नेपाली सेनाद्वारा पूर्व प्रधान सेनापति तथा अवकाश प्राप्त रथीबृन्दहरुसंग नेपाली सेनासंग सम्बन्धीत समसामयिक बिषयवस्तुहरुमा जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

१.    आज मिति २०७२ मंसिर १३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको समुपस्थितिमा नेपाली सेनाका पूर्व प्रधान सेनापति र बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरुको उपस्थितिमा जंगी अड्डामा नेपाली सेनाको वर्तमान अवस्था, भावी कार्यदिशा एवं नेपाली सेनासंग सम्बन्धीत समसामयिक बिषयवस्तुहरुको बारेमा जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२.    उक्त कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री क्षत्रीले स्वागत मन्तव्य दिनु भएको थियो भने बलाधिकृत रथी श्री वलदेव राज महतले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाली सेनाका विभिन्न निर्देशनालयहरुद्वारा वस्तुस्थिति, प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन, नेपाली सेनाको नीति तथा भावी योजना र कल्याणकारी योजना लगायत अन्य समसामयिक बिषयवस्तुहरु बारे प्रस्तुतीकरण मार्पmत जानकारी गराईएको थियो ।

३.    यसैबीच प्रस्तुतीकरण पश्चात् अन्तरक्रियाको दौरान पूर्व प्रधान सेनापति तथा अवकाश प्राप्त रथीबृन्दहरुले देशमा उत्पन्न वर्तमान असहज परिस्थितिको बिषयमा गम्भीर चिन्ता एवं चासो व्यक्त गरेका छन् । वहांहरुले हाल तराईमा उत्पन्न भएको परिस्थिति राजनीतिक समस्या भएकोले यथाशिघ्र राजनीतिक तवरबाटै समस्याको समाधान हुनेमा आशावादी रहेको धारणा राखेका छन् । त्यसैगरी, नेपाली सेना संविधानसम्मत् विधी र प्रक्रिया पु¥याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षार्थ एवं आमजनताको जीउधन सुरक्षाको लागि अवस्था, परिस्थिति र आवश्यकता अनुरुप तैनाथीको लागि तयारीमा रहनु पर्ने धारणा तथा सुझावहरु समेत व्यक्त गरेका छन् ।

४.    यस किसिमको कार्यक्रमले पूर्व प्रधान सेनापति तथा अवकाश प्राप्त रथीबृन्दहरुलाई नेपाली सेनाको वर्तमान अवस्थाबारे जानकारी हुनुको साथै वहांहरुको लामो परिस्कृत अनुभव तथा ज्ञान र सिपको उपयोग गर्दै अन्तरक्रियाबाट आएका रचनात्मक टिप्पणी, सल्लाह र सुझावले नेपाली सेनालाई अझ बढी सक्षम एवं सवल बनाउन बस्तुगत आधार प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ  ।