माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा नेपाली सेनाका युनिटहरुको निरीक्षण भ्रमण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम रावलद्वारा आज मिति २०७२ पौष ०२ गते खप्तडस्थित नेपाली सेनाको वीरभद्रजंग गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा रक्षामन्त्री श्री रावलले उक्त गुल्मको क्वाटरगार्डको निरीक्षण गर्नुभई वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको थियो । 

३. उक्त निरीक्षण भ्रमणमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूसंग दिपायलस्थित श्री सुदुरपश्चिम पृतना हे.क्वा. का निमित्त पृतनापति सहायक रथी श्री तारा विक्रम शाह सहभागी हुनु भएको थियो ।

४. माननीय उपप्रधान तथा रक्षामन्त्री आज श्री नं.५ बाहिनी अड्डामा मुकाम भई मिति २०७२ पौष ०४ गते काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।