प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री पूर्वी तथा मध्य पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणको लागि प्रस्थान

१. आज मिति २०७२ मंसिर १६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री पूर्वी तथा मध्य पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणको लागि प्रस्थान गर्नु भएको छ ।  

२. सोही क्रममा आजै प्रधान सेनापति महारथी श्री क्षत्रीले दिक्तेलस्थित श्री शेर गण, ईलामस्थित श्री कालीध्वज गण र झापास्थित श्री कालीबहादुर गणको निरीक्षण भ्रमण गर्नु भएको छ । 

३. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त युनिटहरुका सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मुल्य, मान्यतालाई कायम राख्दै मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले उच्च मनोबलका साथ निस्वार्थ भावनाले आ(आप्mनो जिम्मेवारी पुरा गर्न विशेष जोड दिनु भएको छ ।

४. यसैबीच प्रधान सेनापति महारथी श्री क्षत्रीले ईलाम जिल्लास्थित अन्य सुरक्षा निकायका पदाधिकारीहरुसंग समेत भेटघाट गर्नु भएको थियो ।

५. साथै, प्रधान सेनापति महारथी श्री क्षत्री आज झापास्थित कालीबहादुर गणको १६० औं बार्षिकोत्सवको अवसरमा आयोजित रात्रीभोज कार्यक्रममा सरिक हुनु भई सोही गण हे.क्वा. मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ भने भोली मिति २०७२ मंसिर १७ गते महोत्तरीस्थित श्री फष्ट रैफल गण र रौतहटस्थित श्री श्रीबक्स गुल्मको निरीक्षण भ्रमण पश्चात् काठमाण्डौ फिर्ता हुने कार्यक्रम समेत रहेको छ ।