प्रधान सेनापतिद्वारा मध्यपश्चिम तथा सुदूरपश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. मिति २०७२ मंसिर ०७ गतेबाट मध्य, मध्य पश्चिम तथा सुदूर पश्चिम पृतना हे.क्वा. तथा अन्तरगत युनिटहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ मंसिर ०८ गते मध्यपश्चिम पृतना हे.क्वा. अन्तरगत सुर्खेतस्थित श्री नं. २ राजदल गण, दैलेखस्थित समरसुर गुल्म र सुदूरपश्चिम पृतना हे.क्वा. अन्तरगत अछामस्थित दुर्गाबक्स गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।  

२. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त गण तथा गुल्मको क्वार्टर गार्ड निरीक्षण गर्नु भएको थियो । सोही क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त गण तथा गुल्मका सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा सकलदर्जालाई बिशेष जोड दिनुभएको छ । 
३. निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्री आज अछामस्थित श्री दुर्गाबक्स गणमा मुकाम रहनु हुने छ भने भोली मिति २०७२ मंसिर ०९ गते माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूसंग विनायकस्थित परिवर्तन एफ.एम. को समुद्घाटन कार्यक्रममा सहभागी हुनु भई काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।