माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा नेपाली सेनाको फर्मेशन तथा युनिटहरुको निरीक्षण भ्रमण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भिम रावलद्वारा आज मिति २०७२ मंसिर ०९ गते सुर्खेतस्थित नेपाली सेनाको श्री मध्यपश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. यसअघि माननीय उपप्रधान तथा रक्षामन्त्री श्री रावलले दिपायलस्थित श्री सुदूरपश्चिम पृतना हे.क्वा., कैलालीस्थित श्री नं. ५ बाहिनी अड्डा, कन्चनपुरस्थित श्री नं. २५ बाहिनी अड्डा र अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री रावलले उक्त फर्मेशन तथा युनिटहरुको वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको थियो । 

३. यसैगरी मिति २०७२ मंसिर ०७ गतेबाट मध्य, मध्य पश्चिम तथा सुदूर पश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीे माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूसंग सुर्खेतस्थित श्री मध्यपश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण कार्यक्रममा सहभागी हुनु भएको छ । 

४. उक्त निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।