माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा नेपाली सेनाका युनिटहरुको निरीक्षण भ्रमण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम रावलद्वारा आज मिति २०७२ पौष ०१ गते दार्चुलास्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा रक्षामन्त्री श्री रावलले उक्त गुल्मको क्वाटरगार्डको निरीक्षण गर्नुभई वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको थियो । 

३. उक्त निरीक्षण भ्रमणमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूसंग दिपायलस्थित श्री सुदुरपश्चिम पृतना हे.क्वा. का निमित्त पृतनापति सहायक रथी श्री तारा विक्रम शाह सहभागी हुनु भएको थियो ।

४. निरीक्षण भ्रमण पश्चात माननीय उपप्रधान तथा रक्षामन्त्री आज बझाङ्ग जिल्लाको सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा मुकाम हुने र भोली मिति २०७२ पौष ०२ गते शत्रुमर्दन गुल्मको निरीक्षण गर्नुभई  खप्तडस्थित वीरभद्रजंग गुल्मको निरीक्षण गर्न जाने कार्यक्रम रहेको छ ।