प्रधान सेनापतिद्वारा खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानको निरीक्षण भ्रमण

१. आज मिति २०७२ पौष ०६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानको निरीक्षण भ्रमण गर्नु भएको छ ।  

२. निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति महारथी श्री क्षत्रीले प्रतिष्ठानको अधिकृत क्याडेट लाईन, जिम हल, अधिकृत क्याडेट मेश तथा ीबगलमचथ ज्यगकभ को निरीक्षण गर्नु भएको थियो । सोही अवसरमा वहांले उक्त प्रतिष्ठानमा संचालन भईरहेको सि.सं. २६ ड्रिल शिक्षक तालिमका शिक्षार्थीहरुद्वारा प्रस्तुत परिमार्जनको लागि प्रस्तावित नमुना ड्रिलको समेत निरीक्षण गर्नु भएको थियो ।

३. सोही अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेट तथा प्राविधिक अधिकृत आधार तालिमका शिक्षार्थीहरुलाई सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा वहांले कुसल नेतृत्वको लागि एक असल सैनिक आचरण हुन आवश्यक रहेकोले सैनिक आचरण र सिद्वान्त अनुशरण गर्न अपरिहार्य रहेको बताउनु भएको थियो ।