिस संघको सहयोग तथा समन्वयमा मध्य पृतना हे.क्वा.द्वारा आयोजना गरिएको सामरी स्ल्याम छैठौं संस्करण अन्तरगत लन टेनिस फाइनल खेलको अवलोकन गर्नुभई विजयी खेलाडीहरुलाई शिल्ड तथा प्रमाण–पत्र समेत वितरण गर्नु भएको छ । 

३. साथै, प्रधान सेनापति महारथी श्री क्षत्री आज सोही पृतना हे.क्वा. मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ भने भोली मिति २०७२ मंसिर ०८ गतेबाट ऐ. ०९ गतेसम्म मध्यपश्चिम पृतना हे.क्वा. तथा सुदूर पश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम समेत रहेको छ ।