भारतीय स्थल सेनाध्यक्षको औपचारिक नेपाल भ्रमण

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh, PVSM, AVSM, YSM, ADC Chief of the Army Staff (COAS), Indian Army मिति २०६७ पौष ०५ देखि ०८ गते (तदनुसार २० देखि २३ डिसेम्बर २०१०) सम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको लागि मिति २०६७ पौष ०५ गते नेपाल आउँदै हुनुहुन्छ । २. नेपाल भ्रमणको क्रममा भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh निम्न कार्यक्रमहरुमा सरिक हुनु हुनेछः–
  • (क) मिति २०६७ पौष ०५ गते अपरान्ह उहाँले सैनिक मञ्चमा अवस्थित “वीर स्मारक” मा माल्र्यापण (Wreath Laying) गर्नुहुने तथा उहाँको सम्मानमा सम्मानगारत प्रदान गर्ने कार्यक्रम रहेको छ । तत्पश्चात, उहाँले जंगी अड्डामा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग शिष्टाचार भेटघाट गर्नु हुनेछ ।
  • (ख) मिति २०६७ पौष ०६ गते बिहान मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नु हुनेछ । त्यसपछि, पोखरास्थित भारतीय पेन्शन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नु हुनेछ । यसैगरी, सोही दिन साँझ उहांको सम्मानमा जंगी अड्डा परिसरमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुनेछ ।
  • (ग) मिति २०६७ पौष ०७ गते बिहान काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु भई अपरान्ह सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री र माननीय रक्षामन्त्रीसँग उहाँहरुकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु हुनेछ । सोही दिन साँझ, राष्ट्रपति भवनमा आयोजना गरिने एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिज्यूबाट भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु हुनेछ । त्यसपछि, उहाँले प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको सम्मानमा रिसेप्शनको आयोजना गर्नु हुनेछ ।
  • (घ) आफ्नो भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष तथा उहांको भ्रमणदल मिति २०६७ पौष ०८ गते अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।