प्रधान सेनापति र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारीवीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ मंसिर २९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग भारतको नयां दिल्लीस्थित Embassy of the French Republic मा कार्यरत नेपालका लागि गैह्र आवासीय सैनिक सहचारी Col Fredric UGO ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारीवीच द्विपक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो ।