भारतीय स्थल सेनाध्यक्षको आगमन

१. भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh, PVSM, AVSM, YSM, ADC Chief of the Army Staff (COAS) नेपालको चार दिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०६७ पौष ०५ गते (तदनुसार २० डिसेम्बर २०१०) अपरान्ह विशेष विमानद्वारा काठमाडौं आउनु भयो । २. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा उहाँसहित ६ सदस्यीय भ्रमण दल नेपाल आएको हो । भारतीय स्थल सेनाध्यक्षलाई बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गर्नु भएको थियो । ३. भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh ले आजै अपरान्ह सैनिक मञ्चस्थित “वीर स्मारक” मा माल्र्यापण गर्नु भएको थियो । त्यसपश्चात नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । ४. सम्मान गारतको कार्यक्रमपछि भारतीय स्थल सेनाध्यक्षले प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभयो । भेटघाटको क्रममा प्रधानसेनापति महारथी श्री गुरुङ्ग र भारतीय स्थल सेनाध्यक्ष General Singh बिच द्धिपक्षिय सहयोग अभिवृद्धि लगायतका विषयहरुमा छलफल भएको थियो । ५. उक्त छलफल पश्चात नेपाली सेनाको तर्फबाट श्री बलाधिकृत विभाग (व्य.यु.) युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी श्री महेश विक्रम कार्कीले नेपालको समसामयिक बस्तुस्थिति र नेपाली सेनाले निर्वाह गर्दै आएको भुमिकाबारे ब्रिफिङ गर्नु भएको थियो । सो ब्रिफिङको क्रममा नेपाल र नेपालको राष्ट्रिय हितहरुको संरक्षण गर्ने प्रमुख जिम्मेवारीको अलावा निजामति प्रशासनलाई शान्ति सुरक्षा कायम राख्ने कार्यमा आवश्यक सहयोग, राष्ट्रिय विकास निर्माणका कार्यहरुमा संलग्नता, प्रकृति तथा वन्यजन्तुको संरक्षण कार्यमा संलग्नता, संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा संलग्नता, प्रकोप व्यवस्थापन कार्यमा सहयोग, महत्वपूर्ण संरचनाहरुको सुरक्षा लगायत सरकारबाट सुम्पिएका अन्य विभिन्न जिम्मेवारीहरुमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । ६. त्यस्तै विश्वव्यापी रुपमा बढ्दै गएको आतंकवादी कृयाकलाप नियन्त्रण गर्ने अभियानमा नेपालको निरन्तर प्रतिबद्धता, शान्ति स्थापनार्थ विश्वका द्वन्दग्रस्त मुलुकहरुमा तैनाथ संयुक्त राष्ट्र संघीय मिशनहरुमा नेपालको सकृय सहभागिताद्वारा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रति योगदान, भारततर्पmको खुला सीमानाको कारण सीमा ईलाकामा हुने अबैध गतिविधिहरु र संभावित आतंकवादी तथा आपराधिक समुहहरुले सीमा ईलाकालाई सुरक्षित स्थलको रुपमा प्रयोग गर्न सक्ने संभावनालाई मुख्य सुरक्षा चासोको रुपमा लिई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्र्ने जस्ता समसामयिक विषयहरुमा समेत प्रकाश पार्नुभएको थियो । ७. ब्रिफिङ्गकै क्रममा भारतीय सेनाको तर्फबाट मेजर जनरल डि.एस.हुडाले दक्षिण एशियामा भारतीय सुरक्षा सम्बन्धि दृष्टिकोणको बारेमा प्रकाश पार्नु भएकोे थियो । ८. नेपाली सेना र भारतीय सेनाका उच्च पदाधिकारीहरुबीच यस प्रकारको सद्भावना भ्रमण सन् १९५० सालबाट नै थालनी भएको थियो । तत्कालीन भारतीय सेनाका Commander-in-Chief, General Kodandera Madappa Cariappa ले नेपालको औपचारिक भ्रमण गर्नु भएको थियो । उहाँपछि हालसम्म १९ जना भारतीय उच्च सैनिक अधिकारीहरुले नेपाल भ्रमण गरी सकेका छन् । ९. महारथी श्री किरण शम्शेर ज.ब.रा. भारत भ्रमण गर्नुहुने प्रथम प्रधानसेनापति हुनुहुन्छ । हालसम्म नेपाली सेनाका १४ जना प्रधानसेनापतिहरुले भारतको औपचारिक भ्रमण सम्पत्र गरिसक्नु भएको छ ।