प्रधान सेनापति र बंगलादेशका गैर आवासीय सैनिक सहचारीवीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ मंसिर १५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग भारतको नयां दिल्लीस्थित बंगलादेशी राजदुतावासमा कार्यरत नेपालका लागि गैह्र आवासीय सैनिक सहचारी Brig Gen Md Abdul Hamid, ndc, psc ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र बंगलादेशका गैर आवासीय सैनिक सहचारीवीच द्विपक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो ।